जापान विशेष

जापानमा भारी वर्षात निरन्तर भैरहेकोले सतर्कता अपनाउन आग्रह

शुक्रवारदेखि परेको मुशलधारे वर्षाका कारण आइतबारसम्ममा जापानका बिभिन्न ठाउमा बाढ़ी पहिरो खस्ने क्रम जारी रहेकोले भारी वर्षा आपतकालिन चेतावनीबाट मौषम विभागले सागा, नागासाकी, फुकुओका र हिरोशिमामा ‘चेतावनी’ जारी गरेको छ ।नागानो प्रिफ़ेक्चरको मध्य भाग ओकाया शहरमा आज बिहानै करिब ५:३० बजेतिर खसेको पहिरोमा ५ जना पुरिएका मध्य २ जनाको उद्दार गरिएको ३ जनाको खोजी कार्ट भैरहेको बताईएको छ ।नागासाकीमा शुक्रवार पहिरोले घर बगाउदा एक महिलाको मृत्यु भएको थियो बेपत्ता श्रीमान र छोरी अझै बेपत्ता रहेका छन । नागासाकी मै शनिवार… पुरा पढौ

जापानमा कोभिड -१९ कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु, दर्जनौ नेपाली कोरोना संक्रमित

जापानमा कोभिड -१९ कोरोना संक्रमण हवात्तै बढ़ेसंगै अस्पतालमा बिरामीको चापले शैया अभावकै कारण उपयुक्त उपचार नपाउदा कोरोना संक्रमित एक नेपालीको मृत्यु भएको छ ।नेपालको मुस्ताङ ज़िल्ला टुक्चे स्थायी घर भै हाल राजधानी टोकियोको शिनकोईवा बस्ने ४५ वर्षीय उज्वल तुलाचन कोभिड-१९ कोरोना संक्रमित भै आवश्यक उपचार प्राप्त हुन नसक्दा गत बिहिबार मृत्यु भएको बताईएको छ ।डेढ दशकदेखि श्रीमतिसंगै जापानमा बसदै आएका तुलाचन श्रीमतिसंगै कोरोना संक्रमित भएपछि उपचारको लागि अस्पतालमा गएपनि अस्पतालमा शैया अभावका कारण घरमै बसेर आराम गर्न भनिएको थियो ।… पुरा पढौ

जापानको सेन्दाइमा महेन्द्रनगरका कुबेर धामीको मृत्यु

नेपालको महेन्द्रनगर घर भै हाल जापानको सेन्दाइमा मारुचि सेन्मोन शिक्षालयमा अध्ययनरत ३१ वर्षीय कुबेर धामीको शनिबार निधन भएको छ ।दुईवर्ष अघि जापानी भाषा अध्ययनका लागि जापान आएका धामी शुक्रवार फुजी फुड्स बेन्तो कम्पनीमा नियमित काम गरेर राती अबेर कोठामा फर्केका थिए । उनी सदा जस्तै सुतेका र शनिवार दिउसो कोठामा पुगेर हेर्दा सुतेको अवस्थामा नै मृत फेला परेको उनीसंगै कोठामा बस्ने साथीले जानकारी दिएका छन ।धामी हरेक दिन बिहानमा अबेरसम्म सुत्ने गरेकोले आफूले उनलाइ नउठाई गएको र दिउसो आउदा पनि… पुरा पढौ

जापानमा परेको भारी वर्षातका कारण विभिन्न क्षेत्रमा आपतकाल जारी, घरबाहिर ननिस्कन आग्रह

जापानमा परेको भारी वर्षाका कारण एकजनाको ज्यान जाने गरि बाढी पहिरो भएपछि हिरोशिमा लगायत सागा, नागाशाकी र फुकुओका प्रिफेक्चरमा आपतकालिन अवस्था जारी गरिएको छ ।शुक्रबारदेखि परेको मुशलभारे वर्षाका कारण नागाशाकीमा एक महिलाको बाढी पहिरोका कारण ज्यान गएको र अत्याधिक वर्षाको मात्रामा कमी नआइरहेको अवस्थालाई ध्यानमा राखी उच्च सर्तकताका लागि ती क्षेत्रमा आपतकालिन अवस्था जारी गरिएको जापानको मौषम विभागले जनाएको छ ।शनिबार बिहानसम्ममा जापान भरी ४० मिलिमिटरभन्दा बढि वर्षात भैरहेकोले र बाढी, पहिरो र डुबान हुन सक्ने अवस्थालाई उच्च सर्तकतामा राखी… पुरा पढौ

नेपाली विधार्थी समाज जापानद्वारा सल्लाहाकार समिती चयन- प्रमुख सल्लहाकारमा डा. सरोज

