फोटो साभार नेपाल न्यूजपोष्ट
जापान सरकारले कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिने भन्दै नेपालसहित विभिन्न ४४ वटा देशका आगन्तुकहरुमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउने भएको छ ।
विदेश मन्त्रालयले शुक्रबार राती अबेर आफ्नो होमपेजमार्फत सूचना जारी गर्दै नेपाल लगायत अफगानिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्ससहित ४४ देशमा को लागि पुन प्रवेश प्रतिबन्धलाई सेप्टेम्बर १९ तारिक राती १२ बजेदेखि हटाउन लागेको उल्लेख गरेको छ । १९ तारिक रातीबाट प्रतिबन्ध हटाइएपनि आगन्तुकहरुले २० गतेबाट मात्र प्रवेश अनुमति दिइने बताइएको छ ।
आगन्तुकहरुलाई प्रवेशमा अनुमति दिइएपनि क्वारेन्टिनको नियमलाई भने कडाईका साथ लागु गरिने जारी सूचनामा उल्लेख गरिएको छ । जापान प्रवेश गर्ने आगन्तुकहरुलाई प्रवेशमा अनुमति दिइएपनि क्वारेन्टिनको नियमलाई भने कडाईका साथ लागु गरिने जारी सूचनामा उल्लेख गरिएको छ । जापान प्रवेश गर्ने आगन्तुकले सरकारले तोकिएको होटलमा ३ दिन सम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भनिएको छ । क्वारेन्टिनको ३ दिनमा कोरोना संक्रमणको परिक्षण PCR पीसीआर गरिनेछ ,परिक्षणमा कोरोना संक्रमण PCR नेगेटिभ आएको खण्डमा कुनैपनि सवारीका साधनमार्फत आगन्तुक आफ्नो घरमा जानसक्ने र घरमा पनि ११ दिनसम्म क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरिएको छ । सबै गरेर १४ दिनको क्वारेन्टिन बसाईपछि मात्र आगन्तुक बाहिर निस्कन सक्ने बताइएको छ ।
क्वारेन्टिनमा बस्नका लागि जापन सरकारले सेयाक्सो अर्थात क्वारेन्टिनमा बस्दा पालना गर्नुपर्ने नियमहरुलाइ आगन्तुकका बिचमा सम्झौता गराउने छ र ती सम्झौताको उलङ्घन गरेमा भिषासमेत रद्ध गर्नसक्ने बताइएको छ । आगन्तुकलाई स्मार्टफोनबाट नियमित टयाकिङ गरिने उल्लेख छ । यसअघि जापान सरकारले तोकेको होटलमा क्वारेन्टिन बस्नका लागि सुरुमा १४ दिन त्यसपछि १० दिन र हाल ३ दिन बनाइएको छ ।
हालैका दिनमा जापान प्रवेश नखुल्दा सयौं नेपालीहरु तेस्रो मुलुकमा १४ दिन क्वारेन्टिन बसेर जापान आउन थालेका थिए ।
जापानमा पाचौ लहरको कोरोना संक्रमण नियन्त्रण उन्मुख तथा नेपालमा समेत कोरोना संक्रमण घट्दो र कोरोना भाइरस विरुद्वको खोप लगाउनेको संख्या बढेपछि जापानले आवासीय भिसा बाहेकको प्रवेशलाई खुला गरिएको बुझिएको छ । कोरोना विरुद्धको खोप लगाएकाहरुको क्वारेन्टिन बस्ने नबस्ने बारेमा स्पष्ट रुपमा केहि उल्लेख गरिएको छैन ।
जापानले गतवर्षको मे महिनादेखि भारतसहित १० देशबाट आउने आगन्तुकहरुमा प्रवेश प्रतिबन्ध लगाएको थियो ।
विदेश मन्त्रालयको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।