जापान विशेष

जापानमा शनिबार कोरोना संक्रमणबाट एक नेपालीको ज्यान गयो

जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको छ ।कृष्ण बहादुरको नामले परिचित शर्मा नाका मेगुरोको नेपाली इण्डियन रेष्टुरेण्टमा कार्यरत थिए । ४० वर्षीय शर्मा एकहप्ता अघिदेखि कोरोना संक्रमित भै चुर्मीको एक अस्पतालमा उपाचारको क्रममा शनिवार मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट ग्रसित मृतक शर्माको थप विवरण आउन बाकी रहेको छ । पुरा पढौ

सागर रिजालको नेतृत्वमा नेकपा(एकिकृत समाजवादी) पार्टीसँग सम्बद्द प्रवासी नेपाली एकता मञ्च जापानको घोषणा

सागर रिजालको अध्यक्षतामा नेकपा(एकिकृत समाजवादी) पार्टीसँग सम्बद्द प्रवासी नेपाली एकता मञ्च जापानको ३५ सदस्यीय कमिटी घोषणा गरिएको छ । कम्युनिस्ट राजनीतिमा डेढ दशक लामो समयदेखि क्रियाशील रिजालको नेतृत्वमा गठित उपाध्यक्षमा भोजराज भण्डारी, चिन्तामणी आचार्य, द्रोण सिलवाल, भिम न्यौपाने र प्रकाश महरा रहेका छन । उपाध्यक्ष सात जना रहने सो कमिटीमा दुइ जना पछि थप गरिने बताईएको छ ।कमिटीको महासचिवमा तिलक दाहाल तथा उप महासचिव टक्कर कुवँर सचिवमा सचिन नेम्वाङ्ग, हरि लामिछाने र कोषाघ्यक्ष श्रीकृष्ण अर्याल र सचिवालय सदस्यमा माधव आचार्यलाई… पुरा पढौ

समाचार प्रकाशनको विषयलाई लिएर आपत्तिजनक शब्द प्रयोग गरिनु गम्भिर हो-पत्रकार महासंघ जापान

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यकालको निर्वाचनमा देखिएको विवादका सन्दर्भमा असन्तुष्ट पक्षले अन्तराष्ट्रिय समन्वय परिषदमा गरेको आवेदनमा उल्लेखित भाषाप्रति नेपाल पत्रकार महासंघ जापानले ध्यानाकर्षण भएको जनाएको छ ।महासंघका अध्यक्ष मोहन घलेद्वारा शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै संचार माध्यममा प्रकाशित समाचारको विषयलाई लिएर संचार माध्यम र पत्रकारका विषयमा उल्लेखित शब्दप्रति जापान शाखाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा संचारमाध्यममा प्रकाशन भएका समाचारका विषयमा असहमति वा आपत्ति भएमा कानुनी बाटो मार्फ़त त्यसको समाधान खोज्न सकिने हुदाहुदै त्यसो… पुरा पढौ

जापानमा सामान डेलिभेरी गर्ने श्रमिको अभाव, वैपल्पिक उपायहरुको खोजी हुन थाल्यो

कोभिड-१९ को महामारीको प्रभावका कारण जापानमा होमडेलिभेरीको माग अप्रत्याशित रूपमा बढ़ेसंगै दैनिक अत्यावश्यक सामग्री ओसारपसार गर्ने कार्यमा भने श्रमशक्तिको अभाव हुन थालेको छ ।सामान ओसारपसार गर्ने ट्रकमा काम गर्ने कामदारले धेरै लामो घण्टा काम गरेपनि काम अनुसारको पारिश्रमिक कमि हुनुले यस कार्यप्रति अलोकप्रियता बढ्दै जानु, जन्मदरमा कमी आइ श्रम बजारमा श्रमशक्ति न्यून हुनुले पनि कामदारको अभाव हुन गएको अर्थशास्त्रीहरूको भनाइ रहेको छ ।सन २००० मा जापानमा १ मिलियन ट्रक ड्राइभर रहेकोमा आगामी सन २०३० सम्ममा यो संख्या आधा हुन सक्ने… पुरा पढौ

कावाशाकीमा मृतक गैरेको आइतबार जापान मै अन्तिम संस्कार गरिने, सहभागिताको लागि आफन्तको आग्रह,ठेगाना र समयसहित

नेपालको बुटबल घर भई जापानको कानागावा केन मिदोरी कु नागाचुता बस्ने मृतक विकास गैरेको आइतबार अन्तिम संस्कार गरिने भएको छ ।गत आइतबार आफू बस्ने घरमा नै अप्रत्याशित मृत्यु भएका बुटवल उपमहानगरपालिका १२ का ३० वर्षीय गैरेको अक्टुबर ३ तारिकका दिन कावासाकी केनको कावासाकी शि कावासाकी कु ३-२-७ याकोमा दाहसंस्कार गर्न लागिएको मृतकका आफन्त दाजु निरन्जन गैरेले जानकारी दिए ।कामदार भिसामा कार्यरत मृतक गैरे श्रीमतिसँग जापानमा बस्दै आएका थिए । डिप्रेशनका बिरामी रहेका गैरेले नियमित औषधी खाईरहेका र आफूलाई पछिल्लो समय… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ अधिवेशन जनवरी ३० मा हुने

