जापानमा आत्महत्याको लहर …

-


     मना खत्री    
     असाेज २१ गते २०७८


सुनौला सपना र रहरहरुको खोजीमा स्वदेशको बेरोजगारी समस्या बाट भाग्दै विदेशमा पुगेका, त्यसमाथी पनि जापान जस्तो देशमा भएका युवाहरुमा बाढ्दो आत्महत्याको ग्राफ प्रत्येक वर्ष उकालो लाग्दो छ ।

गाउँघरमा स्कुल पढ्नेदेखि लिएर शहरमा कलेज पढ्नेहरुका सपना पनि विदेश जाने नै धेरै छन । अझ पछिल्लो समय विद्यार्थी भिषामा होस या रोजगारिका लागी जेट पेलेन चढेर विदशिन मात्रै पाए र समुन्द्रको छेउँमा उभिएर सामाजिक सँजालमा फोटो देखाउन पाए क्षणभरका लागि मात्रै भएपनि आफु सफल भएको अनुभूति गर्नेहरुको सँख्या धेरै छ ।

बाग्लुङ गल्कोटका पनि धेरै भन्दा धेरै युवाहरु सपनाको खोजीमा जापानमा छन । कोहि आफ्नै रहरले त कोहि बाबुआमाको लहडले जापानमा भौतारिई रहेका छन । सुनौलो र रोमान्चित जीवनशैलीको आशाले नेपालमा यहिँ बसेर केहि गर्न सक्ने र देश विकाशमा टेवा पु¥याउन सक्ने भर्खरका युवाहरु पनि पलाएन भएर जापानतिर दौडिरहेका छन ।

उनीहरु जापान जाँदा आफुमात्रै जाँदैनन, आफ्नो भाषा, सँस्कृति, रहन, सहन र परिवेशलाई सँगैलिएर जान्छन । जव उनीहरुको आफ्नो पन र त्यहाँको परिवेशले मेल खाँदैन तव त्यसले समस्या सृजना गर्न थाल्दछ, र त्यसकै परिणाम स्वरुप विभिन्न दुर्घटनाहरु उब्जिन थाल्दछन ।

जुन सोच र सपना बोकेर युवाहरु आज विदेशिन्छन, यसको पाँच वर्ष पछि उनीहरु नेपाल फर्कदा, नेपालमै धेरै परिवर्तन भएको र महँगीले आकाश छोएको उनीहरुले पाउँछन । विदेश गएर दुईचार वर्ष दुःख गरि नेपाल आएर मोज गर्ने उनिहरुको सपना जव पानीमा मिसिन्छ तव उनिहरुमा नैरास्यता आउँछ र त्यसले पनि उनीहरुलाई दुर्घटनातिर डो¥याउँछ ।

आफ्नो कमाई बढि भएपछि, देश परदेशको जीवनशैली देखेपछि र सामाजिक सँजालमा खेल्न थालेपछि श्रीमतीहरुले पनि आवज उठाउनु, स्वतन्त्रता खोज्नु र फरक जिवनशैली अपनाउन खोज्नु सामान्य कुरा हो । नेपालमा झुम्री बनाएर श्रीमती कजाउँने बानी परेका पुरुषहरुका लागि यो कुरा अपाच्य बन्दै जान थालेपछि परिवारिक द्वन्द्वले बृहत रुप लिदै दुर्घटनातिर डो¥याउन थाल्दछ ।

त्यसैगरि पछिल्लो समय नेपालीहरुले आफु सँगै परिवार पनि विदेश लैजान पाउने भएपछि र श्रीमानले भन्दा श्रीमतीले बढि कमाउने हुन थाले पछि, हरेकको परिवारमा द्वन्द्व बढ्दो छ । आफ्नो कमाई बढि भएपछि, देश परदेशको जीवनशैली देखेपछि र सामाजिक सँजालमा खेल्न थालेपछि श्रीमतीहरुले पनि आवज उठाउनु, स्वतन्त्रता खोज्नु र फरक जिवनशैली अपनाउन खोज्नु सामान्य कुरा हो । नेपालमा झुम्री बनाएर श्रीमती कजाउँने बानी परेका पुरुषहरुका लागि यो कुरा अपाच्य बन्दै जान थालेपछि परिवारिक द्वन्द्वले बृहत रुप लिदै दुर्घटनातिर डो¥याउन थाल्दछ ।

हेर्दा सामान्य जस्तै लागे पनि पछिल्लो समय सँगै जापानमा बस्दै आएका धेरै जोडीहरुमा समस्याहरु देखिन थालिरहेका छन । एक आपसमा डिभोर्स भै नहालेपनि सँगै बस्न नसकेका, श्रीमान या श्रीमती अर्कैसँग लागेर बाहिर कसैसँग भन्न नसकेका पिर व्याथाहरु देखि लिएर आपसी समझदारीमा भएका विभिन्न घटानाक्रमले उनीहरुले उठिबास गराएका कथाहरु पनि धेरै सुन्नमा र देख्नमा आएका छन । यस्ता घटनाहरुले पनि उनिहरुलाई दुर्घटना तिर डो¥याईरहेको पाउन सकिन्छ ।

यी भन्दा पनि डर लाग्दा र लाज मर्दा कुराहरु, नेपालबाट जापान लैजाँदा बाह् पन्ध्र लाख असुलेर २५ मान कागजमा हस्ताक्षर गराई जापान लगेपछि तोकिएभन्दा थोरै तलबमा वर्षौ कजाउने पारिवारिक आपसी बुझाईमा अन्तर आउने ज़स्ता घटनाले आत्महत्याका घटना हुन पुगेका छन ।

यी र यस्ता कारणहरुको बेलैमा यदि निराकरण गरिएन भने आउँदा दिनहरुमा यस्ता दुर्घटनाहरुको ग्राफ अझै दोब्बर भएर माथि उक्लने पक्का छ । जापानमा खोलिएका विभिन्न नेपाली समाज र संग संगठनहरुले खादा लगाउने, राजनीति गर्ने र फोटा खिचाउने मात्रै भन्दा पनि यस्ता कुराहरु माथि बेलैमा अनुसन्धान गरोस र समस्याको समाधान तिर ध्यान दियोस भन्ने हाम्रो चहाना छ । कालगतिले मर्नेहरुलाई रोक्ने हाम्रो तागत छैन तर दुर्घटनाहरुलाई रोक्न नसके पनि न्युनिकरण गर्न अवश्य सकिन्छ । चेतना भया !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?