जापानले रि- इन्ट्री भिषालाई प्रवेश अनुमति दिएसंगै जारी गर्यो क्वारेन्टिन सम्बन्धी अनिवार्य पालना गर्नुपर्ने नियमहरु

-


     जनहित न्युज    
     असाेज २ गते २०७८


कोरोना संक्रमणको दर उच्च हुदै गएपछि त्यसको नियन्त्रणका लागि भन्दै जापान सरकार नेपाल सहितका केही देशहरुमा लगाएको आगन्तुक प्रतिबन्ध फुकुवासंगै क्वारेन्टिनका लागि समेत नया नियमको व्यवस्था गरेको छ ।
विदेश मन्त्रालयले शुक्रवार राती आफ्नो आधिकारिक वेबसाईट मार्फत सूचना प्रकाशित गर्दै जापानको रि- इन्ट्री भिषा भएका नेपाल लगायत ४४ देशबाट जापान प्रवेश गर्न चाहने आगन्तुक जापान आउनु सक्ने बताईएको छ ।
जारी गरिएको सूचनामा सेप्टेम्बर २० बाट २०२१ बाट नेपालसहित ४४ देशका नागरिकहरु जोसँग जापानको आवासीय भिषा र रि- इन्ट्री भिषा रहेको छ ती व्यक्तिहरु जापानको यात्रा गर्न यात्रा गर्न सकिने उल्लेख गरिएको छ । अब जापानमा रोजगार हुने, उनीहरुको डिपेण्डेन्ट, विद्यार्थी लगाएत सबै रि- इन्ट्री भिषा हुनेहरु जापानको यात्रा गर्न सक्ने छन । तर रि- इन्ट्री भिषा म्याद सकिएको, पहिलो पटक भिषा पाउने हरुलाई भने अझै जापान प्रवेशमा रोक लगाईएको छ ।
जापान प्रवेश गर्ने आगन्तुकले अनिवार्य पालना गर्नुपर्ने नियमहरु
१. जापानको यात्रा गर्ने आगन्तुकहरुले ७२ घण्टा भित्रको कोभिड-१९ कोरोना परीक्षण PCR को नेगेटिभ रिपोर्ट अनिवार्य लिनुपर्ने छ ।
२. आफनो स्मार्ट मोवाईल फोनमा ३ एप्लिकेसन डाउनलोड गर्नु पर्ने छ । ती एप्लिकेसनमा कन्टयाक्ट ट्रेसिग एफ र स्काइप हुनेछ ।
३. जापान आइसकेपछि विमानस्थलमा Covid-19 को परिक्षण हुने छ ।Covid-19 नेगेटिभ देखिएमा जापान सरकारले तोकिएको होटलमा ३ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ यसको खर्च जापान सरकारले व्यहोर्ने छ । ४ दिनको दिन Covid-19 परीक्षण गरि आफ्नो घरमा जान सकिने छ भने Covid-19 पोजेटिभ देखिएमा तोकिएको स्थानमा उपचारमा बस्नु पर्ने छ ।
४. ४ दिनको दिन होटलबाट घरमा जान निजी सवारीको प्रयोग गर्नु पर्ने छ र यसको व्यवस्था आफै गर्नु पर्ने छ ।
५. होटलबाट घरमा जानु अघि जापान इमिग्रेसनमा Covid-19 नियन्त्रणका सबै उपाय नियमहरु पालन गर्नेछु भनि लिखित कागज गर्नुपर्ने छ । उल्लेखित नियम पालन नगरेको खण्ड भिषा रद्दसहित सदाका लागि जापान प्रवेशमा बन्देज सहित अन्य कानुनअनुसार कारवाहि हुनेछ ।
६. घरमा पुगेको ११ दिन पश्चात आफ्नो नियमित काम गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?