सन १९९७ मा स्थापना गरिएको नेपाली विधार्थी समाज जापान (नेसाज) ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ । साथै विधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नका लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन- अनुसन्धान गरेका व्यक्तित्वहरुका बिचमा गोष्ठी , ज्ञान सिपको आदानप्रदान लगाएत विभिन्न ज्ञानमुलक कार्यक्रमहरु गर्दै आईहेको यस संस्थाले आफ्ना गतिविधीहरुलाई थप सकृय रुपमा अघी बढाउनका लागि २०२१ -२०२३ कार्यकालका लागि संरक्षक तथा सल्लाहाकार समिती समेत चयन गरिएको छ।प्रमुख सल्लहाकारमा नेसाजको… पुरा पढौ

नेपाली बक्सरले हराए जापानी बक्सरलाई उनकै भूमिमा

नेपाली युवा बक्सर प्रचण्ड केसीले जापानमा सुरु भएको रुकी अफदि ईयर बक्सिङ प्रतियोगितामा बिजयी सुरुआत गरेका छन। प्रोफेसनल बक्सिङ प्रतियोगिता अन्तर्गत आज उनले टोकियोको सेन्जुकुमा आयोजित ५२ केजीको प्रतिस्पर्धामा केसीले नकआउट गर्दै जित निकालेका हुन।  खेलको पहिलो मिनेटमानै नपाली खेलाडी केसीले जापानी खेलाडी मासाया सुगालाई रिङ्गमा पछारेका थिए। टुर्नामेण्टको पहिलो खेलमा विजयी भएका केसीले अर्को खेल सेप्टेम्बर २८ तारिख खेल्नेछन। पुरा पढौ

जापानमा बक्सिङ्ग खेलमा सफलताको शिखर चढ्दै अनिश

नागोया-अध्ययन, व्यवशाय अनि रोजगारीको शिलशिलामा विदेश आउने केहिले मात्रै विभिन्न माध्यमद्वारा आफ्नो मातृभुमि समेत चिनाउने गर्छन। ती मध्येका एक अनिश खरेल पनि हुन्। उनले जापानमा आफ्नो अध्ययन संगै बक्सिङ्ग खेलमा लागेर सफल हुँदैं आफु अनि नेपाललाई चिनाउन लागिपरेका छन्। १३ वर्ष अगाडीदेखि जापानमा स्कूल पढदैं आएका उनी यस खेलमा लागेको बताउँछन् । यस खेलमा जहिले पनि विजयी हुने आफ्नो लक्ष्य रहेको अनिस बताउँछन् । गैंडाकोट स्थायी घर भएका अनिश अहिले २३ वर्षका भए । उनका दाइ, बुवा र आमा पनि… पुरा पढौ

टोकियो ओलम्पिक २०२० : सकियाे ओलम्पिक, तीन वर्षपछि फ्रान्समा, पदकमा अमेरिकाले बाजी मार्‍यो

जापानमा जारी गृष्मकालिन ओलम्पिक अाइतबार समाप्त भयाे। टोकियो रंगशालामा आयोजित विशेष समारोहकाबीच ओलम्पिक सम्पन्न भएकाे हाे। गत बर्षनै हुनु पर्ने ओलम्पिक कोरोनाको संक्रमणका कारण एक वर्षपछि सरेको थियो। यसपाली पनि निक्कै विरोधकाबीच यो खेल सकिएको छ। यसका लागि जापानले संकटकालनै लगाउनु पर्यो।  पूर्वी एसियाबाट आइतबार विदा भएको ओलम्पिकको अर्को संस्करण २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुनेछ । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित विश्व खेलकुदको महाकुम्भ- ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मार्‍यो… पुरा पढौ

एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिले लियो सपथ, अभिभावकीय संस्थाको रूपमा विकास गर्न सबैको आग्रह

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई टोकियोको मन्दिर रेष्टुरेन्टमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका थिए ।अध्यक्षमामा शिवप्रसाद पौडेलको नेतृत्वमा निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास जापानका प्रतिनिधि जीतबहादुर कार्कीले एनआरएनए जापानले नेपाली समुदायको भावनालाई बुझेर सहकार्यमा काम गर्दै अप्ठारो र दुःखमा परेका नेपालीलाई… पुरा पढौ

एनआरएनए जापानका नवनिर्वाचितहरुलाई आज नै सपथ गराइने, तयारी पुरा भएकोले रोक्न मिलेन- निर्वाचन समिति

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नवनिर्वाचितहरुलाई तय भएको सपथ ग्रहण कार्यक्रम एसिया प्यासिफ़िक संयोजकले केही पर सार्न आग्रह गरेपनि तयारी पुरा भै सकेकोले आज नै शपथ ग्रहण कार्यक्रम हुने बताईएको छ । निर्वाचन समितिले तय गरेको शपथ कार्यक्रम रोक्न आग्रह गर्दा पनि सबै तयारी पुरा भएको भन्दै समितिले आजै शपथ गराउन लागेको हो ।शनिबार मध्य रातमा एक सूचना प्रकाशन गरि एनआरएनए जापानको निर्वाचन समितिका प्रमुख आयूक्त डा.नेत्र प्रकाश भण्डारीले जानकारी गराए । एनआरएनए जापानको निर्वाचनमा पराजित उम्मेदवारहरुले धाँधली भएको र… पुरा पढौ