जापानको १०० औ प्रधानमन्त्रीमा किशिदा, प्रधानमन्त्री भएकै दिन आम निर्वाचन घोषणा!

-


     जनहित न्युज    
     असाेज १८ गते २०७८


जापानको १००औ प्रधानमन्त्रीको रूपमा किशिदा फुमीयोले सोमबार पदभार ग्रहण गरेकै दिन संसदको तल्लो सदनको निर्वाचनको मिति घोषणा गरेका छन ।
संसदको शक्तिशाली तल्लो सदन प्रतिनिधि सभाको लागि निर्वाचन अक्टोबर ३१ मा हुने तय भएको किशिदा निकट स्रोतलाई उदृत गर्दै जापानी समाचार माध्यमहरूले जनाएका छन ।
लिबरल डेमोक्रेटिक पार्टीको गठबन्धनमा बहुमत रहेको तल्लो सदनलाई आगामी हप्ता भंग गर्ने योजना किशिदाको रहेको बताईएको छ । सोमबार तल्लो सदनको विशेष अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन ।
यसरी संसद भंग भएमा सांसदको वर्तमान कार्यकाल अब एक हप्तासम्म मात्र हुने छ । किशिदाले कोरोना महामारीबाट घरेलु र बिश्वव्यापी चुनौतीलाई सामनाका लागि व्यवस्थित योजनाबद्व कार्य गर्न आम निर्वाचन गर्नु उपयुक्त हुने किशिदालाई लागेकोले यसो गरेको बताईएको छ ।
किशिदाले आगामी शुक्रवार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्बोधन गर्ने अपेक्षा गरिएको छ तर अक्टोबर ३१ मा चुनाव गराउन तल्लो सदन भंग गर्ने सोचमा रहेको जापानी मिडियाले जनाएको छन । पर्यवेक्षकहरूले प्रारम्भिक चरणमा उनको पार्टी र मन्त्रिपरिषद्को ताजा जनादेश लिन र समर्थन जुटाउनको लागि यो कदम चालिएको बताईएको छ।
एलडीपी गठबन्धनका मुख्य प्रतिनिधि यामागुची नत्सुओले भने नया प्रधानमन्त्रीले आफ्नो नीतिगत भाषण गरेपछि तल्लो सदन धेरै दिन नराख्दा उपयुक्त हुने भएकोले संसद भंग गरिन लागेको बताए ।

जापानको १०० औ प्रधानमन्त्रीमा कोशिदा

किशिदा फुमीयोलाई जापानको राजनैतिक इतिहासमा १०० औ प्रधानमन्त्रीको रूपमा संसदको दुवै सदनबाट लिबरल डेमोक्रेटिक पार्टीको सत्तारूढ़ गठबन्धनका सांसदहरुले चयन गरेका छन ।

सोमबार आयोजना गरिएको संसदको तल्लो सदनको विशेष अधिवेशन र माथिल्लो सदनका सांसदहरुले किशिदालाई मतदान गरि जापानको प्रधानमन्त्रीको रूपमा चयन गरेका हुन ।
किशिदाले संसदको तल्लो सदनबाट ३११ मत प्राप्त गरे जुन मत मेजोरिटिभन्दा८० बढि हो भने उपल्लो सदनबाट १४१ मत प्राप्त गरे । यहाँपनि आफ़नो मेजोरिटीभन्दा २० बढि मत प्राप्त गरेका हुन ।
६४ वर्षीय नवनिर्वाचित प्रधानमन्त्री किशिदा गत वर्ष निवर्तमान प्रधानमन्त्री सुगा योशिहिदेसँगको प्रधानमन्त्रीको निर्वाचनमा पराजित भएका थिए ।
सत्ता गठबन्धन अन्तर्गत रहेको ‘कोचिकाइ’ गुटबाट ३० वर्षपछि किशिदा पहिलो पटक प्रधानमन्त्रीमा चयन भएका हुन । यस अघि यहि गुटबाट स्वर्गीय मियाजावा किइची प्रधानमन्त्री भएका थिए ।
जापानको कूटनीतिक क्षेत्रमा राम्रो छवि बनाएका किशिदा २०१२ देखि २०१७सम्म तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको क्याबिनेटमा विदेश मामिला मन्त्री रहदा छिमेकी र सहयोगी मुलुक़सँगको सम्बन्ध सुधारमा राम्रो गरेका थिए । उनी विदेश मामिला मन्त्री रहेकै समयमा अमेरिकाका बहालवाला राष्ट्रपति वाराक ओबामालाई हिरोशिमाको पहिलो पटक भ्रमण गराउन सफल रहेका थिए ।
सोमबार नै जापानी राजपरिवारमा आयोजना गरिने बिशेस कार्यक्रममा औपचारिक रूपमा आफ़नो पदभार ग्रहण गरि मन्त्रीमण्डलमा मन्त्रीहरु नियुक्त गर्ने कार्यक्रम रहेको छ ।

किशिदाले आफ्नो मन्त्रीमण्डल २० सदस्यीय बनाएका छन । सुगा क्याबिनेटका २ जनामात्र दोहोर्याएका छन भने १३ जना पहिलो पटक मन्त्री भएका छन । समग्र क्याबिनेटमा जम्मा ३ जना महिला अटेका छन । एलडिपीको नेतृत्वको दौडमा रहेकी अनुभवी सांसद सेइको नोडा जन्मदर नियन्त्रक तथा स्थानीय पुनरउन्थान मन्त्री बन्ने पक्का भएको छ भने अर्का प्रत्यासी तारो कोनोको सट्टामा नोरिको होरीउचीलाई खोप मन्त्री बन्ने भएकी छन । त्यस्तै गरि विदेश मामिला मन्त्रीमा तोसिमित्सु मोतेगी, रक्षामा नोउबो किशी हुने छन ।
त्यसपछि नयाँ प्रधानमन्त्रीले एक पत्रकार सम्मेलन गर्ने र आफ्नो मन्त्रिपरिषद्को पहिलो बैठक बोलाउने अपेक्षा गरिएको छ।
१९९३ मा हिरोशिमा बाट सांसदको रूपमा पहिलो पटक देव्यु गरेका थिए । यो उनको नवौ कार्यकाल रहेको छ । रक्षा मन्त्री समेत भैसकेका कोशिदा एलडीपीको अघि नीति अनुसन्धान परिषद र आहार मामिला समितिको नेतृत्व गरिसकेका छन।
कोभिड-१९लाई नियन्त्रण राख्न र कमजोर अर्थव्यवस्थालाई पुरानै अवस्थामा फर्काउनका लागि वातावरण तयार गर्न आगामी आम निर्वाचनमा जान लागेको किशिदाले बताएका छन ।’’यो वास्तविक शुरुवात बिन्दु हो। म दृढ संकल्पको साथ अगाडि बढ्नेछु, “उनले एलडीपीद्वारा आयोजित पत्रकार सम्मेलनमा भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?