जापानमा आगामी आर्थिक मामिला मन्त्रीको रूपमा सुजुकी शुनिचि हुने निश्चित भएको छ ।
जापानी सत्तारूढ़ दल लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा गत हप्ता निर्वाचित किशिदा फुमीओले सुज़ुकीलाई सो मन्त्रीमा नियुक्त गर्न लागेका हुन ।
सोमबार जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुन लागेका फुमीओले कोभिड-१९ का कारण बिग्रेको अर्थतन्त्रलाई सुधार गराउन भूमिका निर्वाह गर्ने विश्वासका साथ सुज़ुकीलाई आर्थिक मामिला मन्त्रालयको ज़िम्मेवारी दिन लागेको बताईएको छ ।
सुज़ुकीले एलडिपीको जनरल काउन्सिल अध्यक्षको रूपमा सेवा गरिसकेका छन्।कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई सन्तुलन कायम गर्न कस्तो प्रकारको अर्थनीति अवलम्बन गर्छन भन्नेमा सबैले चासोका साथ हेरेका छन ।
कोभिड-१९ को महामारीबाट ग्रसित अर्थतन्त्रलाई सुधार गर्न मुख्य भूमिका निर्वाह गर्नुपर्ने दायित्व सहित ज़िम्मेवारी सम्हाल्न लागेका किशिदाले सुज़ुकीलाई अर्थतन्त्रको ज़िम्मेवारी दिनुलाई विशेष महत्वका साथ हेरिएको छ ।
त्यसैगरि सोमवार गठन हुने मन्त्री मण्डलमा किशी नोबुओलाई रक्षा मामिला सम्बन्धी मन्त्रालयको ज़िम्मेवारी दिन लागिएको छ । किशी पूर्व प्रधानमन्त्री सिन्जो आबेका भाइ हुन ।
सोमबार जापानको १०० औ प्रधानमन्त्रीको रूपमा किशिदा फुमीओले सरकारको नेतृत्व गर्दै छन । वर्तमान प्रधानमन्त्री सुगाले आफ्नो कार्यकाल लम्बाउन नचाहेकोले कोशिका प्रधानमन्त्री हुन लागेका हुन ।