एनआरएनए जापानका नवनिर्वाचितहरुलाई आज नै सपथ गराइने, तयारी पुरा भएकोले रोक्न मिलेन- निर्वाचन समिति

-


     जनहित न्युज    
     श्रावण २४ गते २०७८


जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नवनिर्वाचितहरुलाई तय भएको सपथ ग्रहण कार्यक्रम एसिया प्यासिफ़िक संयोजकले केही पर सार्न आग्रह गरेपनि तयारी पुरा भै सकेकोले आज नै शपथ ग्रहण कार्यक्रम हुने बताईएको छ ।

निर्वाचन समितिले तय गरेको शपथ कार्यक्रम रोक्न आग्रह गर्दा पनि सबै तयारी पुरा भएको भन्दै समितिले आजै शपथ गराउन लागेको हो ।
शनिबार मध्य रातमा एक सूचना प्रकाशन गरि एनआरएनए जापानको निर्वाचन समितिका प्रमुख आयूक्त डा.नेत्र प्रकाश भण्डारीले जानकारी गराए ।

एनआरएनए जापानको निर्वाचनमा पराजित उम्मेदवारहरुले धाँधली भएको र निर्वाचन नै रद्ध गर्नु पर्ने माग, अध्यक्ष मण्डल र एनआरएनए एशिया प्याशिफिक क्षेत्रिय समितिका संयोजक गोविन्द श्रेष्ठले शपथ कार्यक्रम रोक्न अनुरोध गर्दा पनि निर्वाचन समितिले भने सबै तयारी पुरा भएको जानकारी गराउँदै सार्न असम्भव भएको भन्दै निर्वाचित उम्मेद्वारहरुलाई सपथ ग्रहण तोकेकै मितिमा गर्ने आयूक्त भण्डारीले बताए ।
आयूक्त भण्डारीका अनुसार निर्वाचन सम्पन्न गरि सकेपछि सपथ ग्रहन गराउनु निर्वाचन समितिको दायित्व हो त्यसैले हाम्रो जिम्मेवार पुरा गरेर निर्वाचित समितिलाई जिम्मा दिने बताउनु भएको छ ।
यसअघि समितिले एनआरएनए जापानको निर्वाचनमा कुनै किसिमको धाँधली नभएको जानकारी गराएको थियो । निर्वाचन समिति निर्वाचित घोषणा गरिएका सम्पूर्ण उम्मेदवारहरुलाई शपथ कार्यक्रमका लागि शपथ कार्यक्रममा भाग लिन आह्वान गरेको छ ।

टकराबका विच हुन लागेको शपथ कार्यक्रममा केहि समस्या र होहल्ला हुने संकेत पाएसंगै नव निर्वाचित अध्यक्ष शिब प्रसाद पौडेलले सबै किसिमको सुरक्षाको ब्यवस्था हुने बताएका छन ।मातृसन्देश डट कमको सहयोगमा तयार पारिएको समाचार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?