जापानमा कोभिड-१९ का कारण पनि जन्मदरमा गिरावट आएको तथ्यांक सार्वजनिक

-


     जनहित न्युज    
     भाद्र १३ गते २०७८


जापानमा बच्चा जन्माउनका लागि रुचि घटदै गएको पाइएको छ । गतवर्षको तुलनामा यस वर्ष जन्मदरमा गिरावट आएको तथ्यांक सार्वजनिक भएसंगै जापानी नागरिकहरुमा बच्चा जन्माउन रुचि कम देखिएको पाइएको हो ।
यस बर्षको जनवरीदेखि अप्रिलसम्म जापानका स्थानीय सरकारहरुले बुझाईएको गर्भावस्थाको तथ्यांकमा ३ लाख ४ हजार ४ सय २५ जना गर्भवती भएको जनाईएको छ । जुन संख्या २०२० मा सोही अवधिको तुलनामा १.२% कमी हो । स्वास्थ्य मन्त्रालयले जारी गरेको अगस्टसम्मको तथ्यांक सो कुरा उल्लेख गरिएको हो ।
जापानमा करिब ९० प्रतिशत महिलाले आफू गर्भवती भएको ११ हप्ताभित्रमा स्थानीय सरकारलाई सो को बारेमा सूचना दिने गरेका छन ।
स्वास्थ,श्रम तथा कल्याण मन्त्रालयका अनुसार यस वर्षको फेब्रुअरीमा गत वर्षको गर्भवती महिलाको संख्या १ प्रतिशत कम रहेको, मार्चमा ४.३ प्रतिशत बढेको र मार्च महिनामा फेरि २.२ प्रतिशत घटेको बताईएको छ ।
गतवर्ष २०२० मा जापानका ४७ वटा प्रान्तमा कोभिड-१९ को सुरूवाती अवस्थामा लगाईएको आपतकालको प्रभाव र असरका कारण सन २०१९ सोही महिनाको तुलनामा १७.६ प्रतिशतले बच्चा जन्माऊनेको संख्यामा कमी रहेको पाईएको थियो ।
तर सन २०२० को जुलाईमा आइपुग्दा त्यसमा सुधार आइ १० प्रतिशत वृद्धि हुन पुगेको थियो । गतवर्ष पनि सन २०१९ को तुलनामा ४.९ प्रतिशतले गर्भवतीको संख्यामा कमी आएको थियो । घट्दो जनसंख्या र
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने, “घट्दो जनसंख्या र विवाह गर्न चाहने युवा युवतीको दरमा निरन्तर कमी आइरहेकोले गर्भावस्थाको सूचना दिनेहरु संख्या हरेक बर्ष घट्दै छ।” उनीहरुले भने यस वर्ष पनि गर्भावस्थाको सूचना दिनेहरु संख्यामा गिरावटको दर बढिरहेकोले यसलाई सामान्य अवस्थामा राखिराख्न योजनाबद्द रूपमा प्रोत्साहित गरिनुपर्दछ ।
जापन अनुसन्धान संस्थानका वरिष्ठ अनुसन्धानकर्ता ताकुमी फुजीनामीका अनुसार कोभिड-१९ को संक्रमण र नियन्त्रणका उपायहरुको स्पष्ट जानकारी भएसंगै गर्भवती महिलाहरुले प्रविधिको उपयोग गरि गर्भावस्था त्याग्ने क्रम बढेको बताईन ।
लामो समय कोरोना भाइरसको प्रभाव रहिरहने यसले गर्दा रोजगारीमा अस्थिरता हुने, युवाहरूमा विवाहप्रति चासो घटेर जानु लगायतका कारणले भविष्यमा जनसंख्या गिरावट आउने अवस्थालाई तत्काल रोक्न आवश्यक रहेको अनुसन्धानकर्ता ताकुमी फुजीनामीको विश्लेषण रहेको छ । उनका अनुसार यस वर्ष थप जनसंख्या ८ लाख १० हजारसम्म हुने उनको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?