जापान विशेष

जापानमा गोल्डेन विक (GOLDEN WEEK) छोटो जानाकारी

जापानमा अप्रिल २९ देखि मई ५ सम्मको अबधिलाई सुनौलो हप्ताका रूपमा मनाईन्छ । शनिबार र आईतबार नपरेमा मई १ र २ मा भने सरकारी कामकाज हुन्छन् । मई १ मा अन्तराष्ट्रिय श्रमिक दिवश परे पनि कार्यलयहरू बन्द हुँदैनन् ।अप्रिल २९ ,र मई ३,४,५ मा सार्वजनिक बिदा दिईन्छ । छोटो परिचय : अप्रिल २९ (राष्ट्रिय बिदा)शोवा दिवस (शोवा नो ही )पूर्व सम्राट शोवाको जन्मदिन अप्रिल २९ मा हो ।२००७ भन्दा पहिले, अप्रिल २९ लाई नै हरियाली दिवसका रूपमा पनि मनाईन्थ्यो भने… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब जापानद्वारा खेलाडीको प्रोत्साहनका लागि जुत्ता हस्तान्तरण 

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले शुक्रबार एक कार्यक्रमका बिच खेलाडीहरुलाई जुत्ता हस्तान्तरण गरेको छ ।  कार्यक्रममा बोल्दै गलकोट नगर खेलकुद विकास समितिका संयोजक योगेश भण्डारीले गलकोटलाई भलिबल खेलको हवको रुपमा विकास गर्ने बताए । उनले गलकोटबाट उत्पादन भएका खेलाडीहरुले भलिबल खेल मार्फत गलकोटलाई देश विदेशमा समेत चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खेलाडीहरुलाई प्रोत्साहन गर्ने विभिन्न संघ संस्थाहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । भण्डारीले खेल क्षेत्रमा अनुशासनको विशेष महत्व हुने भन्दै सम्पुर्ण खेलाडीहरुलाई अनुशासनपूर्वक आफ्नो खेल प्रर्दशन गर्न आग्रह गरेका… पुरा पढौ

नेपालमा १० प्रकारका विलासीका वस्तु आयातमा रोक

विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि असार मसान्तसम्मकाे लागि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० प्रकारका विलासीका वस्तु आयातमा रोक लगाएको हो । मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, खेलौनाहरु र तास आयातमा रोक लगाएको छ।  कूटनीतिक नियोगका अधिकारीकाे लागि प्रयाेजनार्थ ती वस्तु ल्याउन बन्देज लागू नहुने… पुरा पढौ

जापानको चिबा प्रान्तको चुदानुमा बस्ने कृष्ण कुमार खड्का ५ दिनदेखि सम्पर्कबिहिन

टोकियो/ जापानको चिबा प्रान्तको चुदानुमा बस्दै आएका ३३ वर्षिय कृष्ण कुमार खड्का यहि अप्रिल २२ तारिख बिहानदेखि हराईरहेकाले उनको खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ८ वर्षअघि जापान आएका धादिङ् बैरेनीका कृष्ण कुमार खड्का हाल जापानको एक कम्पनीमा काम गर्दै आएका थिए भने विगत २ वर्षदेखि श्रीमतीसंगै रहँदै आएको बताईएको छ । २२ तारिख बिहान संधैजसो काममा जान भनि निस्किएका कृष्ण त्यस दिन काममा पनि नगएको बुझिएको आएको नेपाल न्यूजपोष्टले आफ़्नो समाचारमा उल्लेख गरेको छ । बिहान ७:३० बजे… पुरा पढौ

विश्वकै सबैभन्दा जेष्ठ ११९ वर्षीय काने तानाका मृत्यु, जापानमा वृद्धको संख्या ३ करोड ६४ लाख भन्दा बढि

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको मृत्यु भएको हो ।    उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेकी थिइन।जापानको दक्षिण पश्चिमी फुकुओका क्षेत्रमा उनी बस्दै आएकी थिइन । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा… पुरा पढौ

जापानका दर्जनौं प्रतिस्पर्धीलाई पाखा लगाउदै युमे अधिकारी मिस प्रिटिन इण्टरनेशनल प्रतियोगितामा छनौंट

स्वदेश मात्र होइन, विदेशमा पनि नेपालीहरुको गतिविधिले सारा नेपालीहरुको गौरवले छाती फुल्ने गर्छ। त्यस्तै भएको छ, अहिले एक नेपाली किशोरीले सौन्दर्य प्रतियोगिता-२०२२ फेब्रुअरी ५ मा जापानमा भएको १०-१२ वर्ष उमेर समूहका बिचको प्रतिष्पर्धामा (Preteen pan Pacific Award winner )प्रथम भइ अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको छ। जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा अधिकारी आफ्ना परिवार संगै बस्दैं आएकी छिन्। १२ वर्षीया युमेले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा… पुरा पढौ

जापानमा महिनौँसम्म धारो बन्द नगर्दा २७ हजार डलर पानीको बिल

पोखरी मर्मत-सम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस संक्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयले २७ हजार अमेरिकी डलरभन्दा बढी पानीको महसुल तिर्नुपर्ने भएको छ । व्यक्तिगत गोपनीयता कायम गर्न पहिचान नखुलाइएका ती शिक्षकले पोखरीमा ताजा पानीको निरन्तर प्रवाह भएमा त्यसलाई कोभिडमुक्त तुल्याउने ठानेर गत जुनको अन्त्यदेखि सेप्टेम्बरको प्रारम्भसम्म धारो बन्द नगर्दा विद्यालयले भारी रकम चुकाउनुपर्ने भएको हो । सामान्यतया क्लोरिन र फिल्टरिङ मेसिनले पोखरीको पानीको गुणस्तर कायम राख्छ । तर, ती शिक्षकमा पोखरीमा ताजा… पुरा पढौ

नेपाल एयरलाइन्सले जापानको नारितामा साताको तीन उडान गर्ने, एकतर्फी भाडादर १ लाख १९ हजार

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ । जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने… पुरा पढौ

जापानमा ५० प्रतिशत भन्दा बढिले १० वर्षमा सार्वजनिक सुरक्षा बिग्रिएको महसुस गरे: सर्वेक्षण

अनलाइन जालसाजी र साइबर अपराधका कारण विगत १० वर्षमा जापानमा सार्वजनिक सुरक्षा खस्किदै गएकोले चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ ।मार्चमा जारी गरिएको एक सरकारी सर्वेक्षणको नतिजा अनुसार ५० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले विगत १० वर्षको पछिल्ला अवधिमा अनलाइन व्यापारमार्फतको जालसाजी र साइबर अपराध मार्फत हैरानी खेप्नुपरेको बताएपछि जापानको सार्वजनिक सुरक्षामा चुनौती देखिएको हो ।सर्वेक्षणमा सहभागीहरूले सबैभन्दा सजग रहेको अपराधका प्रकारहरू मध्य कोभिड-१९ को फैलावट र सेवाहरूको बढ्दो डिजिटलाइजेशनको कारण ५२.६ प्रतिशतले "ठगी र व्यापार घोटालाहरू" व्याहोर्नु परेको र… पुरा पढौ

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन

पूर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार थापा, लक्ष्मीहाङ आङबो र शुशिला प्रसाई चयन भए भने सचिवमा भुवन निरौला, सहसचिव नवराज घिमिरे र कोषाध्यक्ष रोहित थापा चयन भए। टोकियो सोलमारी सभा हलमा सम्पन्न तेस्रो अधिवेशनले पूर्वका १४ जिल्लाका संयोजकहरू… पुरा पढौ