
दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय सर्जक चन्द्र खत्रीको नयाँ गीत “माया मारेको ”सार्वजनिक भएको छ । सर्जक चन्द्र खत्रीको संगीत तथा पिताम्बर चापागाई(पदमपानी) को शब्द रहेको गीतमा ईश्वर सिंह र तारा बि. सीको सुमधुर आवाजमा रहेको गीत चन्द्र खत्री युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
सर्जक खत्रीका ‘सिरमा शिरबन्दी’, ‘सुन कथा’, ‘माया सलल, गयौँ सानु गयौँ बिहेगरी’, ‘चर्कियो दिलको घाउ’ पछिल्लो समयको चर्चामा रहेको गौंथली,जाली मायाको लगायत दर्जनौँ गीतहरु रहेका छन ।
जापानमा रहेर ब्यवसाय सँगै साँगितिक यात्रामा अनवरत लागिरहनुभएका खत्री जापानमा घुम्टे नौमती बाजा समुहको संयोजक बनी बिभिन्न शुभकार्यमा पञ्चेबाजा बजाउँदै मौलिक संरक्षण र संवर्द्धनमा लागि रहनुभएको छ । थुप्रै समाजिक कार्यहरु गर्दै बिभिन्न संघ संस्थाहरुमा सक्रिय खत्री टाईगर ग्रुप अफ पोखरा नेपालको सदस्य,गल्कोट समाज जापानको केन्द्रिय सल्लाकार,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जापान शाखाको सल्लाकार समेत हुनुहुन्छ ।
शंकर बि.सी. को कथा तथा निर्देशनमा तयार भएको भिडियोमा स्वयम गायक ईश्वर सिंह र चर्चित मोडल सारिका केसीको अभिनय देख्न सकिन्छ । सागर विरहीको एरेञ्ज रहेको गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ती मगरको रहेको छ ।



