जापानमा एक तिहाई वृद्धाहरू, शताब्दी उमेर पार गर्नेको संख्या करिब ९० हजार, महिला ८८ प्रतिशत

- राइट दाजुभाइले हवाईजहाज़ आविष्कार गर्ने वर्षको जापानी नागरिक जीवित

-


     जनहित न्युज    
     असाेज ३ गते २०७८


जापानमा ६५ वर्ष भन्दामाथिको उमेर समूहका मानिस संख्या अन्य उमेर समूहको जनसंख्याको तुलनामा उच्च रहेको एक सर्वेक्षणले देखाएको छ ।
सोमबार वृद्धहरूको सम्मान स्वरूप वृद्ध दिवस अवसरमा राष्ट्रिय बिदा राखिएको छ । यसै सन्दर्भमा सरकारी स्तरबाट गरिएको एक सर्वेक्षणले जापानमा वृद्धाहरुको जनसंख्या बढ्दै गएको र जन्मदर घटदै गएको तथ्यहरू सर्वेक्षणले देखाएको छ ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार वृद्धाहरुको जनसंख्या बुधवारसम्ममा ४ करोड भन्दा बढि रहेको बताएको छ । यो संख्या गतवर्ष भन्दा २ लाख २० हजारले बढि रहेको सर्वेक्षणले देखाएको छ ।वृद्धा मध्य १ करोड ५३ लाख ३ हजार पुरुष र २ करोड ५७ हजार महिला रहेका छन । हाल जापानको कुल जनसंख्या १२ करोड ६० लाख ८ हजार ८ सय ४० रहेको छ ।
मन्त्रालयका अनुसार ६५ वर्ष माथिको जनसंख्या २९ दशमलव १ प्रतिशतको हारहारीमा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष वृद्धाको जनसंख्या ० दशमलव ३ प्रतिशतले बढेको छ । तर जापानको कूल जनसंख्या गत वर्ष भन्दा ५ लाख १० हजारले घटेको छ ।
संयुक्त राष्ट्र संघको तथ्यांकले वृद्धाहरुको जनसंख्या सबैभन्दा बढि जापानमा रहेको बताएको छ । दोस्रोमा इटाली रहेको र त्यहा वृद्धाहरूको जनसंख्या कुल जनसंख्याको २३ प्रतिशत रहेको छ ।
मन्त्रालयले १७ वर्षदेखि यता यस वर्ष वृद्धाहरुको कामदार संख्या ९ दशमलव ०६ मिलियन रहेको बताउदै यो संख्या कुल श्रमशक्तिको १३ दशमलव ६ प्रतिशत देखिदा नया कीर्तिमान कायम गरेको बताएको छ ।
६५ वर्ष र सो भन्दा माथिको उमेर समूहका कामदारको संख्या लगातार ९ वर्षदेखि यता २५ दशमलव १ प्रतिशत रहेको छ जुन अन्य प्रमुख देशहरूको तुलनामा ज्यादै उच्च हो ।

राइट दाजुभाइले हवाईजहाज़ आविष्कार गर्ने वर्षको जापानी नागरिक जीवित

जापानमा १०० वर्ष वा सो भन्दा माथिका मानिसहरुको संख्या ८६ हजार ५ सय १०रहेको अनुमान गरिएको छ । यसमा पुरुषको संख्या १० हजार माथि पहिलो पटक पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।
सेप्टेम्बरको १५ सम्ममा १०० वर्ष माथिको जनसंख्या गत वर्ष भन्दा ६ हजार ६० थप भएका हुन ।१०० वर्ष माथिको वृद्धाहरुमा ८८ दशमलव ४ प्रतिशत अर्थात् ७६ हजार ४ सय ५० महिला रहेका छन । गतवर्ष भन्दा यस वर्ष ५ हजार ४ सय ७५ महिलाको संख्या वृद्धि भएको हो । त्यस्तै पुरुष वृद्धा १० हजार ६० रहेका छन । यस वर्ष जम्मा ५ सय ८५ मात्र पुरुषको संख्या थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मेडिकल टेक्नोलोजीमा भएको विकास र प्रगतिले जापानका मानिसको आयु बढिरहेको बताईएको छ । यहाँको औसत आयु पुरुषको ८१.६४ वर्ष र महिलाको ८७.७४ वर्ष रहेको छ ।

Ž११८ वर्षीया काने तानाका

फुकुओका प्रान्तकी ११८ वर्षीया काने तानाका सबैभन्दा जेष्ठ जापानी महिला हुन्। उनी गिनीज वर्ल्ड रेकर्ड्स द्वारा संसारको सबैभन्दा ज्येष्ठ जीवित व्यक्तिको रुपमा मान्यता प्राप्त गरिसकेकी छन ।उनको जन्म सन १९०३ मा भएको हो । जुन वर्ष राइट दाजुभाइले संसार मै पहिलो पटक हवाईजहाज़ बनाएर उडाएका थिए ।
नारा प्रान्तका बासिन्दा १११ वर्षीय मिकिजो उएडा सबैभन्दा जेष्ठ पुरुष जापानी नागरिक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?