विपत व्यवस्थापनमा योगदान पुर्याउदै आएका महेशलाई जापान सरकारले गर्यो राष्ट्रिय सम्मान

-


     जनहित न्युज    
     असाेज १९ गते २०७८


जापानको तोचिगी प्रान्तमा बस्ने एक नेपालीले ताइफु नम्बर १९ को भीषण वर्षाको विपत्तिमा विदेशीहरुलाई उद्धार सम्बन्धी जानकारी फैलाउन योगदान पुर्याएको भन्दै विपद् व्यवस्थापन मन्त्रालय अन्तर्गतको राष्ट्रिय सम्मान पत्रद्वारा सम्मानित गरेको छ ।
नेपालको काभ्रे ज़िल्ला पाँचखाल नगरपालिका वार्ड नम्बर १० का ३५ वर्षीय महेश लुईटेललाई तोचिकि प्रान्तमा बस्ने विदेशीहरुलाई प्राकृतिक र आकस्मिक विपतका समयमा कसरी सुरक्षित रहन सकिने भन्ने बारेमा सकारात्मक र प्रभावकारी सूचना र जानकारी प्रदान गरेकोले सो सम्मानद्वारा सम्मानित गरिएको हो ।
हरेक वर्ष राष्ट्रव्यापी विपत व्यवस्थापनमा सहयोग पुर्याउने व्यक्ति तथा समूहहरुलाई मन्त्रालयले सम्मान गरिने कार्यक्रम अन्तर्गत यस वर्ष देशभरबाट लुइटेलसहित १४ व्यक्ति र ४९ समूहलाई सम्मानित गरिएको हो ।
सेप्टेम्बर १४ मा जापानी विपत व्यवस्थापन मन्त्रीद्वारा प्रदान गरिनुपर्ने सो सम्मान कोभिड-१९ को कारण सोमबार तोचिकीको प्रान्तद्वारा आयोजित एक समारोहका बिचमा लुइटेललाई मन्त्रालयको तर्फबाट लिभिङ विभागका निर्देशक राकुहीरो सेनक़िनले सम्मानपत्र हस्तान्तरण गरिएको सम्मानित लुईटेलले बताए ।

१३ वर्षदेखि जापानमा बस्दै आएका लुइटेलले विपतको समयमा नेपाली सहित त्यस क्षेत्रमा बस्ने विदेशीहरुलाई एसएमएस, सामाजिक संजालमा सूचनामूलक जानकारी, मोबाइलमा प्राप्त इमरजेंसी सूचनाको अनुवादक,प्रत्यक्ष फोनसम्पर्क लगायतका माध्यमबाट बाढ़ी र वर्षाको अवस्था, आपतकालिन समयमा कसरी सुरक्षित रहने भन्ने लगायतका जानकारी पुर्याएर सहयोग गरेकोले सम्मानित गरिएको बताईएको छ ।

लुइटेलले कोरोना संक्रमण तथा खोप सहजिकरण बारेमा समेत नेपालीसहित अन्य विदेशीलाई समेत सहयोग गर्दै आइरहेका छन ।
के के सहयोग गर्दै आएका छन त लुइटेलले

विद्यार्थी भिसामा सन २००९ मा जापान प्रवेश गरेका लुईटेलले बिजनेश म्यानेजमेण्टमा स्नातकोत्तर गरेर बिजनेश भिसामा कामदार व्यवस्थापन (हाकेन) सम्बन्धी ७ वर्षदेखि सोही प्रान्तमा कार्यरत छन ।
त्यहा रहदा विदेशी नागरिकहरुलाई भाषाका कारण परेका समस्यालाई नजिकबाट नियालिरहेका उनले सहयोगीको रूपमा काम गर्न ‘तोचिगी नेपाली कम्युनिटी’ समूहमा आबद्ध रहि आगलागी,दुर्घटना, सरसफ़ाइ, कोठा व्यवस्थापन, विपतमा परेकालाई तत्काल सेवा पुर्याउदै आएका छन

तोचिगी प्रान्तमा करिब ४३ हजार विदेशी रहेकोमा उनीहरुलाई हेर्ने विभाग अन्तर्गतको तोचिगी इण्टरनेसनल एसोसियसन (टीआईए) मा भाषा अनुवादक तथा कि पर्सनको रूपमा स्वयमसेवीको रूपमा समेत उनले सहयोग गर्दै आएका छन ।
तोचिगी प्रान्तमा रहेका विदेशीहरुलाई स्वास्थ्य, विपत लगायतका बारेमा सुसूचित गराउन हातेपुस्तिका तयार पार्नका लागि सरकारी निकाय अन्तर्गतको प्रतिनिधित्व गर्ने गरि ३ वर्षे ज़िम्मेवारी समेत लुइटेलले वहन गर्दै आइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?