जापान विशेष

जापानमा जुलाई ३० र ३१ तारिक १२ औ ‘नेपाल फेस्टिवल-२०२२’ आयोजना गरिने

नेपाल र नेपालीको मौलिक पहिचानलाई जापानमा परिचित बनाउदै नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी जुलाई ३० र ३१ तारिक आयोजना गरिन लागिएको छ । १२ औ नेपाली फेस्टिवलको रूपमा जापानको नाकानो कु को एक पार्कमा आयोजना गरिन लागिएको सो फेस्टिवललाई व्यवस्थित रूपमा संचालन गर्नको लागि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा ‘नेपाल फेस्टिवल-२०२२’ मूल आयोजक समिति गठन गरिएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिए ।नेपाल फेस्टिवललाई व्यवस्थित र उद्देश्य… पुरा पढौ

लामो समयपछि जापानले आगामी जुनदेखि पर्यटकका लागि सिमा खुला गर्दै

कोरोना महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकको लागि आफ्नो सिमा बन्द गरेको जापानले आगामी जुनदेखि निश्चित मापदण्ड पालना गराउदै विदेशी आगन्तुकलाई पर्यटकको रूपमा स्विकार्ने भएको छ ।यस में महिनाको अन्त्यसम्ममा आवश्यक तयारी पुरा गरि हालका लागि संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, थाइल्याण्ड र सिङ्गापुर देशका कोभिड-१९ विरुद्दको पूर्ण मात्राको खोप लगाइएका पर्यटकहरूका लागि सानो स्तरको विदेशी आगन्तुकहरूको स्वागतको लागि परीक्षणको रूपमा भ्रमणहरू स्वीकार गरिन लागेको सरकार अधिकारीहरूले मंगलबार बताएका छन ।जापानले २०२० मा कोरोनाभाइरस महामारीको प्रारम्भिक चरणदेखि विदेशी पर्यटकहरूका लागि आफ्नो… पुरा पढौ

जापानमा सफल व्यवसायीको छवि बनाएका मोहन मुस्ताङको घरपोझङको अध्यक्षमा विजयी

लामो समय जापानलाई कर्म थलो बनाई जापान मै सफल व्यावसायीको छवी बनाएका मुस्ताङको घरपोझङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन । नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतको अन्तरले पराजित गर्दै लालचन विजयी भएको निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतपरिणाम अनुसार कांग्रेसका लालचनले ७६० मत र एमालेका थकालीले ७५८ मत प्राप्त गरेका हुन । त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन । कांग्रेसकी जमुना थापा मगरले ६९३ मत प्राप्त गरी उप प्रमुखमा विजयी भएकी हुन… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले तेस्रो रनिङ कप भलिबल प्रतियोगिता जुन १ तारिक

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मूर्ति निर्माण गर्ने उदेश्य सहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएको छ। बाग्लुङ जिल्लाको गल्कोटमा अबस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुबै दृष्टीकोणबाट चर्चित रहि विशेषतः हिन्दू धर्मावलम्बीहरूले त्यस ठाउमा शिवको पूजा आराधना गर्ने भएकोले शिव मूर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बिश्वासका साथमा सो प्रतियोगिता गरिन लागिएको अध्यक्ष रामु थापा काजीले बताए । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताबाट बचत रकममार्फत घुम्टेको… पुरा पढौ

जापान प्रहरीको हिरासतमा मृत्यु भएका मगरको अन्त्येष्टि शनिबार नागोयामा गरिने

सोलुखोम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा बस्दै आएका ४१ वर्षका मृतक मनकुमार मगरको भोली अर्थात् शनिबार जापानको नागोयामा दाहसंस्कार गरिने भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति सदस्य सदस्य दिपक कार्कीका अनुसार आवश्यक कानुनी प्रकृया पुरा गरि शनिबार लागि दाहसंस्कार गरिने जानकारी दिए । साथीलाई भेट्न जान लागेको अवस्थामा जापान प्रहरीले अप्रिल १५ तारिक बिहान १० बजेको समयमा प्रहरीको नियन्त्रणमा लिइ हिरासतमा रहँदा स्वासप्रस्वाश बन्द भएको जानकारी ४ दिनपछि मात्र प्राप्त… पुरा पढौ

