गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको २०२१-२०२३ कार्यकालका लागि भएको निर्वाचनले अन्तराष्ट्रिय परिषद हुदै नेपाल सरकार परराष्ट्र मन्त्रालय बाट अब एनआरएनएको समरक्षक परिषदसम्ममा छलफलको विषय बन्ने पक्कापक्की भएको छ ।
एनआरएनएको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी महिना अक्टुवर २३–२५ मा काठमाण्डौमा हुने दिन नजिकिदै जादा विश्वभरबाट प्रतिनिधि छनोटदेखि एनसिसिका निर्वाचन धाँधलीसहित भएका भनेर उजुरी पर्ने क्रम बढ़दो छ ।
बिवाद रहेका एनसिसिको समस्या समाधान नगरी महाधिवेशन र निर्वाचन रोक़्नका लागि भन्दै परराष्ट्र मन्त्रालयको एनआरनए हेर्ने डेस्क र सर्वोच्च अदालतसम्म उजुरी र मुद्दाका चाङ लागिरहेको बेला फेरि जापानबाट अर्को उजुरी संरक्षण परिषदमा परेको छ ।
जुलाई ३० मा सम्पन्न एनसिसि जापानको निर्वाचनमा मतदाताको मताधिकार बन्चित गरि प्रविधिको दुरुपयोग गरेर मतदान गरि आफ्नो पक्षमा निर्वाचनको परिणाम पारिएको भन्दै पराजित ३० जना उम्मेदवारहरुले ‘एनआरएन जापानको जुलाई ३० को धांधलीपूर्ण निर्वाचन रद्द गरियोस्’ भनेर शनिवार एनआरएनए संरक्षण परिषदमा उजुरी पठाएका छन ।
एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयन लगायत उठेका विषयमा समाधान ख़ोज्न संरक्षक परिषदलाई अधिकार प्रदान गरेसगै जापानको निर्वाचनमा ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिंग लिंक एउटै इमेलमा प्राप्त गरि २९०४ मत खसालिएको तथ्य पाइएकोले स्वस्थ्य र निष्पक्ष निर्वाचनको भावना विपरित निर्वाचन भएको प्रतिवेदन निर्वाचन समीक्षा समितिले दिएकोले सोही आधारमा सो निर्वाचन रद्द गर्नका लागि पराजित उम्मेदवारहरुले उजुरी गरेका छन ।
भाद्र १७ गते पररास्ट्र मन्त्रालयले समेत जुलाई ३० को एनआरएन जापानको निर्वाचन धाधलीपूर्ण भएको र रद्द हुनु पर्ने आशय जापान भित्रको सम्पूर्ण प्रबासी नेपाली समाजमा र संसार भरि नै प्रष्टरुपमा व्यक्त भएको देखिन्छ भने निस्वार्थ समाजसेवामा लागेका आम नेपालीहरुको चाहना पनि त्यहि भएकोले उक्त निर्वाचनलाई रद्द गरिदिन उजुरीमा माग गरिएको छ।
एक पछि अर्को प्रतिवेदन र नेपाल सरकार समेतले धांधली भएको कुरालाइ आत्मसात गरि सकेको अवस्थामा एनआरएनए आईसिसिले यस प्रकरणलाइ गम्भीरता पूर्वक लिदै जापानमा भएको धाधलीपूर्ण निर्वाचन तत्काल रद्द गरि आइसीसीको अक्टोबरलाई तय गरिएको आसन्न महाधिवेशन र निर्वाचनको लागि बाटो खोल्नु पर्दछ उजुरीमा भनिएको छ -यो समस्या जापानमात्र नभईकन अन्य रास्ट्रहरुमा समेतमा फैलिन नदिन र नेपाली समाजलाई एकता भाइचारा र एनआरएन संस्थाप्रति गोलबद्ध राखी राख्न पनि केन्द्रले सत्य तथ्यलाई आत्मसात गरि तत्काल जुलाई ३० को निर्वाचन रद्द गरि तत्काल पुनः अर्को निर्वाचन गर्न गराउन आव्हान गर्न हामी हार्दिक अनुरोध साथ यो निबेदन गर्दछौ।
