जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्द्धन रिपेचेज तर्फको फाइनलमा पराजित हुँदै कास्य पदक जित्न चुकेकी छन् ।
के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले शुक्रबार कास्य पदकका लागि भएको निकै प्रतिस्पर्धात्मक खेलमा चीनकी युजी लीसँग १२-९ को पराजय बेहोरिन् ।
पहिलो चरणमा ४–२ को जित निकालेकी पलेशाले दोस्रो चरणमा अंक नजोड्दै ५–० ले पराजित भएकी थिइन् । तेस्रो चरणमा भने प्रतिस्पर्धात्मक प्रदर्शन गरेकी पलेशाले ५–५ को बराबरी गरेकी थिइन् ।
उनले रेपेचेजतर्फ क्वाटरफाइनलमा खेल्नेछिन्। रेपेचेजबाट दुई खेलाडीले कांस्य पदक जित्नेछन्। ११ खेलाडीले स्पर्धा गरिरहेको तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाईनलमा प्रवेश पाएका थिए।
पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१-८ ले पराजित हुँदै स्वर्ण जित्ने अवसर गुमाएकी पलेशाले रिपेचेज तर्फको क्वाटरफाइनलमा अमेरिकाकी ब्रायना सालिनारोलाई १०-० र सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई २३-१५ ले जित हराउँदै फाइनल प्रवेश गरेकी थिइन् ।
वाईल्ड कार्डमार्फत सहभागिता जनाउने अवसर पाएकी पलेशा टोकियो पाराल्याम्पिक खेल्ने एक्लो नेपाली खेलाडी हुन् ।