
कोभिड -१९ डेल्टा भेरियन्टको तिव्र प्रसार संगै कोरोना संक्रमणका कारण जापानमा ५९ वर्ष भन्दा कम उमेरका नागरिकहरुको मृत्यु तिव्र रूपमा बढेको छ ।
कोरोना महामारीको पाँचौ लहर चलेसंगै जुलाईको मध्यदेखि सेप्टेम्बरको सुरूसम्ममा कोरोनाबाट मृत्यु हुने कुल संख्याको २० दशमलव ६ प्रतिशत अर्थात् ८६० जना ५९ वर्ष भन्दा कम उमेरकाको मृत्यु भएको स्वास्थ श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो उमेर समूहका फेब्रुअरीको सुरुमा मृत्यु हुनेको तुलनामा पाँच गुणाले वृद्धि भएको बताईएको छ । सो समयमा कोरोनाबाट मृत्यु हुने ५९ वर्ष भन्दा कम उमेरकाको मृत्यदर ३ दशमलव ८ प्रतिशत रहेको थियो ।
कोभिड-१९ को पाँचौ लहर यता ३९ वर्ष भन्दा कम उमेरका २९ जनाको मृत्यु भएको छ । यो संख्या महामारी शुरू भएयता एउटै उमेर समूहको कुल मृत्युको लगभग आधा हिस्सा रहेको मन्त्रालयले जनाएको छ।
१२ करोड ५० लाख भन्दाबढि जनसंख्या रहेको जापानमा ५० प्रतिशतलाई कोरोना बिरुद्दको खोप लगाई सकिएको पनि मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसको डेल्टा भेरियन्टको तिव्र रूपमा संक्रमण फैलिदै जादा पनि अन्य उमेर समूहको तुलनामा अझै युवा पुस्तामा खोपको मात्रा धेरै सम्म पुग्न सकेको छैन।
जापानले फेब्रुअरीमा स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरु र कामदारहरुको लागि खोप कार्यक्रम शुरू गरेको थियो र अप्रिलबाट ६५ बर्ष माथिका मानिसहरुलाई र पछि बालबालिका बाहेक सबै नागरिकलाई खोपको विस्तार गरेको छ ।
तोहो विश्वविद्यालयका भाईरोलोजिष्ट प्राध्यापक काजुहिरो तातेदाले ४०-५० वर्ष उमेर समूहका मानिसहरुमा गम्भीर लक्षण र अपेक्षाकृत मृत्यु बढनुको प्रमुख कारण खोपमा उल्लेख्य प्रगति नहुनु हो भनेका छन ।
खोप कार्यक्रम सुरु हुनु भन्दा पहिले, फेब्रुअरीको शुरु सम्म रिपोर्टमा कोभिड-१९ का बिरामी ६० वर्ष माथिको उमेर समूहका ९६ दशमलव २ प्रतिशत अर्थात् ५२९५ को मृत्यु हुने गरेकोमा खोप कार्यक्रमपछि जुलाईको मध्य र सेप्टेम्बर को सुरूमा ६० वर्षमाथिको उमेर समूहका मृत्यु हुनेको संख्या ८६० रहेको तथ्यांकहरुले देखाएका छन । समग्रमा खोप कार्यक्रम पछि यो उमेर समूहको मृत्युलाई ४० दशमलव ८ प्रतिशतमा कायम राख्न सकिएको बताईएको छ ।
मन्त्रालयको एक अनुमानका अनुसार कोभिड १९ का कारण जुलाई र अगस्टमा ६५ वर्ष माथिका मानिसहरुको खोप प्रदान गरिएकोले मृत्यु हुने संख्या झण्डै ८४०० ले कमी आएको छ ।