उजुरीमा ८ बुदे विभिन्न माग राख्दै आउदो दिनहरुमा एनआरएनएको स्वछन्दतालाई कायम राख्न एनआरएनएको संरक्षण परिषदका सम्पूर्ण अग्रज संरक्षकहरुले अहिले उत्पन्न भएको जापानको बिबादलाइ जिम्मा लिएर जुलाई ३० को जापानको निर्बाचन रद्द गरि स्वस्थ स्फुर्त एनआरएनए निर्माण गरि सम्पूर्ण प्रबासी नेपालीको आत्मबल बढाउनका लागि पनि अनुरोध गरिएको छ ।
उजुरीको पूर्ण पाठ जस्ताको तस्तै
मिति २०२१ सेप्टेम्बर २५
श्रीमान सम्रक्षकप्र समूह ज्यु
१.शेष घले -प्रमुख सम्रक्षक तथा पुर्ब अध्यक्ष
२.श्री उपेन्द्र महतो ज्यु -सम्रक्षक तथा सस्थापक अध्यक्ष
३..देबमान हिराचन ज्यु – सम्रक्षक तथा पुर्ब अध्यक्ष
४.जिबा लामिछाने ज्यु – सम्रक्षक तथा पुर्ब अध्यक्ष
५.भबन भट्ट ज्यु – सम्रक्षक तथा पुर्ब अध्यक्ष
६.राम प्रताप थापा – सम्रक्षक
बिषय : एनआरएन जापानको जुलाई ३० को धांधलीपूर्ण निर्वाचन रद्द गरियोस् ❘
महोदय,
मिति २०२१ जुलाई ३० तारिखको एनआरएनए जापानको निर्वाचन एउटा भ्रम सिर्जना गर्न आयोजना गरिएको निर्वाचन थियो भन्ने सार्बजनिक रुपमा पुस्टि भैसकेको छ। सामान्यतया निर्वाचनमा हारजित भए पछि पराजित पक्षले धाधली भयो भनेर असन्तुस्टी जनाउने प्रचलन जस्तो नै भएको पाइन्छ, तर यो पटक भएको एनआरएनए जापानको अनलाइन भोटिंग प्रकृया मतदाताहरुको अधिकार हनन गरि प्रविधिको चरम दुरुपयोग गरेर भएको कुरा संसारभर रहेका नेपालीहरुले जानकारी पाइसकेका छन । Vender,ICC IT admin, Japan NCC Admin अन्य केहि व्यक्तिहरुले यो जालझेलको काम गरेको हो भनेर सबै चिच्याई चिच्याई विरोध र भत्सर्ना गरी रहेको अवस्था छ❘ गलत हुन्छ ,गलत गर्छन, गलत चाहना राख्छन भनेर नै तपाई र हामीले साचो, सत्य र गलतलाई परिबर्तन गर्न समाज सेवामा लागिरहनु परेको हो,गलत भएमा गल्ति स्वीकार गरि सच्याउन सक्नु र सच्चिएर जान सक्नु संसारकै महान काम हो, सस्थामा हुने गलत प्रवृतिलाई सच्चाएर स्वतस्फुर्त रुपमा सस्था बनाउनु पनि तपाई हामी सबैको उतरदायित्व र परम कर्तब्य हो ❘ हामी सबैले गलत गरेको हो भनि रहेका छैनौ, केहि व्यक्ति र समुहले गलत गरेर संस्थाको बदनाम भइरहेको छ, ति व्यक्तिहरु संस्थाको नाम लाई आड हालेर आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न एनआरएन जापान लगायत एनआरएन आईसिसिलाई बदनाम गर्न खोजीरहेका छन्। यतिका समय बित्दै गर्दा आफ्नो पंजीकृत सदस्यहरुको विवरण विना अनुमति चोर्नेहरुलाई आइसीसीले कारबाही गर्ने तर्फ कुनै पनि चासो नदेखाएकोले संसारभरको नेपालीहरु यो अभियान प्रति नै निराश हुदै गएको हामीले महशुस गरेका छौ ❘
एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको ७ सदस्यीय छानबिन समितीले गलत भएको कुरा बाहिर ल्याईसकेर एनआरएनएको स्थापना भएदेखि आजको दिन सम्म आउदै गर्दा पहिलो पटक प्रवासी नेपालीहरुको छाता संगठन भनेर चिनिएको यो संस्थाको बिग्रदो छबिको बारेमा नेपाल सरकारको सम्वद्ध निकायले पनि चासो देखाएको अवस्था छ ❘
मिति २०२१ अगष्ट २९ को छानबिन समितिको प्रतिबेदनले समेत पूर्ण रुपमा एनआरएन जापानको निर्वाचनमा धाधली भएको पुस्टि भएको र पररास्ट्रले पनि पत्र काटिसकेको अवस्थामा नेतृत्वको मौनता र जसरि भएपनि गलतलाई सजाय र सुधार तिर नलागी पेलेर जाने नियत देखिनु अत्यन्त खेदपूर्ण रहेको जानकारी गराउदछौ। एनआरएनए संरक्षकहरुसंगको बैठक गर्दा पनि जापान एनआरएनको धाधलीको समस्या अझै जटिल बन्दै गई रहेको अवस्थामा केहि आईसीसीका पदाधिकारीहरुले समस्या मिलिसक्यो भनेर झुटो ब्रिफ्रिंग गरेको सुनिनुले हामी यस्तो कार्य गर्नेहरु प्रति खेद प्रकट गर्दछौ ❘ उहाहरु को को हुनु हुन्छ नाम सार्बजनिक गर्न आईसिसि अध्यक्ष लगायत सम्बन्धित सबैलाई आह्वान गर्दछौ ❘
मिति २०७८/०५/१७ को पररास्ट्रको पत्र को अनुसरण गर्दा पनि नेपाल सरकारले जुलाई ३० को एनआरएन जापानको निर्वाचन धाधलीपूर्ण भएको र रद्द हुनु पर्ने आशय जापान भित्रको सम्पूर्ण प्रबासी नेपाली समाजमा र संसार भरि नै प्रष्टरुपमा व्यक्त भएको देखिन्छ भने निस्वार्थ समाजसेवामा लागेका आम नेपालीहरुको चाहना पनि त्यहि छ।
यसरी एक पछि अर्को प्रतिवेदन र नेपाल सरकार समेतले धांधली भएको कुरालाइ आत्मसात गरि सकेको आवस्थामा एनआरएनए आईसिसिले यस प्रकरणलाइ गम्भीर रुपमा लिदै जापानमा भएको धाधलीपूर्ण निर्वाचन तत्काल रद्द गरि आइसीसीको अक्टोबरलाई तय गरिएको आसन्न महाधिवेशन र निर्वाचन को लागि बाटो खोल्नु पर्दछ। यो समस्या जापानमात्र नभईकन अन्य रास्ट्रहरुमा समेतमा फैलिन नदिन र नेपाली समाजलाई एकता भाइचारा र एनआरएन संस्थाप्रति गोलबद्ध राखी राख्न पनि केन्द्रले सत्य तथ्यलाई आत्मसात गरि तत्काल जुलाई ३० को निर्वाचन रद्द गरि तत्काल पुनः अर्को निर्वाचन गर्न गराउन आव्हान गर्न हामी हार्दिक अनुरोध साथ यो निबेदन गर्दछौ।
