जापानमा भारी वर्षात निरन्तर भैरहेकोले सतर्कता अपनाउन आग्रह

-


     जनहित न्युज    
     श्रावण ३१ गते २०७८


शुक्रवारदेखि परेको मुशलधारे वर्षाका कारण आइतबारसम्ममा जापानका बिभिन्न ठाउमा बाढ़ी पहिरो खस्ने क्रम जारी रहेकोले भारी वर्षा आपतकालिन चेतावनीबाट मौषम विभागले सागा, नागासाकी, फुकुओका र हिरोशिमामा ‘चेतावनी’ जारी गरेको छ ।
नागानो प्रिफ़ेक्चरको मध्य भाग ओकाया शहरमा आज बिहानै करिब ५:३० बजेतिर खसेको पहिरोमा ५ जना पुरिएका मध्य २ जनाको उद्दार गरिएको ३ जनाको खोजी कार्ट भैरहेको बताईएको छ ।
नागासाकीमा शुक्रवार पहिरोले घर बगाउदा एक महिलाको मृत्यु भएको थियो बेपत्ता श्रीमान र छोरी अझै बेपत्ता रहेका छन । नागासाकी मै शनिवार अन्य दुई महिलाको शव नालीमा फेला परेकोमा त्यो मृत्यु बाढ़ी पहिरोका कारण भए नभएको बारे अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन ।
मौषम विभागका अधिकारीहरुले गिफुमा नदीमा आएको
बाढ़ीका कारण त्यहाको बस्ती क्षेत्र जोखिममा परेकोले सतर्कता अपनाउन भनेका छन ।
चिवा, नागानो, शिमाने हिरोशिमा, फुकुओका र सागा प्रिफ़ेक्चरका करिब ७ लाख ८० हजार बासिन्दालाई बाढ़ी पहिरोको उच्च जोखिम कायमै रहेकोले सतर्कता अपनाउनका लागि सूचना जारी गरिएका छन ।
मौषम अधिकारीहरूले वर्षाको न्यून चापीय प्रणाली आइतबारदेखि पश्चिम देखि पूर्वतिर सरिरहेकोले ती क्षेत्रमा भारी वर्षातको सम्भावना रहेकोले सचेतता अपनाउन भनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?