जापानले विगतदेखि स्थगित गर्दै आएको माई नम्बर कार्ड र स्वास्थ्य विमा कार्ड(होकेन) लाई एकसाथ बनाउने योजना नोभेम्बर २० तारिक देखि देशव्यापी रूपमा पूर्ण कार्यान्वयनमा ल्याउने भएको छ ।
गत मार्च महिनामा केही स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बिमा कार्ड( होकेन) को रूपमा माई नम्बर कार्ड प्रयोगमा ल्याइएको भएपनि बिरामीका बारेमा सम्पूर्ण विवरणको जानकारी दिन नसक्ने गम्भिर प्रकारको समस्या देखिएपछि सोही महिनादेखि पूर्ण कार्यान्वयनमा ल्याउने भनिएको कार्यलाई स्थगित गरि आगामी २० तारिकदेखि कार्यान्वयनमा ल्याउन लगिएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विगतमा देखिएका समस्या डाटाहरुको शुद्धता प्रणालीलाई सुदृढिकरण गरि आगामी २० तारिकदेखि अस्पताल, औषधि पसलहरुमा पूर्ण कार्यान्वयनको निश्चितता गरिन लागेको बताएको छ ।
यसको पूर्ण कार्यान्वयन संगै स्पेसिफिक मेडिकल परीक्षण रिपोर्ट र प्रिस्क्रिप्शनमा उल्लेखित औषधिका बारेमा माईनापोर्टलमा उपलब्ध गराउने गरि कार्य भैरहेको एनएचकेको समाचारमा उल्लेख गरिएको छ ।
जापानका ५.६ प्रतिशत स्वास्थ्य संस्थाहरुले गत वर्षको डिसेम्बरसम्ममा कार्ड रिडर मेशिनको व्यवस्थापन गरि परीक्षण गरिसकेको बताऊदै मन्त्रालयले त्यस्ता स्वास्थ्य संस्थामा आफ़नो कार्ड परीक्षण समेत गर्न सकिने जनाएको छ ।