जापान विशेष

नेपाली बालबालिकालाई जापानमा विद्यालय स्तरको शिक्षा हासिल गर्न जानकारीमूलक कार्यक्रम गरिदै

जापानमा रहेका नेपाली बालबालिकाहरुलाई विद्यालय स्तरको शैक्षिक जानकारी दिनका लागि अनलाइन इभेण्ट गरिने भएको छ ।सप्ला निर सिटिज़न कमिटी इन जापान फर ओभरसिज सपोर्टको आयोजनामा सेप्टेम्बरको २६ तारिक आइतबार विहान १०:०० बजेदेखि दिउँसो १२:०० सम्म जापानमा रहेका नेपाली बालबालिकाहरुको लागि प्राथमिक तथा निम्न माध्यामिक विद्यालय स्तरीय जानकारीमूलक अनलाइन कार्यक्रम गर्न लागिएको सूचनामार्फत जनाईएको छ ।टोकियो युनिवर्सिटिमा विद्यावारिधि पिएचडीको अनुसन्धान गरिरहनु भएका दिनेश प्रसाद जोशी रतालाले सहजिकरण गर्नु हुने सो कार्यक्रममा नेपाल र जापानको शैक्षिक प्रणाली तथा रीतिरिवाजको बारेमा भिन्नता, जापानको… पुरा पढौ

एनआरएनए जापानको विवादमा टकरावको स्थितिमा,सामाजिक संञ्जालमा दोहोरी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२१–२०२३ कार्यकालको निर्वाचनमा भएको भनिएको धाँधलीको विषयलाई लिएर विजयी हुने र पराजय हुनेहरुका बिचमा टकरावको स्थिति सिर्जना हुने देखिएको छ ।निर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्धारा सोमबार एक विज्ञप्ती जारी गर्दै निर्वाचनका विषयलाई लिएर मनोमानी रुपमा छानबिन समिति गठन गरी संस्थाको लाखौ रकम दुरुपयोग गरिएको पाईएकोले जापानको कानुन बमोजिम उपचार खोजिने जनाएको छ । भने निर्वाचन प्रक्रियामा सहभागी रहेर पराजित भएका ३० जना उम्मेदवारहरुले पनि आइतबार नै एक… पुरा पढौ

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

टोकियो - जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन् । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन् ।   सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ । जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण… पुरा पढौ

एनआरएनए जापानको निर्वाचन धाँधलीपूर्ण भएकोले तत्काल रद्द गर्न माग, निर्वाचित कार्यसमितिलाई सबै पक्षबाट असहयोग गर्न आग्रह

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको जुलाई ३० मा सम्पन्न निर्वाचन धाँधली र निष्पक्ष निर्वाचनको मान्यता विपरित भएकोले सो निर्वाचन रद्द नगरेसम्म आर्थिक बझबुझारथ नगर्ने बताईएको छ ।निर्वाचन प्रक्रियामा सहभागी भै पराजित ३० जना उम्मेदवारहरूले आइतबार संयुक्त वक्तव्य जारी गर्दै धाधलीपूर्ण निर्वाचनबाट निर्वाचित भएको भनिएको कार्यसमितिलाई आफूहरुले मात्र नभएर जापानवासी नेपालीहरुले पनि मान्यता नदिएको जुलाई ३० को निर्वाचन तत्काल रद्द गरिएको घोषणा नगरेसम्म आर्थिक बझबुझारथ नगरि पूर्णरूपमा असहयोग गर्ने बताईएको छ । ‘स्वस्थ र स्वच्छ एनआरएनए' बनाउन सहयोग… पुरा पढौ

जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक, नागोयामा एक नेपालीको कोरोनाबाट निधन भएको आशंका

जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ। यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको बताइएको छ। यसै बिच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डवखानीकी ३८ वर्षीय यशोधा पुन मगर बेलुको निधन भएको पारिवारिक स्रोतले बताएका छन्। उनी २ हप्ता अघि कोरोना संक्रमण भई कोराना मुक्त भएकी थिइन । शुक्रवार राती पुन मगरले स्वासप्रश्वासमा असहजता महसुश गरेपछि पछि एम्बुलेन्समार्फत अस्पतालमा लगिएको… पुरा पढौ

बेलु पुनको कोरोनाबाट मृत्यु भएको आशंका, एकहप्ता भित्रै जापानमा बागलुङ गलकोटका दुईजनाको निधन

बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा, जापानको आईची प्रान्तको नागोया बस्ने बेलु पुन मगरको कोभिड संक्रमणका कारण निधन भएको छ ।समाचार स्रोतका अनुसार, उनलाई कोरोना संक्रमण भएको लक्षणहरु देखापरेपछि,कोरोना परिक्षण गर्दा पोजिटिभ रिजल्ट आएको थियो । यद्यपी निकट स्रोतले जनाए अनुसार कोरोना पोजिटिभ देखिएता पनि उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने बताइएको छ ।मृतक पुन मगरका श्रीमान दक्ष कामदार भिसामा जापानमा कुक पेशामा आवद्ध छन् भने ३ जना छोराछोरी रहेका छन् ।मृतक… पुरा पढौ

एनआरएनए एसिया प्यासिफिकको उप-संयोजक (डिआरसी) पदका उम्मेदवार खड्काको पक्षमा माहोल सकारात्मक

‘सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको उप-संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका ददिवल खड्काको पक्षमा माहोल सकारात्मक बनेको छ ।अनुभवी, परिपक्क र मिजासिलो स्वभावका खड्काले जापानमा रहेर समाजका हरेक गतिविधिमा सक्रियतापूर्वक आर्थिक लगायतका सहयोग गरिरहेकोले सो कार्यलाई निरन्तरता दिनका लागि एनआरएनएको ज़िम्मेवार पदमा रहनुपर्ने भएकोलेपनि डिआरसीमा सकारात्मक माहोल बनिरहेको एनआरएनएका अभियन्ताहरु बताउछन ।गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खड्काले व्यक्तिगत र संस्थागत रूपमा… पुरा पढौ

जापानका १९ प्रान्तमा सेप्टेम्बरको अन्त्यसम्म आपतकाल थप, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रधानमन्त्रीको आग्रह

जापान सरकारले कोभिड-१९ कोरोना विभिन्न २१ वटा प्रान्तमा लगाउदै आएको आपतकाल टोकियोसहित १९ वटा प्रान्तमा रहने गरि सेप्टेम्बरको अन्त्यसम्म लम्बाउने भएको छ ।अस्पतालमा सघन उपचार गराउने संक्रमित बिरामीको सख्यामा हाल २ हजार २ सय रहिरहेको र त्यसमा उल्लेखनीय कमि नआएको र दैनिक संक्रमितको संख्या यथावत रहेकोले कोरोना संक्रमणलाई रोकथाममा सहयोग पुर्याउनका लागि आपतकाललाई थप गरिएकोले प्रधानमन्त्री सुगा योशिहिदेले बताएका छन ।सरकारले मानिसहरुलाई भीडबाट बच्न र सकेसम्म घरबाट काम गर्न आग्रह समेत गरेको छ। आपतकाल रहेका प्रान्तहरूमा बार र रेष्टुरेन्टहरुलाई रक्सीको… पुरा पढौ

एनआरएनएमा समावेशीताको सिद्धान्तलाई व्यावहारिकतामा कार्यान्वयन गराउन गुरुङको सचिव पदमा उम्मेदवारी

समृद्धि,समावेशिता,समुहिकता र संस्थागत सुदृढिकरणका लागि मेरो उम्मेदवारीको मान्यताका साथ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पद(२०२१-२०२३)मा उम्मेवदारी दिएका ओम गुरुङको पक्षमा माहोल सृजना भएको छ ।जापानमा रहेर सन २००८ देखि एनआरएनएको अभियानमा लागेका गुरूङले पटक पटक एनआरएनए जापानको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका र आफ्नो अनुभवलाई आइसीसीमा उपयोग गर्ने दृढ़ताका साथ लागेकोले सचिव पदमा आफूले दिएको उम्मेदवारीको पक्षमा राम्रो माहोल सृजना भएको बताउछन ।जापानमा रहेर बिभिन्न सामाजिक संघ संस्थामार्फ़त नेपाल र नेपालीको लागि सामाजिक क्रियाकलापमा निरन्तर रूपमा लागेको र… पुरा पढौ

मिराई लाईफमा कोरोना बीमा दाबी गर्ने बढे, २० जनाले पाए सुविधा

जापानमा नेपाली तथा विदेशीहरूका लागि संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सले २० जना नेपालीहरूलाई कोरोना सुविधा भुक्तानी गरेको छ।मिराई लाईफ ईन्स्योरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरू तथा विदेशीहरूमा बढदो कोरोना संक्रमणमा परेकाहरूलाई सुविधा भुक्तानी गरेको हो। गत अगष्ट महिनामा मात्र २० जनालाई कोरोना संक्रमण सहयोग रकम सुविधा भुक्तानी गरेको मिराई लाईफ ईन्सोरेन्स जापानका निर्देशक कमल अधिकारीले जानकारी दिए।प्रतिव्यक्ति करिव ७० हजार येन देखी दुई लाख येनसम्म दाबी भुक्तानी गरिएको निर्देशक अधिकारीले जानकारी दिए। अगष्ट महिनामा मात्र मिराई लाईफले २४ लाख… पुरा पढौ