तस्विर समाचार

जापानको ओसाकाको समुद्री किनारामा फेला परेको शव बेपत्ता आरती खनालको रहेको पुष्टि

में ८ मा समुद्री किनारा नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी नेपालको चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको छ ।सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परिक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासंग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साघुरो बनाउदै डीएनए परीक्षणका लागि अस्पतालमा… पुरा पढौ

जापान पठाउने भन्दै साढे २ करोड ठगी गर्ने अजयकुमार पक्राउ

कोटामा जापान जान पाउने प्रलोभनमा ३६ जना ठगिएको घटना सार्वजनिक भएको छ।उनीहरूबाट दुई करोड ५३ लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी पक्राउ परेका छन् । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २… पुरा पढौ

सहकारीको रकम हिनाबिनाको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ‘म नआउन्जेल कार्यवाहक चलाउनू’ भन्ने पत्र टेबुलमा छोड़ेर फरार

आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन्। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए। ‘शुक्रबार म एउटा कार्यक्रममा गएको थिएँ। आज बिहान कार्यालय जाँदा त मेरो टेबलमा कार्यवाहक दिइएको पत्र थियो,’ कायतले भने,‘उहाँले कहाँ गएको भन्नुभएको छैन। म नआउन्जेल कार्यवाहक चलाउनू मात्र लेख्नुभएको छ।’ नेपालीले सेयर सदस्य र बचतकर्ताहरुको दुई तीन अर्ब रकम अपचलन गरी भागेका छन् । शुक्रबारदेखि… पुरा पढौ

सुतेकै अवस्थामा एक नेपालीको निधन

वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए । साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ… पुरा पढौ

जापानमा जी७ देशका नेता जुट्दै गर्दा मध्य एसियाली देशका नेतासँग सी जिनपिङले भने : बाह्य हस्तक्षेपको विरोध गरौं

चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य एसियाली देशहरुले आफ्नो आन्तिरक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्नुपर्ने बताएका छन्। छियाङमा भएको मध्य एसियाली देशहरुको सम्मेलनका क्रममा सीले अमेरिकी र पश्चिमा देशहरुलाई इंगित गर्दै उनीहरुको हस्तक्षेप रोक्न सबै एक हुनुपर्ने बताएका हुन्। जापानमा जी७ राष्ट्रका नेताहरु भेला भइरहँदा सीको यस्तो अभिव्यक्ति आएको हो। हिरोसिमामा हुँदै गरेको जी७ राष्ट्रको बैठकमा अमेरिकाले खुला र स्वतन्त्र ‘इन्डो प्यासेसिक’ नीतिलाई एजेन्डा बनाउँदैछ। चीनसँग अमेरिकाको सम्बन्ध राम्रो नभइरहेको बेला अमेरिकाले यो एजेन्डालाई उठाउन लागेको हो। अमेरिकाले जापानमा विश्वका ठूला अर्थतन्त्र… पुरा पढौ

म विदेश आएको छु

लामो समय पछि। म विदेश आएको छुबा को पसिनाले निथ्रुक भिझेकोएक मुठी आशा बोकेरम विदेश आएको छुआमाको आशुले भिझाएकोगहभरीको माया बोकेरम विदेश आएको छुजन्मभुमिको तस्बिरआखाँभरि सजाएरबामैले नुहाउने खोलाहरुलेछोरो खोई भनेर सोधे भनेभन्दिनुमेरो छोरो पसिनामा नुहाउन गएको छबाम उकाली ओराली गर्नेपहाडहरुलेछोरो खोई भनेर सोधे भनेभन्दिनुमेरो छोरो तिमी भन्दा अग्लामहल बनाउन गएको छ।बा सकेँ छु भनेतिम्रो एक मुठी आशामासाहुको ऋण तिर्न पुग्नेपैसा थपेर पठाउँलाआमा सकेँ छु भनेतिमीले पठाएको ममतामाएउटा नयाँ चोली थपेरपठाउँलाबायदि म फर्किएन छु भनेआकाश तिर हेरेरआकाशलाई भन्दिनुभनिदिनुछोरो तिम्रो हुन आएको… पुरा पढौ

इश्वर सिंहको अभिनय र सर्जक चन्द्र खत्रीको नयाँ गीत “माया मारेको ”सार्वजनिक

दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय सर्जक चन्द्र खत्रीको नयाँ गीत “माया मारेको ”सार्वजनिक भएको छ । सर्जक चन्द्र खत्रीको संगीत तथा पिताम्बर चापागाई(पदमपानी) को शब्द रहेको गीतमा ईश्वर सिंह र तारा बि. सीको सुमधुर आवाजमा रहेको गीत चन्द्र खत्री युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सर्जक खत्रीका ‘सिरमा शिरबन्दी’, ‘सुन कथा’, ‘माया सलल, गयौँ सानु गयौँ बिहेगरी’, ‘चर्कियो दिलको घाउ’ पछिल्लो समयको चर्चामा रहेको गौंथली,जाली मायाको लगायत दर्जनौँ गीतहरु रहेका छन । जापानमा रहेर ब्यवसाय सँगै साँगितिक यात्रामा अनवरत लागिरहनुभएका… पुरा पढौ

जापानलाई उछिनेर शीर्ष कार निर्यातकर्ता बन्यो चीन 

जापानलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको छ। यो वर्षको पहिलो त्रैमासिकमा चीनले जापानलाई उछिनेको हो। यसैसाता सरकारले सार्वजनिक गरेको आँकडाअनुसार यो वर्षको पहिलो तीन महिनामा चीनले १० लाख ७ हजार कार निर्यात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो। यही अवधिमा जापानले भने ९ लाख ५४ हजार कार निर्यात गरेको छ। एक वर्षअघिको भन्दा त्यो ६ प्रतिशत बढी हो। चीनको निर्यातमा भएको यो ठूलो वृद्धिको कारण हो, विद्युतीय कारको बढ्दो माग र… पुरा पढौ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्तिगतरुपमा जापानमा हुने ग्रुप अफ सेभेन (जी-सेभेन) को सम्मेलनमा सहभागी हुने भएका हुन । सीएनएनले युक्रेनी श्रोतलाई उदृत गर्दै जेलेन्स्की व्यक्तिगतरुपमा जी-७ को सम्मेलनमा सहभागी हुन लागेको जनाएको छ । जी-७ देशहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको सम्मेलन जापानमा मे १९ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । उक्त सम्मेलनका लागि जापानी प्रधानमन्त्री फुमियो किसिडाले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई… पुरा पढौ

जी ७ सम्मेलनमा सहभागी हुन विश्वका शीर्षस्थ नेताहरु हिरोसिमा पुगे

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों शुक्रबार जापानको हिरोसिमा पीस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पीस मेमोरियल पार्कमा) स्वागत गरेका छन् । हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेनसँगै छन् । त्यसैगरी, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमण गर्दैछन् । हिरोसिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्ट… पुरा पढौ