जापान विशेष

जापानमा नेपाली विद्यार्थी अर्चनाले आत्महत्या गरिन

नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापानमा रहेकी एक नेपाली बिद्यार्थीले आत्महत्या गरेकी छन ।जापानको फुकुओका स्थित ईजिरीमा बस्ने र हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलको सोमबार बिहान करिव १:३० मा आफ्नो कोठामा आत्माहत्या गरेको अवस्थामा भेटिएको बताईएको छ ।मृतक भुर्तेल केही समय अघिदेखि पुरुष साथीसँग लिभिङ्ग टुगेदरमा बसदै आएकी थिइन । हाल उनको केटा साथी कामको शिलाशिलामा ओसाकामा बुझिएको छ । सामाजिक संजालमा निरन्तर कुरा भईरहे पनि पछिल्लो समय उनीहरुका… पुरा पढौ

मोना जापानको सातौं अधिबेशन सम्पन्न, अध्यक्षमा सचिन श्रेष्ठ चयन

टोकियो । म्याग्दी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, व्यवसायी, अध्ययनमा आबद्द म्याग्देलीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानको सातौं अधिबेशन सम्पन्न भएको छ । आईतबार टोकियोस्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिनओकुबुमा सम्पन्न भएको मोना जापानको केन्द्रीय समितिको सातौ अधिबेशन तथा साधारण सभा सम्पन्न भएको हो । अधिबेशनमार्फत २ वर्षे कार्यकालको लागी सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । नवगठित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्ष दिल केसी ( बिशाल ), महिला उपाध्यक्ष पबित्रा पुन, क्षेत्रीय उपाध्यक्ष टिका छन्त्याल , उपाध्यक्षहरू हेम… पुरा पढौ

जापानमा एक तिहाई वृद्धाहरू, शताब्दी उमेर पार गर्नेको संख्या करिब ९० हजार, महिला ८८ प्रतिशत

जापानमा ६५ वर्ष भन्दामाथिको उमेर समूहका मानिस संख्या अन्य उमेर समूहको जनसंख्याको तुलनामा उच्च रहेको एक सर्वेक्षणले देखाएको छ ।सोमबार वृद्धहरूको सम्मान स्वरूप वृद्ध दिवस अवसरमा राष्ट्रिय बिदा राखिएको छ । यसै सन्दर्भमा सरकारी स्तरबाट गरिएको एक सर्वेक्षणले जापानमा वृद्धाहरुको जनसंख्या बढ्दै गएको र जन्मदर घटदै गएको तथ्यहरू सर्वेक्षणले देखाएको छ ।आन्तरिक मामिला मन्त्रालयका अनुसार वृद्धाहरुको जनसंख्या बुधवारसम्ममा ४ करोड भन्दा बढि रहेको बताएको छ । यो संख्या गतवर्ष भन्दा २ लाख २० हजारले बढि रहेको सर्वेक्षणले देखाएको छ ।वृद्धा… पुरा पढौ

अझै कति वर्ष लाग्ला स्वचालित सवारी आउन ? ज्येष्ठ नागरिकले भरिएको जापानको प्रयास पनि सुस्त

जापान उसै पनि ज्येष्ठ नागरिकहरूको देश बनेको छ, तिनका निम्ति स्वचालित गाडी उपलब्ध गराउन त्यहाँको सरकारले चाहेको छ । तर, हालै भएको एक दुर्घटनाले भविष्यमा आउन सक्ने चुनौतीलाई रेखांकित पनि गरिदिएको छ । जापानसमेत अन्य कतिपय देशमा स्वचालित गाडी सडकमा कुदिरहेका छन् । जापान सरकारले त टेक्नोलोजी विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।गत वर्ष नै जापान केही अवस्थालाई पूरै नियन्त्रणमा लिने सवारी सार्वजनिक सडकमा गुडाउने अनुमति दिने पहिलो मुलुक बन्यो । उक्त होन्डा कारलाई ‘लेभल थ्री’ को स्वायत्तता दिइयो, अर्थात… पुरा पढौ

जापानमा ‘क्युस्यु नेप्लिज वेलफियर सोसाइटी’ को गठन

जापानको फुकुओका स्थित किताक्युस्यु कोकुरामा पनि पछिल्लो समय नेपाली समुदायको उपस्थितति बाक्लो हुदै गईरहेको सन्दर्भमा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको गठन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको औपचारिक उदघाटन गरिएको हो । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य तथा आगामी कार्यकालका एसिया प्यासिफिक क्षेत्रका उप–संयोजकका उम्मेद्धार टंक गैरेको प्रमुख अतिथिमा प्रत्यक्ष तथा जुम भर्चुअल मार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले उक्त… पुरा पढौ

जापानले रि- इन्ट्री भिषालाई प्रवेश अनुमति दिएसंगै जारी गर्यो क्वारेन्टिन सम्बन्धी अनिवार्य पालना गर्नुपर्ने नियमहरु

