बागलुङ गलकोटका केसीको जापानमा असामयिक निधन

-


     जनहित न्युज    
     भाद्र १९ गते २०७८


जापानको टोकियोको निप्पुरीमा बस्ने बागलुङ ज़िल्लाको गलकोट नगरपालिका वार्ड नम्बर ९ का ४६ वर्षीय भीमबहादुर केसीको शनिवार बिहान निधन भएको छ ।
केही समयदेखि सुगर, प्रेसरको बिरामी रहेका केसी पछिल्लो एक महिनादेखि अस्पतालमा रहेर उपचार गराइरहेका क्रममा शनिवार बिहान उपचार कै क्रममा असामयिक निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
करिब ८ वर्षदेखि जापानमा कुक भिषामा कार्यरत रहेका केसी केही समय अघिदेखि सख्त बिरामी भई नियमित उपचाररत रहेका थिए ।
श्रीमतिसंगै बसदै आएका केसी बिरामी भएकै कारण नियमित काम गर्न नसक्दा र अस्पतालमा उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्दा आर्थिक अवस्थामा समेत कमजोर बन्दै गएका थिए ।
नेपालमा दुई दाजु र उनीहरुको परिवार रहेका छन । केसीको जापानमा नै आगामी सोमबार दिउसो १ बजेबाट माचियामा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ ।उक्त अन्तिम संस्कारमा सहभागी हुनका लागि पारिवारिक आफंतजनलाई जानकारी गराइसकिएको बताईएको छ ।

केसीको अन्तिम संस्कार गरिने ठेगाना यसप्रकार रहेको छ ।

स्थान:-116-0001 東京都荒川区町屋1-23-4

116-0001 Tokyo, Arakawa-ku, Machiya 1-23-4

फोन न:-03-3892-0311

समय:-दिउसो १बजे

मिती:-2021/09/06

सम्पर्क

सुनील: 090 4206 4195

धुर्ब: 080 3648 2030

लक्ष्मण: 080 3454 6973

गोबिन्द: 080 4695 3708

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?