नेपाली जनप्रगतिशील मञ्च जापान राष्ट्रिय समितिको आठौ अधिवेशन २०२२ जनवरी ३० तारिकका दिन जापानको टोकियोमा हुने भएको छ ।प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन भन्ने मूल नाराका साथ अधिवेशन सम्पन्न गर्नका लागि हवलचन्द्र लामा संयोजक र सालिकराम भण्डारी सह संयोजक रहेको १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको मंचले जनाएको छ ।माओबादी केन्द्रका प्रवास समन्वय कमिटिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यता, पूर्वी एसिया प्यासिफिकका संयोजक हर्क थापाको विशेष आतिथ्यता,… पुरा पढौ

जापानको मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा किशिदा निर्वाचित, अक्टोबर ४ मा प्रधानमन्त्री नियुक्त हुने निश्चित

जापानको मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा किशिदा फुमीओ निर्वाचित भएका छन । आगामी हप्ता उनी जापानको प्रधानमन्त्री बन्ने भएका हुन ।६४ वर्षीय किशिदा अक्टोबर ४ मा बोलाईएको तल्लों सदनको विशेष अधिवेशनबाट आधिकारिक रूपमा जापानको १०० औ प्रधानमन्त्री हुने निश्चित भएको हो ।एलडीपी नेतृत्वको गठबन्धनको संसदको दुबै सदनमा बहुमत रहेकोले जो पार्टी अध्यक्ष निर्वाचित हुन्छ उनी नै सोमबार हुने विशेष अधिवेशनबाट निर्वाचित प्रधानमन्त्री बन्ने निश्चित छ।किशिदा पार्टी भित्र उदारवादी झुकाव राख्ने गुटको नेतृत्व गर्दै आएका र गत बर्ष पनि सुगासँगको… पुरा पढौ

एनआरएनए जापानको कोष पूर्णरूपमा सुरक्षित रहेको स्पष्टिकरण

गैरआवासीय नेपाली संघ जापानको समस्या थप जटिल बन्दै गएको छ । जुलाई ३० मा अनलाइनमार्फत् सम्पन्न एनआरएनए जापानको निर्वाचनमा एकपक्षले आफुखुसी नेपाल लगायतका विभिन्न देशबाट फर्जि भोटिङ गराएपछि अध्यक्षका उम्मेदवार नरेन्द बस्नेत ‘दिनेस’ अनिता गुरुङ, किरण शर्मा र सरोज खत्रीसहित सहित ३८ जनाले यसको विरोध गर्दै निष्पक्ष छानविनको माग समेत गरेका थिए । उक्त विवाद समाधानका लागि छानविन टोली गठन गरिए पनि विवाद समाधान नभएको र संस्था झन जटिलतातर्फ बढ्दै गएको भन्दै अध्यक्षका उम्मेदवार नरेन्द्र बस्नेत ‘दिनेस’ तथा एनआरएन जापानका… पुरा पढौ

चार महिनापछि जापानमा शुक्रवारदेखि आपतकाल हट्ने, रेष्टुरेण्ट बेलुकी ९ बजेसम्म र रक्सी बिक्री साँझ ८ बजेसम्मका लागि समय तोकियो

कोरोना संक्रमणको दर न्यून हुन लागेकोले र कोभिड-१९ रोकथामका उपायहरु प्रभावकारी देखिएकोले टोकियोसहित १७ प्रान्तहरुमा लगाईदै आएको आपतकाल तथा ८ प्रान्तहरुको स्वास्थ्य संबेदनशील क्षेत्र हटाईन लागेको जापानका प्रधानमन्त्री योशिहिदे सुगाले बताएका छन ।जापानको कोरोनाभाइरस नियन्त्रण सम्बन्धी सल्लाहकार प्यानलले बिहीबार सकिन लागेको आपतकालिन अवस्था र स्वास्थ्य सम्वेदनशील क्षेत्रको थप गर्नु नपर्ने सरकारी योजनालाई अनुमोदन गरेपछि आपतकाल हटाउन लागिएको हो ।नयाँ कोरोनाभाइरसका संक्रमित र गम्भीर लक्षण भएका बिरामीहरुको संख्या उल्लेखनीय रुपमा घटेकोले अप्रिल ४ देखि लगाईदै आएको आपतकाल र स्वास्थ्य संवेदनशील क्षेत्र… पुरा पढौ

आगन्तुकलाई जापान प्रवेशमा सहजता बनाउदै, अब घरमै १० दिन क्वारेनटीन बसे हुने

अक्टोबर १ देखि लागु हुने गरि जापान सरकारले कोरोना विरुद्दको खोप लगाएका जापान प्रवेश गर्नेहरुकोलागि क्वारेनटीन अवधिलाई घटाएइको छ ।कोभिड-१९ विरुद्दको खोप लगाएका जापान प्रवेश गर्ने आगन्तुकहरूलाई १४ दिनको क्वारेनटीनबाट १० दिन सम्म छोटो अवधि बनाईने भएको क्याविनेटका प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन । १० दिनमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएमा क्वारेनटीनको अवधि सोही दिनदेखि अन्त्य गर्न सकिने उनले जानकारी गराएका हुन ।मोर्डेना, फ़ाइजर र AstraZeneca खोपको पुरा डोज लगाएर खोप पासपोर्ट जारी गरि… पुरा पढौ