बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर 

-


     जनहित न्युज    
     असार ११ गते २०७९


अमेरिकी राष्ट्रपति जो बाइडेनले कंग्रेसले पारित गरेको महाविवादस्पद प्रमुख संघीय बन्दुक सुरक्षा कानूनमा हस्ताक्षर गरेका छन् । बाइडेनले शनिबार कानूनमा हस्ताक्षर गरेका हुन् ।

“ईश्वर चाहानुहुन्छ, यसले धेरै जीवन बचाउनेछ,” बाइडेनले ह्वाइट हाउसमा बिधेयकमा हस्ताक्षर गरेपछि भने।

अमेरिकी सिनेटले दशकौ पछि पहिलो प्रमुख संघीय बन्दुक सुरक्षा कानून पारित गरे पछि बाटो खुलेको हो । सिनेटले गत बिहीबार राती बन्दुक हिंसालाई सम्बोधन गर्न द्विदलीय(डेमोक्र्याट तथा रिपब्लिकन) विधेयक पारित गरेको थियो ।

अन्तिम मतदान हुँदा हुन्छ भन्ने पक्षमा ६५ र हुदैन भन्ने पक्षमा ३३ मत परेको थियो । १५ जना रिपब्लिकनहरूले डेमोक्र्याटहरुलाई साथ दिएका थिए ।

अमेरिकाको सबैभन्दा विवादास्पद नीति मुद्दाहरू मध्ये कै एक यो महत्त्वपूर्ण कानुनलाई सफलता मिलेको छ । बाइडेनले हस्ताक्षर गर्नु अघि तल्लो सदनले गत शुक्रबार पारित गरेको थियो । तल्लो सदनमा डेमोक्र्याटहरुको बहुमत भएकोले यसमा रिपब्लिकनहरुले साथ दिएकोले यो कानुन पारित भएको हो ।

तल्लो सदनले गत शुक्रबार यो कानुन पारित गर्ने पक्षमा २३४ र बिपक्षमा १९३ ले मतदान गरेका थिए । तल्लो सदनमा १४ जना रिपब्लिकनले डेमोक्र्याटहरुलाई साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?