जापानमा लगाउदै आएको आपतकाल हट्ने संकेत, कोरोना सक्रमणको जोखिम कायमै रहेकाले सचेतता अपनाउन विज्ञको सुझाव

-


     जनहित न्युज    
     असाेज ६ गते २०७८


Visitors wearing protective masks to help curb the spread of the coronavirus walk at pedestrian crossings Monday, Sept. 20, 2021 in Tokyo. (AP Photo/Eugene Hoshiko)

कोरोना नियन्त्रणका लागि भन्दै जापानको टोकियोसहित १९ प्रान्तमा सेप्टेम्बर ३० सम्म लगाईएको कोभिड-१९ आपतकाल थप नहुने तर्फ सरकारले संकेत गरेकोले स्वास्थ्य बिज्ञहरुले सम्भावित कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिने बारेमा सावधान हुन , सचेत गरेका छन ।
प्रधानमन्त्री योशिहिदे सुगा सबै प्रान्तहरुमा लगाइएको प्रतिबन्ध कम गर्न आफू उत्सुक रहेकोले आगामी मंगलबार क़ोरोना नियन्त्रणका लागि गठित टास्क फोर्सको बैठकमा अन्तिम निर्णय घोषणा गर्ने अपेक्षा गरिएको छ ।यसै साता लिबरल डेमोक्रेटिक पार्टीले नयाँ नेता छनौट पनि गर्ने र त्यो छनौट गरेको केही दिनमै प्रधानमन्त्री सुगाले आफ्नो पद त्याग्ने तयारीमा रहेकोले पनि यस्तो अपेक्षा गरिएको हो ।
आपतकालिन अवस्था रहेका प्रान्तहरुमा हाल मानिसहरुलाई भीडभाड हुने ठाउँहरुमा नजान आग्रह रेस्टुरेन्टहरुलाई राती ८ बजेसम्ममा बन्द गर्न र अल्कोहल बिक्री वितरण नगर्न भनिएको छ। साथै कन्सर्ट र खेलकुद खेल जस्ता ठूला कार्यक्रमहरुमा उपस्थिति ५०० जना वा सिट क्षमताको ५० प्रतिशत मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।

ओकिनावा र राजधानी टोकियोमा जुलाई १२ देखि आपतकालिन घोषणा गरिएको थियो । ओलम्पिक र प्यारालिम्पिक्समा पनि दर्शक बिना नै खेलहरु आयोजना गरिएका थिए । अन्य प्रान्तहरुमा पनि कोरोना सक्रमण आक्रामक रूपमा बढ़ेपछि अगस्टदेखि आपतकाल र स्वास्थ्य संवेदनशील क्षेत्रको रूपमा घोषणा गरि कोरोना नियन्त्रणको प्रयास गरिएको थियो ।
कोरोना संक्रमण अगस्ट महिनामा प्रति दिन लगभग २५,००० माथि पुगेको थियो तर अहिले लगातार घट्दै गएको छ । मंगलवार मात्र १७६७ जनामा नयाँ संक्रमण देखिएको थियो ।
स्वास्थ्य मापदण्डलाई कडाइका पालना गर्दै कोरोना रोकथामका लागि अपनाईएका उपायहरु प्रभावकारी देखिएपछि देशभरि नै सूचकांकमा उल्लेखनीय सुधार आएको जापान पेनडामिक रेस्पोन्सका मिनिस्टर इंचार्ज याशुतोशी निशिमुराले बताए ।
अस्पतालहरुमा कोभिड-१९ का गम्भिर प्रकृतिका बिरामीको संख्या ठूलो मात्रामा रहेकोले अझै सामान्य रूपमा लिन नहुने त्यसले नयाँ प्रकोप निम्त्याउन सक्ने भएकोले थप सजगता अपनाउन स्वास्थ्य बिज्ञको सुझाव रहेको छ ।
केही प्रान्तहरु जस्तै ओकिनावा, जहाँ स्थितिमा उल्लेखनीय सुधार भएकोले आपतकालिन अवस्थाको अवस्थालाई पुन विस्तार नगरी स्वास्थ्य संवेदनशील क्षेत्र गर्न सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री सुगाले यहि हप्ताको अन्त्यतिर अष्ट्रेलिया र भारत संग शिखर सम्मेलनमा भाग लिनको लागि संयुक्त राज्य अमेरिकाको यात्रा तय भएको छ ।उनी आइतबार फर्कने बित्तिकै निशिमुरा र स्वास्थ्य मन्त्री नोरीहिसा तमुरा सहित उनको मन्त्रिपरिषद्का सदस्यहरुसंग को छलफल पछि ठोस निर्णय आउने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको कार्यालयले आगामी हप्ताको कोरोना संक्रमणको प्रवृति विश्लेषण गरेर निर्णय गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?