जापान विशेष

‘मेले चिनेको र चाहेको एनआरएनए’ जापानव्यापी निबन्ध प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जापानव्यापी निवन्ध प्रतियोगिता २०२१ आयोजना गरिएको छ । गैर आवसीय नेपाली संघ (एनआरएनए), क्युस्यु क्षेत्रीय समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा आवेदन खुला गरिएको छ । ‘मेले चिनेको र चाहेको एनआरएनए’ निबन्धको शीर्षक राखिएको छ । जसका लागि यही जुलाई १६ देखि अगस्ट १० सम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार येन प्रदान गरिनेछ । त्यसैगरी द्वितीयलाई ४५ हजार येन, तृतीय हुनेलाई २० हजार र सान्त्वना पुरस्कार १० हजार येन प्रदान… पुरा पढौ

एनआरएनए जापान विवाद: भोलिको सपथ ग्रहण रोक्न आरसीको निर्देशन, निर्धारित सपथ ग्रहण रोकिएको जानकारी छैन-निर्वाचित उम्मेदवार

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचन पछिको अवस्था थप रस्साकस्सीमा पुगेको छ । भोलि अर्थात् अग़स्ट ८ तारिकका दिन निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले राखेको सपथ ग्रहण कार्यक्रम रोक्नका लागि एसिया प्रशान्त क्षेत्रका संयोजकले निर्देशन जारी गरेपछि अन्यौलमा परेको छ ।तर पूर्व निर्धारित सपथ ग्रहण नरोकिने बताईएको छ । जापानको नेपाली समाजको एकता भाईचारा एवं सत्भावलाई कायमै राख्नका लागि गैर आवासीय नेपाली संघको विधानको दफा १७.७.२ र अनुसूची ८ बमोजिम अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तको निर्देशन… पुरा पढौ

जापानबाट यमबहादुर परियारको परिवारलाई आर्थिक सहयोग

जापानमा रहेका नेपालीहरूले बागलुङमा दुर्घटनामा परी मृत्यु भएका यमबहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरेका छन् । जापान नेपाली एकता समाजको समन्वय र एकता नौमती बाजा समूह ओसाका जापानको बिशेष पहलमा मृतक यमबहादुरको परिवारलाई आर्थिक सहयोग गरिएको हो । जापानमा रहेका नेपालीहरूबाट संकलन भएको १ लाख ७४ हजार ५०५ रुपैयाँ मृतकका परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ ।सहयोग रकम जापान नेपाली एकता समाज जापानका पूर्वउपाध्यक्ष एवम् एकता नौमती बाजा समूहका संस्थापक सदस्य यमलाल सापकोटा, जापान नेपाली एकता समाज जापानका केन्द्रीय सदस्य तथा… पुरा पढौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान विवाद: बढ्यो अध्यक्ष मण्डल र निर्वाचन समितिका बिचमा तिक्तता

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनलाई लिएर अध्यक्ष मण्डल र निर्वाचन समितिका बिचमा तिक्तता बढेको छ ।निर्वाचन समितिले बिहिबार सूचना जारी गर्दै अध्यक्ष मण्डलको औचित्य नभएकोले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहणका लागि तयारी गर्न भनेको भोलिपल्ट अर्थात् आज अध्यक्ष मण्डलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनका सन्दर्भमा उठेका विवादहरुको समाधानका लागि छानबिन समितिले द्रुतगतिमा काम गरि रहेकोले छानबिनलाई प्रभावित हुने गरि निर्वाचन समितिबाट अभिव्यक्ति आउनु गैर ज़िम्मेवारी र खेदजनक रहेको… पुरा पढौ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान विवाद : निर्वाचन समिति सपथका लागि तयारी होउ भन्छ, छानबिन समिति भन्छ स्थगित गर

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि निर्वाचन गर्न गठित निर्वाचन समितिले अध्यक्ष मण्डलको औचित्यमाथि प्रश्न उठाउदै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहणको लागि तयारी रहन सूचित गरेको छ ।बिहिबार निर्वाचन समितिको नामबाट एक सूचना प्रकाशित गर्दै अध्यक्ष मण्डलको औचित्य सकिइसकेपछिको अवस्थामा निर्वाचन समितिले निर्वाचित घोषणा गरिइसकेका उम्मेदवार साथीहरूलाई शपथ लिन लगाउने निर्णय गरेको उल्लेख गरेको छ ।जारी गरिएको सूचनामा निर्वाचन समिति निर्वाचित घोषणा गरिएका सम्पूर्ण उम्मेदवार साथीहरूलाई शपथ कार्यक्रमका लागि यो सप्ताहन्तमा तयारी गर्न र… पुरा पढौ

