जापानमा परेको भारी वर्षातका कारण विभिन्न क्षेत्रमा आपतकाल जारी, घरबाहिर ननिस्कन आग्रह

-


     जनहित न्युज    
     श्रावण ३० गते २०७८


जापानमा परेको भारी वर्षाका कारण एकजनाको ज्यान जाने गरि बाढी पहिरो भएपछि हिरोशिमा लगायत सागा, नागाशाकी र फुकुओका प्रिफेक्चरमा आपतकालिन अवस्था जारी गरिएको छ ।
शुक्रबारदेखि परेको मुशलभारे वर्षाका कारण नागाशाकीमा एक महिलाको बाढी पहिरोका कारण ज्यान गएको र अत्याधिक वर्षाको मात्रामा कमी नआइरहेको अवस्थालाई ध्यानमा राखी उच्च सर्तकताका लागि ती क्षेत्रमा आपतकालिन अवस्था जारी गरिएको जापानको मौषम विभागले जनाएको छ ।
शनिबार बिहानसम्ममा जापान भरी ४० मिलिमिटरभन्दा बढि वर्षात भैरहेकोले र बाढी, पहिरो र डुबान हुन सक्ने अवस्थालाई उच्च सर्तकतामा राखी त्यसक्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा रहनका लागि आग्रह गरिएको छ । मौषम विभागले वर्षातको अवस्थालाई नजिकबाट नियालिरहेको जनाउदै सागा प्रिफेक्चरमा बस्ती क्षेत्रमा बाढीको उच्च जोखिम रहेको हुदाँ सर्तकता अपनाउका लागि अनुरोध गरिएको छ । आगामी २४ घण्टासम्ममा तोकाइमा ३०० मिलिमिटरभन्दा बढि वर्षात हुनसक्ने अनुमान मौषम विभागको रहेको छ । क्युशु सिकोकु र किन्की, कान्तो कोसनि क्षेत्रमा २५० मिलिमिटरसम्म वर्षा हुन सक्ने र चुगोकु क्षेत्रमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने बताइएको छ ।
हिरोशिमामा १ सय ७८ घरधुरीका ४ सय ३० जनालाई सुरक्षित स्थानमा सारिसकिएको बताईको छ । वर्षातको स्तर झन झन बढ्दै गएको र त्यो अवस्था ५ को ५ मै पुगीसकेको मौषम विभागले जनाएको छ । जापानको दक्षिण पश्चिम क्षेत्रका १४ लाखभन्दा बढी जनताहरु बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेको बताइएको छ । यसमध्य हिरोशिमामा अधिक रहेको पाइएको छ ।
जोखिम उच्च रहेकोले ती क्षेत्रमा घरबाहिर ननिस्कन र पहाडको नजिकै पहिरोको डर रहेकोले त्यतातर्फ नजानका लागि अधिकारीहरुले अनुरोध समेत गरेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?