कोरोना संक्रमणको दर उच्च हुदै गएपछि त्यसको नियन्त्रणका लागि भन्दै जापान सरकार नेपाल सहितका केही देशहरुमा लगाएको आगन्तुक प्रतिबन्ध फुकुवासंगै क्वारेन्टिनका लागि समेत नया नियमको व्यवस्था गरेको छ ।विदेश मन्त्रालयले शुक्रवार राती आफ्नो आधिकारिक वेबसाईट मार्फत सूचना प्रकाशित गर्दै जापानको रि- इन्ट्री भिषा भएका नेपाल लगायत ४४ देशबाट जापान प्रवेश गर्न चाहने आगन्तुक जापान आउनु सक्ने बताईएको छ ।जारी गरिएको सूचनामा सेप्टेम्बर २० बाट २०२१ बाट नेपालसहित ४४ देशका नागरिकहरु जोसँग जापानको आवासीय भिषा र रि- इन्ट्री भिषा रहेको छ… पुरा पढौ

जापानले नेपालसहित अन्य केहि मुलुकमा लगाउदै आएको प्रवेश प्रतिबन्ध खुला गर्ने, रि-इन्ट्रि पाइने, सयौ नेपालीलाई राहत

जापान सरकारले कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिने भन्दै नेपालसहित विभिन्न ४४ वटा देशका आगन्तुकहरुमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउने भएको छ ।विदेश मन्त्रालयले शुक्रबार राती अबेर आफ्नो होमपेजमार्फत सूचना जारी गर्दै नेपाल लगायत अफगानिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्ससहित ४४ देशमा को लागि पुन प्रवेश प्रतिबन्धलाई सेप्टेम्बर १९ तारिक राती १२ बजेदेखि हटाउन लागेको उल्लेख गरेको छ । १९ तारिक रातीबाट प्रतिबन्ध हटाइएपनि आगन्तुकहरुले २० गतेबाट मात्र प्रवेश अनुमति दिइने बताइएको छ । आगन्तुकहरुलाई प्रवेशमा अनुमति दिइएपनि क्वारेन्टिनको नियमलाई भने कडाईका साथ… पुरा पढौ

दुई महिलासहित जापानको सत्तारुढ एलडीपी नेतृत्वको लागि चार उम्मेदवार, मुख्य एजेण्डा कोरोना संक्रमण नियन्त्रण र आर्थिक सन्तुलन कायम

जापानका प्रधानमन्त्री सुगा योशिहिदेले आगामी कार्यकालको नेतृत्वको निर्वाचनका लागि आफ्नो इच्छा नदेखाइपछि मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने अठोटका साथ शुक्रबार चार जना उम्मेदवारहरु उत्रिएका छन । जसमा दुई पुरुष र दुई महिलाको साथमा आधिकारिक रुपमा उम्मेदवारी प्रस्तुत गरेका छन ।प्रधानमन्त्री सुगाले पुन आफूले चुनावमा चाहना नराखेपछि सांसदहरुले शुक्रवार आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यपालिका रहेको छ।आगामी नेतृत्वको लागि प्रमुख चर्चामा रहेका कुशिदा फूमिओ एलडिपीका पूर्व विदेश मन्त्री तथा नीति अनुसन्धान परिषद अध्यक्ष समेत हुन । त्यस्तै अर्का प्रतिस्पर्धी कोनो… पुरा पढौ

जापानको समुद्रतर्फ लक्षित गर्दै उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले बुधबार दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको छ।दक्षिण कोरियाली अधिकारीहरुका अनुसार सो ब्यालिस्टिक मिसाइल उत्तर कोरियाको मध्य क्षेत्रबाट जापानको समुद्रतर्फ पर्ने गरि प्रक्षेपण गरिएको बताईएको छ ।जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन् । सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ छ । दुई ब्यालिस्टिक मिसाइलको प्रक्षेपण जापानको विशेष आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको जापानी समाचार संस्था एनएचकेको समाचारमा जनाईएको छ ।जापानका प्रधानमन्त्री सुगा योशिहिदेले भने, "यो कार्य हाम्रो देश तथा… पुरा पढौ

जापानमा कोभिड -१९ डेल्टा भेरियन्टको तिव्र प्रसार संगै प्रौढ उमेर समूहको मृत्युदरमा वृद्धि

कोभिड -१९ डेल्टा भेरियन्टको तिव्र प्रसार संगै कोरोना संक्रमणका कारण जापानमा ५९ वर्ष भन्दा कम उमेरका नागरिकहरुको मृत्यु तिव्र रूपमा बढेको छ ।कोरोना महामारीको पाँचौ लहर चलेसंगै जुलाईको मध्यदेखि सेप्टेम्बरको सुरूसम्ममा कोरोनाबाट मृत्यु हुने कुल संख्याको २० दशमलव ६ प्रतिशत अर्थात् ८६० जना ५९ वर्ष भन्दा कम उमेरकाको मृत्यु भएको स्वास्थ श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार यो उमेर समूहका फेब्रुअरीको सुरुमा मृत्यु हुनेको तुलनामा पाँच गुणाले वृद्धि भएको बताईएको छ । सो समयमा कोरोनाबाट मृत्यु हुने ५९… पुरा पढौ