कोरोना महामारीको संक्रमण बढ्न थालेपछि सिमा नियन्त्रण उपाय अन्तर्गत नया जापान प्रवेश योग्यता प्रमाणपत्र (सिइओ) प्राप्त गरेका अन्तराष्ट्रिय आगन्तुकहरूलाई जापान प्रवेशमा रोकेको जापानले खुला गर्ने संकेत गरेको छ ।
सेप्टेम्बर २० तारिक नेपाल स्थित भिएफएसको कार्यालयले जारी गरेको सूचनाका अनुसार सिइओ प्राप्त गरेकाहरुको आवेदन संकलन गर्न सकिने बताएपछि लामो समयदेखि सिइओ आएर पनि जापान आउन प्रतीक्षामा रहेका विद्यार्थी लगायतलाई केही राहत महशुस गराएको छ ।
जारी गरिएको सूचनामा हालका लागि १५८४ नम्बर उल्लेख गरिएका सिओइ प्राप्त गर्नेहरूले आवेदन गर्न सक्ने उल्लेख गरिएको छ । यस प्रकारको सिओइ गर्नेहरुले सेप्टेम्बर २२ बाट नै एपोईनमेंट लिन सक्ने बताईएको छ । तर अन्यको सिओइ धारीको हक़मा भने अझै आवेदन संकलन गर्ने नगर्ने बारेमा केही बताईएको छैन ।
काठमाडौंको ठमेलस्थित छाया कम्पलेक्समा रहेको भिएफएसको कार्यालयमा १५८४ नम्बर उल्लेखित सिओइहरुले आवेदन प्रक्रिया गर्न सक्ने छन ।यसरी आवेदन संकलन गरिनुले जापानले नया विदेशी आगन्तुकलाई प्रवेश दिन लागेको अर्थमा बुझिएको छ । यहि सेप्टेम्बर १९ तारिकदेखि ४४ देशका रि-इंट्रीलाई प्रवेश अनुमति दिनु र नया सिओइको आवेदन संकलन गरिनुले त्यस कुरालाई पुष्टि गरेको देखिन्छ।
एक वर्षदेखि जापानले नया सिओइधारी विदेशीलाई रोकेको कारण करिव ४ हजारको हाराहारीमा विद्यार्थी, २ हजारको हाराहारीमा श्रमिक, आश्रित व्यावसायिक नेपालीहरु जापान प्रवेश पाउन समेकन थिएनन ।
केही समय अघिदेखि जापानको भिसा लगायत अन्य काम सम्बन्धी सम्पूर्ण प्रक्रियाको व्यवस्थापन भिएफएस कार्यालयले गर्दै आएको छ ।