जापानी निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने 

जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको ‘स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सुरु गरिएको हो ।जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ । २ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल पक्षबाट ढिलाइ भए पनि टोकियोमा… पुरा पढौ

पूर्वी जापान रेलवे कम्पनीको यामानोते लाइनले आगामी अक्टोबरदेखि यात्रुहरूसहित स्वचालित ट्रेनहरूको परीक्षण गर्ने

पूर्वी जापान रेलवे कम्पनीले टोकियोमा संचालित यामानोते लुप(पास)लाइनमा आगामी अक्टोबरदेखि दुई महिनासम्म यात्रुहरूसहित स्वचालित ट्रेनहरूको परीक्षण गरिने भएको छ ।जेआर इष्टले टोकियोको सबैभन्दा भीडभाड भएको क्षेत्रमा सन २०१८ देखि यामनोते लाइनमा स्वचालित प्रणालीको रेल सेवा परीक्षण गरिरहेको र सन २०२८ सम्म पूर्णरूपमा यस प्रविधिलाई गर्ने योजना अनुरूप सो परीक्षण गर्न लागिएको बताईएको छ।यस प्रविधिको विकासले जापानमा संकुचित हुदै गईरहेको जनसंख्याको वृद्धिदरबाट चालकहरूको सम्भावित अभावलाई रोक्नको लागि उक्त कदम चालिएको अधिकारीहरूको भनाइ छ ।स्वचालित सञ्चालन प्रणाली प्रयोग गर्दा, ड्राइभरहरूले रेल प्रस्थानको… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा जुलाई ६ मा प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता गरिने

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई ६ तारिक बुधबारका दिन जापानमा खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, समवर्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ

बालबालिकाहरूमा संचार समस्या देखिएको भन्दै माक्सको प्रयोग हटाउन सुझाव

टोकियो मेडिकल एसोसिएसनले कोरोनाभाइरस बिरूद्धको उपायको रूपमा रहेको मास्क लगाउन मानिसहरूले बिस्तारै बिस्तारै बन्द गराउन र विशेष गरी प्राथमिक विद्यालयको तल्लो कक्षाका बच्चाहरू र साना बालबालिकाबाट त्यसको सुरुवात गराउन आग्रह गरेको छ ।एसोसिएसनका अनुसार महामारीको समयमा त्यसको रोकथामका लागि व्यक्तिगत जीवनशैलीको वेवास्ता गर्दै बालबालिकालाई समेत मास्कको प्रयोग गराइएको कारण मास्कले अनुहारको हावभाव लुकाउने भएकाले सञ्चार समस्याका कारण झगडा समेत परेको घटनाहरूलाई मध्यनजर गरि क्रमिक रूपमा हटाऊदै ज़ानुपर्ने अध्ययनले देखाएको छ।गम्भीर रोगको उच्च जोखिममा मानिने ६५ वर्ष वा सोभन्दा माथिका ८०%… पुरा पढौ

जापानले आगामी जुनदेखि आगन्तुक संख्यालाई दोब्बर पार्दै दैनिक २० हजार पुर्याउने

जापानको सरकारले आगामी जुन महिनादेखि विदेशबाट आउने आगन्तुकको संख्या हालको बाट बढाएर दोब्बर गरी प्रति दिन २० हजार पुर्याउने भएको छ ।गत आइतवार समाप्त भएको जापानको गोल्डेन विक बिदापछि एयरपोर्ट क्वारेन्टाइन पूर्वाधार र घरेलु संक्रमणको अवस्थाको परीक्षणपछि यो कदम चाल्न लागेको सरकारी स्रोतहरूलाई उदृत गर्दै जापानी संचारमाध्यम क्योदो न्यूजले जनाएको छ ।सरकारले विदेशी पर्यटक यात्रुहरूलाई चरणबद्ध रूपमा स्वागत गर्ने लक्ष्यका साथ यस महिनादेखि नै साना प्याकेजका टुरलाई परीक्षण गरि पर्यटकहरू समेत अनुमति दिने सोच रहेको बताईएको छ।जी सेभेंन (G-7) शक्ति… पुरा पढौ