जापानमा बिहिबार राती १०:४१ मा ५.९ म्यागनीच्युट गयो, रेल सेवा अवरुद्ध, सुनामीको खतरा नरहेको

-


     जनहित न्युज    
     असाेज २१ गते २०७८


जापानमा बिहिबार राती १०:४१ मा गएको ५.९ म्यागनीच्युट र ५ इन्टेनसिटी स्केल भएको भूकम्पका कारण सुनामीको खतरा नभएको मौसम एजेन्सीले जनाएको छ ।यो भूकम्प १६ वर्ष यताको पहिलो भएको बताईएको छ ।
मौसम विज्ञान एजेन्सीको प्रारम्भिक जानकारी अनुसार अनुसार भूकम्पको तिव्रता टोकियो र साइतामामा ७ म्यागनीच्युटको मापन गरिएको छ भने भूकम्पको ईपीसेण्टर रहेको चिबामा केन्द्रबिन्दुदेखि ८० किलोमिटरको गहिराईमा रहेको छ।

भूकम्पपछि केही रेल सेवाहरु बन्द भएका छन्। चिवामा केन्द्र बिन्दु रहेको सो भूकम्पको असर जापान भरि नै परेको बताईएको छ ।

भूकम्पको प्रभाव र असर कहाँ क़ति रहयो हेरौ ।

The seismic intensity of each area was 
▽ Seismic intensity 5 upper was Adachi-ku, Tokyo, Kawaguchi-shi, Saitama and Miyashiro-cho. 

▽ Seismic intensity 5 lower 
▽ Tokyo is Ota Ward and Machida City 
▽ Saitama Prefecture Saitama City Midori Ward, Kasu City, Konosu City, Kusaka City, Warabi City, Kuki City, Yashio City, Misato City, Kote City, Yoshikawa City 
▽ Chiba The prefectures were Chuo-ku, Chiba-shi, Funabashi-shi, Matsudo-shi, and Ryuyama-shi 

In addition, 
▽ seismic intensity 4 tremors were observed in various parts of Kanto, Yamanashi and Shizuoka prefectures, and 
▽ seismic intensity 3 to 1 tremors were observed in Kanto Koshinetsu, Kinki, Tokai, Hokuriku and Tohoku regions. 
NHK बाट लिइएकोले जस्ताको तस्तै राखिएकोमा क्षमाप्रार्थी छौ ।

NHK का अनुसार, टोकियो र शिजुओकाको बीचमा रहेको तोकाइदोमा शिन्केन्सेन तिव्र गतिको रेल सेवालाई हाल संचालनमा रोक लगाईएको छ । त्यसैगरि अहिले टोकियो मा जेआर यामानोते लगायतका अधिकांश रेल सेवालाई संचालनमा ल्याइएक़ो छैन । रेलसेवा अवरुद्ध हुदा हजारौ मानिस प्रतीक्षारत रहनु परेको छ । यो समाचार तयार पार्ने समयसम्म करिब १ घण्टाको अवरुद्द पछि केही रेलका सेवाहरु आंशिक रूपमा संचालनमा आएका छन ।
अर्थ, व्यापार र उद्योग मन्त्रालयका अनुसार, ११ बजेसम्म कान्तो क्षेत्रको विद्युत सम्बन्धी क्षेत्रमा क्षतिको कुनै जानकारी नआएको एनएचकेले रिपोर्टमा बताईएको छ । तर जानकारी संकलन जारी कार्य जारी रहेको छ।

विस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?