तस्विर समाचार

श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गर्यो

श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताएका हुन। विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताए। श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताए । त्यहाँको संसदलाई सम्बोधनका… पुरा पढौ

गैरे सेवा समाज जापानको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा भुमप्रसाद गैरे निर्वाचित

गैरे वन्धुहरूलाई एकताबद्ध बनाउदै सामाजिक कार्य गर्ने पवित्र उदेश्य २०११ मा स्थापना भएको गैरे सेवा समाज जापानको पाचौं अधिवेशनबाट भुमप्रसाद गैरे सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन ।एनआरएनए आईसिसि सह-कोषाध्यक्ष टंक गैरे संरक्षक द्धय नेत्रप्रसाद गैरे(राजु) र झम्पलाल गैरेको प्रमुख आतित्थ्यता सोमबार जापानको ओसाकामा सम्पन्न अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि २१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भीमप्रसाद गैरे उपाध्यक्षमा गौरीशंकर गैरे, चेतराम गैरे, खिमप्रसाद गैरे र भवनाथ गैरे निर्वाचित भएको उपाध्यक्ष गौरीशंकर गैरेले जानकारी दिए ।कार्यसमितिको महासचिवमा श्यामलाल गैरे, सचिव… पुरा पढौ

जापानमा प्रतिष्ठित व्यापारी हूँ भनि विवाहको नाटक गर्दै रकम कुम्लाउने भावना तामाङ जेल चलान

हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सम्पत्ति… पुरा पढौ

राजु विदेसिँदा किन चिन्तित छन् भलिबलप्रेमी ?

बागलुङ । अब सायदै भलिबल कोर्टमा देखिनेछन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । गलकोट नगरपालिका–५ हरिचौरका विकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजित भलिबल प्रतियोगिता नै अन्तिम बन्न पुग्यो । भलिबल करियरलाई बीचमै त्यागेर उनी यसै साता युरोपेली देश क्रोएसिया पुगेका छन् । खेलमा भविष्य असुरक्षित देखेका २५ वर्षीय विकले रोजगारीका लागि देश छाडेका… पुरा पढौ

अन्तत : बामदेव गौतमले घोषणा गरे नया पार्टी केन्द्रीय सदस्यको नामावली सहित

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन् । उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन् । आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका हुन् । केही दिन अगाडी मात्रै उनले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय लिएका थिए । बामदेवको पार्टीमा उनले चलाईरहेको एकता राष्ट्रिय अभियान सहित ६ वटा समुह आवदता रहने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले… पुरा पढौ

नेकपा(एस) पछि जसपाले फिर्ता बोलायो सबै मन्त्री

जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ । जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव… पुरा पढौ

अमेरिका-मेक्सिको सीमा नजिकै ट्रकमा ४६ जना आप्रवासीको शव फेला

अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।   स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ। मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा देखिएका… पुरा पढौ

वैदेशिक रोजगारीमा ठगिएकालाई रु दुई करोड चार लाख क्षतिपूर्ति

सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई २ करोड ४ लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।  वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी १ सय ५ मध्ये ५६ घटनाको पूर्ण रूपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी… पुरा पढौ

महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाउनुभएको छ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उहाँले सो गोप्य योजना बनाउनुभएको हो । डेढ साताअघि हेटौंडामा आयोजित दुईदिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए । आफूलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर… पुरा पढौ

जापानमा उच्च तापक्रम,”विद्युत आपूर्ति र मागको कडा चेतावनी” मंगलबारको लागि पनि जारी

जापान सरकारले टोकियो र यसआसपासका क्षेत्रमा बस्ने नागरिकलाई मंगलबार पनि अनावश्यक रुपमा बत्ती नबाल्न आग्रह गरेको छ। सरकारले ‘विद्युत आपूर्ति र मागमा कडा चेतावनी’ जारी गर्दै ‘टेप्कोको कार्यक्षेत्रमा जारी अत्याधिक गर्मीका कारण जुन २८ तारिक विद्युत् आपूर्ति र मागमा गम्भीर असर पर्न सक्ने भएकोले वातानुकूलित उपकरणहरू सही रूपमा प्रयोग गर्दा सकेसम्म अनावश्यक रुपमा बत्ती नबाल्नको लागि आग्रह गरेको हो।गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक विद्युत् प्रयोग नगर्नको लागि आग्रह गरेको हो ।कान्तो क्षेत्रमा… पुरा पढौ