मैले चिनेको र चाहेको गैर आवासीय नेपाली संघ

गैर आवासीय नेपाली संघ विभिन्न देशको राष्ट्रिय समन्वय समितिको गतिविधि, आर्थिक क्रियाकलाप, हरेक वर्ष गरिने अधिवेशन र समितिको पदाधिकारी गठन सम्बन्धको निर्वाचन प्रक्रियालाई नजिकमा रहेर मूल्यांकन गर्दा यो संस्था मणि हराएको नाग जस्तो देखिन्छ । नाग हिन्दुहरूका लागि पूजनीय भए जस्तै एनआरएनए संस्था प्रवासी आम नेपालीहरूको लागि पूजनीय हुनुपर्ने थियो । मणि सहितको नाग जस्तो भएको हुनुपर्ने थियो । तथापि, यस्तो भएको हामी पाँउदैनौ । सरसर्ती सतही रूपमा देख्दा पनि यो संस्थाको ठोस कार्यक्रम केहि पनि भए जस्तो लाग्दैन ।… पुरा पढौ

गैरआवासीय नेपाली संघ जापान विवादः ‌दोषीलाई कारबाही भएमा अदालती प्रक्रियामा नजाने

गैरआवासीय नेपाली संघ जापानको असन्तुष्ट पक्षले राजन प्रधानांगको संयोजकत्वमा रहेको अध्ययन तथा छानबिन समितिले सत्य तथ्यसहितको प्रतिवेदन बाहिर ल्याइ दोषीलाई कारबाही भएमा अदालती प्रक्रियामा नजाने बताएका छन् ।बुधबार भर्चुवल रुपमा गरेको पत्रकार सम्मेलनमा ३० जना असन्तुष्ट उम्मेदवार पक्षको नेतृत्व गरिरहेका डा. बलराम श्रेष्ठले गठित अध्ययन तथा छानबिन समितिले सत्य तथ्य विवरण ल्याई जापानको एनआरएनएलाई भावी दिनमा व्यवस्थित निर्वाचन र मतदाताको अधिकार सुरक्षाका लागि पनि अहिलेकोे निर्वाचनमा भएको धाधलीमा संलग्नलाई कारबाहीको दायरामा लिनका लागि आफूहरु लागिपरेको बताएका छन् । आफुहरुले उठाएको… पुरा पढौ

एनआरएनए जापानका कुनै काम कारवाही नगर्न नगराउन पत्राचार, एनआरएनएको मुद्दा टोकियो अदालतमा जाने तयारी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनमा अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरिएको भनिएको बारेमा गठित अध्ययन तथा छानबिन समितिले एनआरएनए जापानका कुनैपनि गतिविधि नगर्न नगराउन अध्यक्ष मण्डललाई पत्राचार गरेको छ ।राजन परधानांगको समयोजकत्वमा गठित सो समितिले आइटि बिज्ञसहितको सहभागितामा आफ्नो कार्य थालनी गरिसकेको जनाउदै निर्वाचनको प्राविधिक पक्षका सम्बन्धमा लगाइएका आरोपहरू सत्य हुन वा अनुमानको भरमा लगाईएको हो त्यसको अध्ययन पश्चात निष्कर्षमा नपुगेसम्म एनआरएनए जापानका काम कारवाहि… पुरा पढौ

टोकियो ओलम्पिक : ६२ पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ६२ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।   चीनले हालसम्म २९ स्वर्ण, १७ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २२ स्वर्ण,२५ रजत र १७ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, छ रजत र १० कास्य प्राप्त गर्न सफल भएको छ ।… पुरा पढौ

टोकियो ओलम्पिक : पुराना स्मार्टफाेन र ल्यापटपबाट बनाइएका पदक

ओलम्पिकलाई विश्व खेलकुदको महामेलाको रूपमा लिइन्छ । यति बेला यो मेलाको ३२ औँ संस्करण जापानको टोकियो सहरमा चलिरहेको छ ।  टोकियो ओलम्पिकमा ३३ खेलका ३३९ विधामा विभिन्न देशका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता छ ।  जुलाई २३ देखि सुरु भएको ओलम्पिक अगस्ट ८ मा सकिँदै छ । आजसम्म आइपुग्दा अधिकांश खेलको पदक विजेता टुंगो लागिसकेको छ ।  यो समाचार तयार पार्दासम्म चीन २४ स्वर्ण, १५ रजत र १४ कास्यसहित कूल ५३ पदक जित्दै शीर्ष स्थानमा रहँदा उसलाई २० स्वर्ण, २४… पुरा पढौ