जापान सरकारले टोकियो सहित अन्य प्रान्तहरूमा चौथो पटक कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण देशव्यापी निरन्तर वृद्धि हुने क्रम नरोकिएकोले महामारी नियन्त्रणका लागि आपतकालिन अवस्थालाई थप गरेको छ ।
सरकारी अधिकारीहरूका अनुसार क्योटो फुकुओका सहित ७ प्रान्तमा यहि शुक्रवारदेखि सघन र अर्ध आपातकालीन अवस्था र अन्य ६ देखि १६ वटा प्रान्तमा समेत सोही प्रकारको आपतकालिन अवस्था थप गरेको जनाएको छ ।दुबै आपतकालिन अवस्था उपाय सेप्टेम्बर १२ सम्म जारी रहने छ ।
आपतकालिन जारी रहेका प्रान्तका अधिकारीहरुले रेष्टुरेन्ट र बारहरूमा रक्सी बिक्री वितरण गर्न,पिउन बन्द गर्न र शपिंग मलमा स्वास्थ्य मापदण्डका उपायहरू कडा रूपमा लागू गर्न आग्रह गर्नेछन्।
प्रधानमन्त्री सुगा याशिहिदेले पत्रकार सम्मेलनमा गत शुक्रवार २० हजार भन्दा बढि कोरोना संक्रमणका बिरामीहरु बढ़ेसंगैको स्थितिलाई मध्यनजर गर्दै कडा रूपमा नियन्त्रणका उपायहरु अवलम्बन गरिनुपर्ने बाध्यात्मक परिस्थिति सहयोग पुर्याइदिनको लागि जनतासँग अनुरोध गरेका छन ।
प्रधानमन्त्री सुगाले भने “यस्तो परिस्थितिको सृजना हुनु अत्यन्तै दु: खद छ हामीले धेरै जापानीहरु र देशका अन्य मानिसहरुलाई ठूलो कठिनाई दियौं। तर दृढ संकल्प र नागरिकहरुको सहयोगमा हामीले यो संकटलाई पार लगाई छाड़ने छौ । चिकित्सा प्रणालीमा सुधार, संक्रमण रोकथाम र खोप अभियानलाई प्रभावकारी रूपमा संचालन गरि यी तीन आधारस्तम्भको सशक्त कार्य मार्फ़त कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण नियन्त्रणमा ल्याइने छ।“
टेलीवर्कलाई प्राथमिकता दिइ कार्य गर्न र मानिसको आवाज़जावतमा भारी कटौती गरि पैदल यात्रीहरुलाई ७० प्रतिशतसम्म कमी हुने अवस्था सृजना गरि सहयोग गरिदिन समेत प्रधानमन्त्री सुगाले आग्रह गरेका छन ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितका गम्भिर बिरामीको संख्या जापान भरिमा मंगलवारसम्ममा १६०० रहेको जनाएको छ । यो तथ्यांक लगातार पाचौ दिनको उच्च हो । सरकारले अक्सिजनको प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिएको बताएको छ ।