जापान सरकारले ब्यावसायको दिगोपनाका लागि प्रदान गरेको रकम झुठा विवरण बुझाई एक सय मिलियन भन्दा बढ़ी ठगी गर्ने ‘सेक्स शप’ का मालिक सहित तीन जनालाई गिरफ्तार गरिएको छ ।
भियतनामी विद्यार्थीको नाममा पटक पटक गलत विवरण बनाई एसएनएसमा अन्तराष्ट्रिय विद्यार्थीलाई जम्मा पारेर संदिग्ध कार्य गर्दै १०० मिलियन भन्दा बढ़ी ठगी गरेको आरोपमा महानगरीय प्रहरीले उनीहरूलाई पक्राऊ गरि अनुसन्धान गरिरहेको एनएचकेको समाचारमा बताएको छ ।
टोकियोको सेतागाया वार्ड स्थित सेक्स शपका मालिक ४६ वर्षीय शुनोसुके किरितासहित ३ जनालाई पक्राऊ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।अन्य दुईको बारेमा थप केही बताईएको छैन ।
टोकियो महानगरीय प्रहरीका अनुसार गत वर्ष जुलाईदेखि अगस्टसम्म पक्राऊ परेका व्यक्तिले झुठा विवरण बनाई कोरोनाभाइरसको प्रभावका कारण आफ्नो व्यावसायको आम्दानी उल्लेख्य घटेको देखाइ जापान सरकारले प्रदान गरेको व्यावसाय संचालनको दिगोपनाका लागि प्रदान गरिएको राहत स्वरूपको २ मिलियन येन झुठा बिवरण बनाई लिएको बताईएको छ ।
एक भियतनामी विद्यार्थीका नामबाट ती झुठा विवरण पेश गरि अवैध तारिकाले रकम प्राप्त गरि त्यसको केही हिस्सा ती विद्यार्थीलाई रिवार्ड स्वरूप दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राऊ परेका ती ३ जनाले एसएनएसमार्फ़त अन्तराष्ट्रिय विद्यार्थीलाई जम्मा पारि बारम्बार झुठा कागजात तयार गर्दै रकमका लागि आवेदन गरेर ठूलो रकम लिएको समेत हुन सक्ने अनुसन्धानमा देखिएको बताईएको छ ।
महानगरीय प्रहरीका अनुसार मार्चसम्म आठ महिनाको अवधिमा कुल १०० मिलियन येनको संदिग्ध झुठा विवरण बुझाई रकम लिएको देखिएकोले थप अनुसन्धान भैरहेको छ।