दुई महिलासहित जापानको सत्तारुढ एलडीपी नेतृत्वको लागि चार उम्मेदवार, मुख्य एजेण्डा कोरोना संक्रमण नियन्त्रण र आर्थिक सन्तुलन कायम

-


     जनहित न्युज    
     असाेज १ गते २०७८


जापानका प्रधानमन्त्री सुगा योशिहिदेले आगामी कार्यकालको नेतृत्वको निर्वाचनका लागि आफ्नो इच्छा नदेखाइपछि मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने अठोटका साथ शुक्रबार चार जना उम्मेदवारहरु उत्रिएका छन । जसमा दुई पुरुष र दुई महिलाको साथमा आधिकारिक रुपमा उम्मेदवारी प्रस्तुत गरेका छन ।
प्रधानमन्त्री सुगाले पुन आफूले चुनावमा चाहना नराखेपछि सांसदहरुले शुक्रवार आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यपालिका रहेको छ।
आगामी नेतृत्वको लागि प्रमुख चर्चामा रहेका कुशिदा फूमिओ एलडिपीका पूर्व विदेश मन्त्री तथा नीति अनुसन्धान परिषद अध्यक्ष समेत हुन । त्यस्तै अर्का प्रतिस्पर्धी कोनो तारो वर्तमान सरकारका प्रशासनिक सुधार मन्त्रीका साथै विदेश र रक्षा प्रमुखको ज़िम्मेवारी सम्हालि सकेका छन ।
सानाए ताकाइची पनि आफू नेतृत्वका लागि अब्बल रहेको बताएकी छन । उनी पूर्व संचार तथा आन्तरिक मामिला मन्त्री भै देशको सेवा गरिसकेकी हुन ।
प्रतिस्पर्धीको रूपमा अन्तिम समयमा आगाडि आएकी एलडिपीका कार्यकारी कार्यवाहक महासचिव समेत रहेकी नोडा सेइकोले पनि अन्यलाई चुनौतीका दिदै नेतृत्वको चुनावी मैदानमा उत्रिएकी छन । पूर्व आन्तरिक मामिला मन्त्री समेत रहेकी नोडाले बिहीबार घोषणा गरेकी उनी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वको दौडमा भाग लिनेछन् ।
पहिलो पटक एक भन्दा बढी महिला उम्मेदवारले नेतृत्व को लागि दाबी गरेका छन । १९५५ मा एलडिपी पार्टी स्थापना भएयता कुनै महिलाले पार्टीको नेतृत्व गरेका छैनन्।
चार जना उम्मेदवारहरु आधिकारिक रूपमा पार्टीको नेतृत्वका लागि आफ्नो अभियान सुरू गरिएको छ । नेतृत्वको दाबी गरिरहेकाहरुको मुख्य एजेण्डा कोरोनाभाइरसको नियन्त्रणका उपायमा प्रभावकारी रूपमा केन्द्रित हुने, कोरोना महामारीका कारण असन्तुलन हुन पुगेको देशको अर्थव्यवस्था र स्वास्थ्य सेवा प्रणालीलाई पुरानै आकार र अवस्थामा फर्काउने र रक्षा अनि विदेश नीतिलाई मुख्य एजेन्डाका रूपमा लिन लागेको देखिन्छ ।
वर्तमान सिटिंग प्रतिनिधि र पार्टीमा आफ्नो राम्रो हैसियत बनाएका हरु चुनावी प्रतिस्पर्धामा रहेका उनीहरुलाई एलडिपीका ३८३ सांसदहरुले मतदान गर्नेछन । प्रतिस्पर्धामा रहेका हरुमध्यले स्पष्ट बहुमत लिन नसकेमा बढि मत लिने २ जनाका बिचमा पुन मतदान गराइ नेतृत्व चयन गरिने छ ।
नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिका सेप्टेम्बर २९ मा तय गरिएको छ । दुई महिला र दुई पुरुष गरि चार जनाको प्रतिस्पर्धा हुने भएको छ ।
प्रारम्भिक सर्वेक्षणले तारो कानो नै अगाडि रहेको देखाएका छन् । उनीलाई सिगेरु इशिबाले पछ््याएका छन । त्यसैगरी तेस्रोमा फुमिओ किशिदा देखिएका छन ।
सत्तारुढ दलको नेतृत्व लिँदै प्रधानमन्त्री बन्नका लागि दुई महिला सानाइ ताकैचि र सेइको नोडा पनि चुनावी मैदानमा रहेका छन। विदेशमन्त्री कोनो र पूर्व रक्षामन्त्री सिगेरु इशिबामध्ये एकजना प्रधानमन्त्री हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्ने स्पष्ट पारे । प्रधानमन्त्री सुगाले भने,’निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिनुभएको छ, उनीहरूमध्ये मैले कुनै उम्मेदवारको पक्षपोषण गरेको छैन ।’ जापानको संसदमा एलडिपीको बहुमत रहेकोले त्यस दलको प्रमुख नै सरकारको प्रधानमन्त्री हुने हुदा सेप्टेम्बर २९ मा हुने निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?