आफ्नो प्रेमिकाको नाबालक छोरालाई तातो पानीमा जलाएर मार्ने प्रेमी पक्राऊ

-


     जनहित न्युज    
     असाेज ७ गते २०७८


जापानको ओसाकामा आफ़नो प्रेमिकाको ३ वर्षीय छोरालाई तातो पानीले जलाएर हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राऊ गरेको छ ।
लिभीङ टु गेदरको रूपमा सेत्सुमा एकै घरमा बस्दै आएका २३ वर्षीय ताकुमी मत्सुबारालाई नुहाउन प्रयोग गरिने तातोपानीमा राखेर उनकी प्रेमिकाको छोराको हत्या गरेको आरोप लगाई प्रहरीले पक्राऊ गरेपनि आरोपी मत्सुबाराले आरोप अस्वीकार गरेका छन ।
ओसाका प्रान्तको पुलिसका अनुसार ताकुमी मत्सुबाराले आरोप अस्वीकार गर्दै आफू र बच्चा संगसंगै तातो पानीमा नुहाउदै खेल्दै गर्दा मृत्यु भएको अनुसन्धानका क्रममा बताएका छन ।
अगस्त ३१ मा मृतक बालकको आमा घरमा नभएको बेला आरोपी ताकुमी र बच्चाले नुहाउने क्रममा पानीको तापक्रम बढाउन बाथरूम बाहिर निस्क़ेर उनी पछि फ़र्किदा बच्चा मृत अवस्थामा भेटिएको अनुसन्धानको क्रममा बताएक़ा छन ।
गत मे मा पनि मत्सुबाराले बच्चालाई दुर्व्यवहार गरेको बारेमा सेत्सुको प्रेमिकाले स्थानीय सरकारमा उजुरी गरेकी थिइन । तर उज़री अनुसार बच्चाको सुरक्षात्मक स्थिति सामान्य रहेको निष्कर्ष निकालदै आरोपी मत्सुबारालाई आवश्यक परामर्शपछि छाड़िएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?