Photo Receved By Neoal News Post
नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापानमा रहेकी एक नेपाली बिद्यार्थीले आत्महत्या गरेकी छन ।
जापानको फुकुओका स्थित ईजिरीमा बस्ने र हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलको सोमबार बिहान करिव १:३० मा आफ्नो कोठामा आत्माहत्या गरेको अवस्थामा भेटिएको बताईएको छ ।
मृतक भुर्तेल केही समय अघिदेखि पुरुष साथीसँग लिभिङ्ग टुगेदरमा बसदै आएकी थिइन । हाल उनको केटा साथी कामको शिलाशिलामा ओसाकामा बुझिएको छ । सामाजिक संजालमा निरन्तर कुरा भईरहे पनि पछिल्लो समय उनीहरुका बिचमा बिबाद रहेको बताइएको छ ।
आत्महत्याको मुख्य कारण बारेमा प्रश्ट नभएपनि उनीहरुबिचको विवाद नै प्रमुख रहेको हुन सक्ने देखिएको छ । आत्महत्याको बारेमा जापान प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जापान प्रहरीले मृतक भुर्तेलले अध्ययनरत निहोन केईजाई दाईगाक्कोमा आवश्यक जानकारी लिएको बुझिएको छ।
मृतक अर्चनाको पार्थिक शरिर नेपाल पठाईदिन परिवारले आग्रह गरेकोले सो को लागि जापान पुलिस र ईमिग्रेशनसँग छलफल छलफल भईरहेको एनआरएनए जापानका सचिब देबराज उप्रेतीले जानकारी गराए। फुकुओकाबासी नेपाली समुदायले मृत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै मृतक परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस भन्ने कमाना व्यक्त समेत गरेका छन।