जापानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप सात प्रिफेक्चरमा आपतकाल

- ४९ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप प्रदान

-


     जनहित न्युज    
     श्रावण ३२ गते २०७८


जापानमा कोरोना माहामारीले उग्र रुप लिन थाले पछि थप सात प्रिफेक्चरहरुमा आपतकाल लगाउने भएको छ ।
हालै सम्पन्न भएको ओलम्पिककै बिचमा कोरोना संक्रमित हुनेको संख्याले रेकर्ड ब्रेक भएसँगै त्यो अवस्था कायमै रहेकोले इबाराकि, तोचिगि, गुन्मा, शिज़ुओका, क्योतो, ह्योगो तथा फ़ुकुओका प्रिफेक्चरमा अगष्ट ३१ बाट सेप्टेम्बर १२ सम्म कायम रहने योजना रहेको बताइएको छ ।
यसअघि टोकियो, चिबा, साईतामा, खानागावा, ओसाका,ओकिनवा आपतकाल कायम छ ।

आज मात्रै टोकियोमा थप २९६२ नयाँ कोरोना संक्रमित थपिएका छन् भने जापानभरमा १४ हजार ८ सय ५४ नयाँ कोरोना संक्रमित थपिएका छन् । टोकियोमा पछिल्लो एकहप्तामा औषतमा ४२७५ जना नयाँ संक्रमितहरु थपिएका छन् ।
जापानमा यतिखेर कोरोना संक्रमण जोखिम हालसम्मकै उच्च रहेको तथा अस्पतालको बेड अभावका कारण देशभर हजारौँ संक्रमितहरु घरमै प्रतिक्षा गर्न बाध्य भएका छन् ।
हालसम्म जापानमा ६ करोड २६ लाख ८० हजार अर्थात ४९ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पहिलो डोजको खोप प्रदान गरिएको र ४ करोड ७२ लाख ३१ हजार नागरिकलाई दोस्रो डोजको खोप प्रदान गरिएको सरकारी अधिकारीले बताएका छन् । ६५ वर्ष भन्दामाथिको उमेरका ८० प्रतिशत नागरिकलाई खोप प्रदान गरिसकिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?