ओसाका प्रान्तीय सरकारले कोरोना भाईरस विरुद्दको बुस्ट खोपलाई युवा उमेर समूहका लागि लगाउन प्रोत्साहन गर्ने उद्देश्यले १५ मिलियन येन बराबरको पुरस्कार दिने योजना सार्वजनिक गरेको छ ।
२० देखि ३० वर्षीय युवाहरुलाई कोरोना विरुद्धको खोप लगाउनका लागि बढ़वा दिने गरि मंगलवार सार्वजनिक गरिएको सो योजना अनुसार नोभेम्बरको ३० तारिकसम्ममा दोस्रो डोजको खोपको मात्रा पुरा गरि प्रान्तीय सरकारको अफिसियल ट्विटर अकाउण्टमा रिटुइट हुने गरि कोरोना भाईरसको खोप लगाउन उत्प्रेरित गर्ने खालको सन्देश प्रवाह गर्ने १ हजार जनालाई लट्री सिस्टमबाट पुरस्कार प्रदान गरिने जनाईएको छ ।
प्रान्तीय सरकारका अनुसार ५७.६ प्रतिशत १२ वर्षदेखि माथिको उमेर समूहका नागरिकलाई खोपको दुई डोजको मात्रा प्रदान गरिएकोमा १२ देखि ३९ वर्ष उमेर समूहका ३०.६ प्रतिशत युवाले मात्र सो खोपको मात्रा पुरा गरेको तथ्यांक रहेकोले उनीहरुलाई कोरोना विरुद्दको खोप लगाउन प्रोत्साहन गर्न आर्थिक पुरस्कार सहितको योजना ल्याइएको बताईएको छ ।
यस पुरस्कार योजनामा १० हजार येन बराबरका विभिन्न कुपनहरु प्रदान गरिने र ती कुपन सुविधा सम्पन्न होटल, डिआइवाई स्टोर, भित्री वस्त्र तयार गर्ने स्थानमा प्रयोग गर्न सकिने छ । पुरस्कारका लागि आवश्यक आर्थिक व्यवस्थापनका लागि १७ वटा कम्पनीले अनुदान दिने भएका छन ।
खोप लगाउनेहरुमा मात्र गम्भीर लक्षणलाई रोक्न सकिने नभइ युवाहरुमा माझ खोपको प्रचार गर्न सकेमा सकारात्मक सन्देश जाने र कोरोना रोकथाममा सहयोग पुग्ने उद्देश्यले यो योजना ल्याइएको ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले बताए ।
पुरस्कार सहित कार्यक्रमको बारे विस्तृत विवरण, प्रान्त सरकार को वेबसाइट हेर्न समेत सकिन्छ ।
https://www.pref.osaka.lg.jp/kansensho/vaccine/sesshusokushincp.html
जानकारी जापानी भाषामा रहेको छ ।