जापान विशेष

बद्री केसी र हेमराज शर्माविरुद्ध ‘एमआइएस प्रणाली’ दुरुपयोगको आरोप, एनआरएन जापानको धाँधलीबारे छानबिन शुरु

काठमाडौं – गैरआवासीय नेपाली संघ एनसीसी जापानको चुनावमा भएको धाँधलीबारे छानवीन शुरु भएको छ। नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोमा परेको उजुरीमाथि सम्बन्धित निकायले छानवीन शुरु गरेको हो। एनसीसी जापानका केही पञ्जीकृत सदस्यहरूले आफूहरू मताधिकारबाट बञ्चित भएको र आफ्नो नामबाट अरु कसैले आफूलाई थाहा नै नदिई मतदान गरेको उल्लेख गर्दै छानवीनका लागि साइबर क्राइम ब्यूरोमा उजुरी दिएका छन् । ‘एनआरएनए जापानको चुनावमा धाँधली भएको विषयमा उजुरी परेको छ, हामी आवश्यक छानवीन गर्दै र्छौं, चाँडै निष्कर्षमा पुग्ने सम्भावना छ,’ ब्यूरो स्रोतले भन्यो। यसैबीच,… पुरा पढौ

संस्थामा आर्थिक अनुशासन, पारदर्शिता र नियमित आम्दानीका श्रोतको योजना सहित एनआरएनएको सह- कोषाध्यक्षमा रोबिन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ को उम्मेदवारी

मेरो मान्यता नैतिकता इमानन्दारिता र स्वाधीनता एनआरएनएमा समावेशिता र आर्थिक पारदर्शिता’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ लागि जापानमा सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवी बनाएका रोबिन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले सह- कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका श्रेष्ठले एनआरएनए अभियानमा निरन्तर र क्रमिकरुपमा अगाडि बढ्न आइसीसी सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका… पुरा पढौ

नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने तथा संस्थामा रहेका विसंगति र विकृति हटाउन उप संयोजक(डिआरसी) मा टंक गैरेको उम्मेदवारी

गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने र संस्थामा रहेका विसंगति र विकृति हटाउने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक(डिआरसी) मा टंक गैरेले उम्मेदवारी घोषणा गरेका छन ।जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील गैरेले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले उप संयोजक(डिआरसी) मा उम्मेदवारी दिएको बताएका छन ।एनआरएनए जापानको… पुरा पढौ

गर्दनको हड्डी भचिएर थला परेका हर्कलाई जापानबाट ३ लाख बढि आर्थिक सहयोग प्रदान

नेपाली संस्कार कति उदार र अनुशरन योग्य छ। एकलाई अपथ्यारो पर्दा अर्कोको कति सहयोगी भावना उर्लेर आउछ भन्ने गतिलो उदाहरण हालै गलकोट नगरपालिका वार्ड नम्बर ९ बास्खोलाका हर्कबहादुर बिकलाई परदेशमा बस्ने नेपालीहरुले गरेको आत्मीयताबाट देख्न सकिन्छ ।अति विपन्न दलित परिवारका हर्क लामो समयदेखि अल्सरको उपचार गराउदै आएका थिए । गत महिना घरको आगनमा अचानक लड़ी गर्धनको हड्डी भाचिन पुग्यो ।उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याइयो । त्यहा उपचार हुन नसक्ने जानकारी पाएसंगै परिवार ठूलो बिलखबन्दमा पर्यो । परिवारको मियो नै… पुरा पढौ

जापानले मोडेर्ना भ्याक्सिनको मात्रा दूषित भएको कारण प्रयोगमा रोक

कोरोना सक्रमण दिनानुदिन बढिरहेको र यसको नियन्त्रणका लागि जापान सरकारले कठोर उपायहरु अवलम्बन गर्दै खोप अभियानलाई व्यापकता दिइरहेको अवस्थामा अमेरिकी उत्पादन रहेको मोर्डेना खोपमा मिसावट रहेको पाइएपछि स्वास्थ्य मन्त्रालयले ८ सय खोप केन्द्रहरुमा सो खोप लगाउन रोक लागएको छ ।स्पेनको एउटै कम्पनीमा सोही समयमा उत्पादन गरिएका ती खोपहरुमा दूषित पदार्थ भेटिएको बताईएको छ । मन्त्रालयका अनुसार विगत १० दिनमा जापानका विभिन्न ८ वटा खोप केन्द्रमा प्रयोग गरिएका ३९ वटा सिसिको खोपमा केही बाहिरी पदार्थको मिसावट भेटिएकोले १.६ मिलियन डोजको खोप… पुरा पढौ

सामाजिक सेवा गर्ने उत्तम माध्यमको रूपमा एनआरएनएलाई लिनुपर्ने मान्यताका साथ एसिया प्यासिफिकको डिआरसी पदमा ददिवल खड्काको उम्मेदवारी

सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार भन्ने मान्यताका साथ जापानबाट ददिवल खड्काले गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको उप संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका छन ।समाजमा आइपर्ने हरेक सुख दुःखका गतिविधिमा नजिक रहेर सहयोग पुर्याऊदै आइरहेका हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खड्काले वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उदेश्यले विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताको शुत्रमा बाँधेर एनआरएनएको मुख्य उदेश्य “एक पटको नेपाली, सधैंको नेपाली” भन्ने मान्यतालाई चरितार्थ… पुरा पढौ

जापानमा १३ प्रान्तहरुबाट २१ प्रान्तहरुमा तेस्रो पटक आपतकाल थप

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क़ोरोना भाइरस कोविड-१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेकोकोले यसको नियन्त्रणलाई कडाइका साथ पालना गर्न १३ प्रान्तहरुबाट २१ प्रान्तहरुमा तेस्रो पटक आपतकाल थप गरिएको बताएका छन । आपतकाल थप गरिएका प्रिफ़ेक्चरहरुमा होक्काईदो, मियागी, गिफु, आइची, मिइ,शिगा, ओकायामा र हिरोशिमा रहेको जापानी समाचार माध्यमहरुले जनाएका छन । कोरोना भाइरस विज्ञ समितिले आपतकाल थप गर्न अनुमति दिएसंगै अगस्ट २७ तारिकदेखि सेप्टेम्बर १२ सम्मका लागि ती ८ प्रान्तमा आपतकाल थप गरिएको हो । जापानभरिमा दैनिक औषतमा २५ हजारभन्दा माथि कोरोना… पुरा पढौ

जापानको राजधानी टोकियोमा पारा ओलम्पिक प्रतियोगिता सुरु,नेपालको पनि सहभागिता

जापानको राजधानी टोकियोमा आजदेखि पारा ओलम्पिक प्रतियोगिता सुरु हुदैंछ।ओलम्पिक सकिएको एक महिनाभित्रमा अपांगता भएकाहरुका लागि पाराओलम्पिक खेल आयोजना हुँदै आएको छ ।पारा ओलम्पिकको यो १६ औं संस्करण हो । सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहेको छ। नेपालको तर्फबाट प्रतियोगितामा एउटा खेलमा मात्र सहभागिता जनाईएको छ।  यो प्रतियोगिता १३ दिनसम्म चल्नेछ । ओलम्पिकमा २२ खेल समावेश गरिएको छ भने १ सय ६० देशका खेलाडीको सहभागिता छ । यस संस्करणमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपल्ट समावेश गरिएको हो । पारा ओलम्पिकका लागि ४… पुरा पढौ

जापानमा थप ८ प्रान्तमा आपतकाल ,अब २१ प्रान्तमा आपतकाल ८ मा अर्ध-आपतकाल रहने

जापानमा क़ोरोना भाइरस कोविड-१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेकोकोले थप ८ वटा प्रिफ़ेक्चरहरुमा आपतकाल घोषणा गर्नका लागि छलफल चलाईएको छ ।आपतकाल थप गर्ने योजनाका लागि प्रिफ़ेक्चरहरुमा होक्काईदो, मियागी, गिफु, आइची, मिइ,शिगा, ओकायामा र हिरोशिमा रहेको जापानी समाचार माध्यमहरुले जनाएका छन ।जापानभरिमा दैनिक औषतमा २० हजारभन्दा माथि कोरोना संक्रमित भैरहेको अबस्थामा त्यसको नियन्त्रणका लागि भन्दै सरकारले आपतकाल लगाउदै आएको छ ।यसअघि पनि टोकियो सहित चिवा, साइतामा, खानागावा, ओकिनावा,ओसाका, इबाराकी,तोचिकि, गुन्मा,सिजुओका, क्योतो, हयोंगो र फुकुओका गरि १३ प्रान्तमा आपतकाल र १६ प्रान्तमा… पुरा पढौ

कोरोना संक्रमितलाई तत्काल स्वास्थ्य सेवा प्रदान गर्न जापानमा अक्सिजन स्टेशनको स्थापना

कोरोना संक्रमितका गम्भिर बिरामीहरुको संख्या जापानको टोकियोमा वृद्धि हुदै जान थालेपछि टोकियो महानगरपालिकाले बिरामीहरुलाई पूरक रुपमा छिटो स्वास्थ्य सेवा प्रदान गर्नका लागि सिवुयामा सोमबारदेखि संचालनमा आउने गरी अक्सिजन स्टेशनको स्थापना गरेको छ ।चौबिसै घण्टा संचालनमा आउने गरी २ देखि ३ जना डाक्टर, २५ जना नर्स र बिरामीको सघन रुपमा हेरचाह गर्नका लागि आवश्यक कर्मचारीहरु रहने गरी सो अक्सिजन स्टेशनबाट स्वास्थ्य सेवा प्रदान गरिने जापानका संचार माध्यमहरुले जनाएका छन् ।कोरोनाको संक्रमणका लक्षण देखा परेपछि घरमै रहेर आवश्यक स्वास्थ्य लाभ गरिरहेका बिरामीहरुको… पुरा पढौ