जापानको समस्या हल गर्न तत्काल एनआरएनए आईसीसीले निम्न बमोजिम कार्य गरोस भन्ने हामी सबै प्रवासी नेपालीहरुको माग हो :
१.जुलाई ३० को निर्वाचन तत्काल रद्द गरिएको घोषणा गरियोस्। धाधलीपूर्ण निर्वाचन बाट निर्वाचित भनिएको कथित कार्यसमितिलाई हामीले मात्र नभएर जापानवासी नेपालीहरुले पनि मान्यता दिएका छैनन । यथाशक्य चाडो निर्वाचन गरि वैध कार्यसमिति नबनुन्जेल सम्म हामी जापानवासी नेपालीले यो कथित समितिलाई कुनै पनि हालत मान्यता दिने छैनौं ।
२,जुलाई ३० को निर्वाचन रद्द नगर्दा सम्म एनआरएनए जापानको नाममा रहेको आर्थिक कोष २०१९ -२०२१ को कार्यसमितिसंग यथा अवस्थामा रहिरहने समेत जानकारी गराउदछौ।
३, वैधानिक कार्य समिति नबने सम्म एनआरएनको नाममा कसैले कुनै पनि कार्यक्रम जापान वा जापानको एनआरएनको नाममा कहिँ कतै भए गरेमा गर्न लगाएमा वाधा अवरोध गरिने छ।
४. जापान लगायत विश्वभर रहेको सबै संघसस्थालाई जापानको कथित अवैधानिक कार्यसमितिले गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुन समेत हार्दिक आह्वान गर्दछौ।
५.कथित अबैधानिक कार्य समितिका सम्पूर्ण साथीहरुले आफ्नो मनलाई ठुलो बनाएर धाधलीपूर्ण भएको निर्बाचन रद्द गर्न एवम यस्तो धांधलीपूर्ण निर्बाचन गरि बनाएको भनिएको अवैधानिक कार्यसमितिमा म, हामी बस्दैनौ भनि एकल वा समुहगत रुपमा घोषणा गरि ‘स्वस्थ र स्वच्छ एनआरएनए’ बनाउन सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ।
६.बिगत लामो समय देखि एन आर एन जापानमा सदस्य भई काम गरी रहेको पंजीकृत सदस्य तथा बिभिन्न पदहरुमा बसी काम काम गरेको सदस्य हरुलाई उचित रुपमा ६५%, निर्बाचन बाट चुनिएर जाने पंजीकृत सदस्य बाट २५ % र एन आर एन जापान लाइ बिसेष योगदान दिएको सदस्य हरु बाट १०% प्रतिनिधित्व हुनु पर्ने मा निर्बाचन लगायतको आवस्यक प्रकृया केहि पनि नगरी सदस्य नभएको, भ्रस्टाचारको अभियोग लागेको सदस्य तथा उनीहरुको परिबार, कहिल्यै एन आर एन मा काम नगरेका एन आर एन भन्ने थाहा नै नभएकोहरु लाइ समेत सदस्य बन्ने निर्बाचन प्रतिनिधि समेत बनाएको,संस्थामा लामो समय योगदान दिएका हरुलाई पाखा लगाएर सामान्य जानकारी पनि नभएका मान्छे हरुलाई भोट बैंक को रुपमा एक पक्षिय नामावली पठाईएकोले सो समेत बदर गरि पाउन अनुरोध गर्दछौ।
