जापानमा फेरि अर्का ३६ वर्षीय पुरुषको निधन, बिहिबार जापान मै अन्तिम संस्कार गरिने

-


     जनहित न्युज    
     भाद्र १ गते २०७८


जापानमा फेरि अर्को एकजना नेपालीको मृत्यु भएको छ । ओसाकामा कुक भिषामा कार्यरत गुल्मी ज़िल्ला डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो ।
करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको गैर आवासीय नेपाली संघका केन्द्रित सदस्य दिलिप कंडेलले जानकारी दिए ।
११ दिन अघि बहोस भै अस्पतालमा पुर्याइ उपचारका क्रममा मंगलबार बिहान खत्रीको मृत्यु भएको अस्पतालले जानकारी दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै कंडेलले जानकारी दिए ।
पारिवारिक अवस्था अत्यन्त नाजुक रहेको मृतक खत्रीको श्रीमति जापान मै रहेकी छिन । उनी जापान आएको पनि अझै एकवर्ष नपुगेको कंडेलले जानकारी दिए ।
घरमा वृद्ध बुवा आमा र एक छोरा एक छोरी रहेका छन । लामो समयदेखि मुटु रोगी स्वर्गीय खत्रीको अगस्ट १९ तारिक बिहिबार जापान मै अन्तिम संस्कार गरिने गैर आवासीय नेपाली संघ कान्साइ क्षेत्रीय समितिका संयोजक दिलिप शर्माले बताए ।
स्वर्गीय खत्रीको शव ब्यबस्थापनका साथै पिडामा रहेका परिवारजनको सहयोगका लागि एनआरएनए जापान क्षेत्रीय समिति कान्साईले आर्थिक सहयोग अभियान संचालन गरेको संयोजक शर्माले बताए ।
उनका अनुसार स्वर्गीय खत्रीको पारिवारिक अवस्था दयनीय रहेकोले र शव व्यवस्थापनमा समेत परिवारले खर्च जुटाउन कठिनाई रहेको हुदा सम्पूर्ण जापानबासी नेपालीलाई आवश्यक गरिदिन अनुरोध समेत गरेका छन ।
जापानमा यहि महिनामा मात्र ४ जना नेपालीको मृत्यु भएको छ । केहीदिन अघिमात्र ओसामामा नै एक महिला सेन्दाइमा विद्यार्थी र टोकियोमा कोरोनाका एक पुरुषको मृत्यु भएको थियो ।
स्वर्गीय खत्रीका लागि सहयोग अपिल गरेको एनआरएनए जापान क्षेत्रीय समिति कान्साईको अपिल जस्ताको तस्तै

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो!
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो!

एक महिना नबित्दै कान्साईमा अर्को दु:खद घटना घटेको छ।
उपचारको क्रममा रहनुभएका नारायण बहादुर खत्रीको मिती २०२१-८-१७ तारिक भएको असमायिक निधनले हामी कान्साईवासी स्तब्ध भएका छौ।नेपाल घर डाँसीकोट गुल्मी भई कुक पेशामा संलग्न रहि कान्साईको ओसाकामा कर्म गर्दै आउनुभएका नारायण बहादुर खत्री ज्यूको श्रीमती जापानमा हुनुहन्छ भने १ छोरा ,१ छोरी र वृद्ध बुबा आमा नेपालमा हुनुहन्छ।यस दु:खद घडीमा मृत्त आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ
साथै शोकाकुल परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति श्री पशुपतिनाथले
प्रदान गरून भन्दै प्रथाना गर्दछौ।

मृत्यु आफैमा पिडादायी हुन्छ त्यसमाथी प्रदेशमा हुने मृत्युले झन बढि पिडाबोध हुन्छ।पिडा हामीलाई त छदै छ त्यो भन्दा बढी परिवारजनलाई।परिवारको त्यो पिडालाई थोरै भएपनि कम गर्न हामी पनि केहि सहयोग गरौ भन्ने उद्देश्यका साथ नारायण बहादुर खत्री ज्यूको शब ब्यबस्थापन लगायत पिडामा रहनु भएका परिवारजनको सहयोगका लागी एनआरएनए जापान ,क्षेत्रीय समिती कान्साईले आर्थिक सहयोग अभियान संचालन गरेको हुदा यो दु:खको घडीमा हातेमालो गरि सहयोग गर्नुहुन हार्दिक अपील गर्दछौ।
खाता न:14130-4064031 NRN KANSAI

खत्रीको अन्तिम संस्कार गरिने ठेगाना यसप्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?