
जापानमा दैनिक २५ हजार माथि र राजधानी टोकियोमा दैनिक ५ हजार भन्दाबढ़ी कोरोना संक्रमितका बिरामी थपिदै जादा पनि संक्रमितहरुले अस्पतालमा गएर उपचार गराउन अस्विकार गर्ने गरेको सरकारी स्रोतहरुको दाबी छ ।
टोकियो महानगरपालिकका अनुसार कोरोना संक्रमित मध्यका ६३ प्रतिशत बिरामीहरुले आफ्नो स्वास्थ्यको अवस्था अत्यन्तै खराब हुदै जादापनि घरमै रहेर उपचार गराउन चाहेकोपाइएको बताएको सरकारी संचार माध्यम एनएचकेले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
स्रोतका अनुसार अगस्ट ९ देखि १५ तारिकसम्ममा घरमा स्वास्थ्य लाभ गरिरहेका २ हजार २ सय ५९ बिरामीहरुले एम्बुलेंस सेवाका लागि गरिएको अनुरोधलाई आधार मानेर अध्ययन गरिएको थियो । तर त्यसको केही हप्ता अगाडि जम्मा ५ सय ९१ संक्रमितले मात्र त्यस्तो सेवाको लागि अनुरोध गरेका थिए ।संक्रमित मध्यका १४२२ बिरामी अर्थात् ६३ प्रतिशतलाई उपचारका लागि कुनै स्वास्थ्य संस्थामा नलगिएको अध्ययनले देखाएको छ ।
संक्रमित बिरामीहरुको यथोचित स्याहार र उपचारमा प्रदान गर्ने अस्पतालहरु भेट्टाउन नसक्दा प्यारामेडिक्सले बिरामीहरू भर्ना गर्न नसकिएको पाईएको स्वास्थ्यसँग सम्बन्ध राख़्ने जानकार हरु बताउछन । उनीहरुले घरमै बिरामीहरुलाई स्वास्थलाभ गर्न चाहेकोले स्वस्थ मापदण्ड अनुरूप घरमा रहन र अस्पताललाई भरोसा गर्न उत्प्रेरित गर्नुपर्ने देखिन्छ ।
स्रोतका अनुसार संक्रमणबाट गम्भिर स्वास्थ्य अवस्था भएका ८४५ अस्पतालमा भर्ना भएका केसमध्यमा १५९ बिरामीलाई अस्पताल पुग्न ३ देखि ५ घण्टाको समय लागेको १२१ बिरामीलाई त्यो भंदाबढ़ी समय लाग्ने गरेको छ ।
टोकियो फायर डिपार्टमेंटका अधिकारीहरुका अनुसार पछिल्ला दिनमा एम्बुलेंस सेवाका लागि अनुरोध आउनेको संख्या दैनिक बढिरहेकोले सरोकारवाला निकायसँग समन्वयलाई व्यापकता दिइएको बताएक़ा छन।
बिरामीको चाप धेरै हुदै गएपछि अस्पतालमा शैया अभावका कारण बिरामीलाई प्रतीक्षामा राख्ने गरिएको र आफ़नो पालो आउने बेलासम्म बिरामीको अवस्था गम्भिर हुदै गई केहीको त उपचार अभाव कैकारण मृत्यु समेत भएका समाचारहरू समेत बाहिरीएका छन ।
शुक्रवार जापान भरिमा २५ हजार ८ सय ७६ कोरोनाका नया संक्रमित भेटिएकोमा टोकियोमा मात्रै ५ हजार ४ सय ५ थपिएका छन ।
देशव्यापी रूपमा गम्भिर खालका बिरामीको संख्या बढ्दै गई स्वासप्रस्वासमा असहजता आइ मुटु र फ़ोक्सोलाई मेशिनद्वारा संचालन गरिनुपर्ने बिरामीको ह्वातै बढ़ेको एक गैर सरकारी संस्था जापान इसीएमओ नेटले बताएको छ ।
त्यस संस्थाका अनुसार मे को अन्त्यतिरबाट देखा परेको कोरोनाको चौथो लहरबाट विशेष गरेर ४० वर्ष वरपरका प्रौढहरूलाई बढ़ी सताएको छ ।
टोकियोकी गभर्नर कोइके युरिकोले भने, “यो भन्न कुनै अतिशयोक्ति छैन कि टोकियो सबैभन्दा ठूलो संकटको सामना गरिरहेको छ। वर्तमान स्थिति एक प्राकृतिक प्रकोप जस्तै छ।”
संक्रमण रोकथामका लागि सरकारले सेप्टेम्बर १२ सम्म १३ वटा प्रान्तमा आपतकाल र १६ वटा प्रान्तमा अर्ध आपतकाल लगाएको छ ।