
कोरोना भाइरसविरुद्धको २ लाख ८ हजार बढी डोज खोप जापानबाट नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारबाट प्राप्त हुने १६ लाख १४ हजार ७ सय ४० डोज खोपमध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज ल्याइएको जानकारी दिएका छन्।
अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउने बताइएको छ। १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो। यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ।
अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ। स्वास्थ्य तथा जनसंख्याको शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।
यसअघि साउन २३ र २४ गते गरी ९ लाख डाेज खोप जापानबाट नेपाल ल्याइएकाे थियाे।