ग्रुप अफ जापान र हान्स जापानले आयोजना गरेको ग्रुप अफ जापान हान्स कप २०२१ भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ।
अगष्ट १५ तारिक आईतबार हान्यु खेलकुद परिषदको हलमा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट १२टोलिको सहभागिता रहेको थियो।प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र आयोजक ग्रुप अफ जापान पुगेका थिए। दुई पोलमा बिभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् क्लव टोकियो ,गल्कोट समाज जापान र एनवाईएससी लाई आयोजकले एउटै पोलमा राखेको थियो।यी तिनै टीम जापानमा उपाधीका दाबेदार टीम मानिन्छन्।पछिल्लो समय जापानमा नेपाली समुदायमा भलिबल प्रेमका कारण उत्कृष्ठ टीमहरुको सहभागिता हुदै आएको छ।हरेक टीमको प्रतिस्पर्धा उत्कृष्ट नै थियो तथापी एउटै पोलका दुबै उत्कृष्ट एनवाईएससी र गल्कोट समाजको टीमलाई पराजित गर्दै गल्कोट स्पोर्टस् क्लवले बिजयी शुरुवात गरेको थियो।
गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानमा सन २०१५ देखि भलिबलको प्रबर्धनमा निरन्तर लागेको संस्था समेत हो।यो जीत संगै जापानमा पछिल्लो समय आफै आयोजक रहेर आयोजना गरेको प्रतियोगिता सहित बिभिन्न संघ संस्थाले आयोजना गरेका भलिबल प्रतियोगितामा निरन्तर छैठौ पटक सम्म प्रथम स्थान प्राप्त गरेर ईतिहास रच्न सफल भएको छ।
यस प्रतियोगितामा प्रथम हुने गल्कोट स्पोर्टस् क्लवले नगद ३लाख येन ,प्रमाण पत्र,मेडल र ट्रफी त्यस्तै द्वितीय हुने आयोजक ग्रुप अफ जापानले नगद २लाख येन ,प्रमाण पत्र,मेडल र ट्रफी तथा तृतिय हुने गल्कोट समाज जापानले नगद १ लाख येन प्रमाण पत्र,मेडल र ट्रफी प्राप्त गर्न सफल भएको छ।
बिजयी गल्कोट स्पोर्टस् कल्वका तर्फबाट अनुशासित खेलाडीको उपाधी महेन्द्र भण्डारीले प्राप्त गरेका थिए।