७. अद्वितीय ज्ञानको भण्डार मानिएको यो संस्थामा जसरि पनि पद प्राप्त गर्नुपर्छ भन्ने कलंकितहरुको बर्चस्व बढदै गएकोले यो पबित्र संस्था दुर्गन्धको महासागर बन्ने सम्भावना अत्यधिक बढ्दै गएको छ। यति धेरै प्रमाणहरु छताछुल्ल हुदाहुदै पनि जनमतको अपमान गरि अगाडी बढ्ने चेस्टा गरिएमा सारा प्रवासी जापानी नेपालीको सहकार्यमा समानान्तर समिति बनाएर भएपनि गलत प्रवृतिको विरुद्ध हामी लड्नु पर्ने अवस्था समेत आउन सक्छ भन्ने जानकारी समेत गराउदछौ। समानान्तर समिति बनाएर अगाडि बढ्न धेरै सुझावहरु आएकोले त्यस बिषयमा हाम्रो ध्यानकेन्द्रित भएको र त्यो अवस्थासम्म नपुराइदिन पुन: निवेदन गर्दछौ।
८. अहिले बहाल रहेको कुमार पन्त अध्यक्ष रहेको एन आर एन ए समिति लाई हामी जापानबासि नेपाली एन आर एन सदस्य हरु लगायत संसार भरि छारिएर रहेको सदस्यहरुले बिगत जुलाई ३१ तारिख देखि करिब ५५ दिन सम्म निरन्तर सयौ निबेदन , इमेल , बैठक हरु गरिरहदा पनि उचित र ठोस कुनै निर्णय गर्न नसकेको हुनाले हामी सारै दुखित र मर्माहित भएका छौ , कुमार पन्त समिति ले एन आर एन ए रास्ट्रीय समितिहरुको समस्या लाई समाधान गर्न नसकेको,बेवास्ता गरेको,नचाहेको वा बिधान बिपरित काम गर्न चाहिरहेको छ हरेक सदस्य हरु ले मोफसलमा बसेर मुल्यांकन गरि रहेको छ, करिब २ महिनामा सम्म सम्म पनि कुमार पन्त समितिले कुनै निर्णय नगरी झन अप्रत्यक्ष रुपमा सर्बोच्च अदालतमा मुद्धा मामिला गरि एन आर एन जापन लगायत को धाधली पूर्ण निर्बाचन लाई यथास्थिति राखी गैर सस्थागत क्रियाकलाप गर्दै गरेको हुनाले हामी सम्पूर्ण प्रबासी एन आर एन सदस्यहरु कुमार पन्त को समिति प्रति पूर्ण अविस्वास उत्पन्न भएको छ स्वछन्दता
निवेदक उम्मेदवारहरु
डा.बलराम श्रेष्ठ – आइसीसी सदस्य
(निवेदक संयोजक)
राम हरी पुडासैनी आइसिसि सदस्य
अनिता गुरुङ – अध्यक्ष उम्मेदवार
नरेन्द्र कुमार बस्नेत (दिनेश) अध्यक्ष उम्मेदवार
किरण बर्मा अध्यक्ष उम्मेदवार
सरोज खत्री अध्यक्ष उम्मेदवार
छत्र दाहाल – ब.उपाध्यक्ष उम्मेदवार
बिष्णु प्रसाद घिमिरे उपाध्यक्ष उम्मेदवार
जिबन कुमार गुरुङ उपाध्यक्ष उम्मेदवार
बाल कृष्ण कंडेल (हिमाल) उपाध्यक्ष उम्मेदवार
बिकाश बस्नेत उपाध्यक्ष उम्मेदवार
टिकाराम कंडेल उपाध्यक्ष उम्मेदवार
बुद्दी राज घिमिरे उपाध्यक्ष उम्मेदवार
कालिका थापा महिला उपाध्यक्ष उम्मेदवार
टिकाराम खरेल महासचिव उम्मेदवार
सचिन श्रेष्ठ कोषाध्यक्ष उम्मेदवार
राजेश खनाल युवा संयोजक उम्मेदवार
राम प्रसाद शर्मा धनपति (रामु ढकाल ) सदस्य उम्मेदवार
राजु पनेरु सदस्य उम्मेदवार
सुरेश सापकोटा (सुनिल) सदस्य उम्मेदवार
राम बहादुर खत्री (अर्जुन केसी) सदस्य उम्मेदवार
फडिन्द्र पहाडी सदस्य उम्मेदवार
रामु कंडेल सदस्य उम्मेदवार
थम बहादुर क्षेत्री सदस्य उम्मेदवार
तारा बहादुर कार्की सदस्य उम्मेदवार
मन्जु गिरी सदस्य उम्मेदवार