जापान विशेष

होक्काइडो पानी जहाज़ दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि, १६ अझै बेपत्ता

शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेताको प्रायद्वीपको तटमा हराएको दोस्रो दिन १० जनाको शव फेला परेका छन ।फेला परेका शव मध्य सात पुरुष र तीन महिलाको मृत्यु भएको पुष्टि गरेको छ भने जहाजमा सवार अन्य १६ जनाको अवस्था भने अज्ञात रहेको छ । अधिकारीहरूका अनुसार फेला परेका शवहरू समुद्रको किनारमा रहेका चट्टानहरूमा पसेका अवस्थामा फेला परेका थिए ।काजु १ नामक जहाजले दिउसो १:१३ बजे ओतारु होक्काइडोमा रहेको पहिलो क्षेत्रीय तटरक्षक मुख्यालयमा जहाजको… पुरा पढौ

होक्काइडोको शिरेटो प्रायद्वीपको तटमा हराएको पर्यटकीय डुङ्गाबाट ७ जनाको उद्धार, अन्य अझै वेपत्ता

शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेटोको प्रायद्वीपको तटमा हराएको अर्कों दिन सवारमा रहेका सात जना यात्रु फेला परेका छन ।ती सबैलाई बेहोस अवस्थामा अस्पताल लगिएको छ । र अन्यको अवस्था अझैसम्म पनि अज्ञात रहेको जापान कोस्ट गार्डले जनाएको छ । कोस्ट गार्डका अधिकारीहरूले बताए अनुसार "KAZU I" नामक पानी जहाज़ ले तटरक्षकलाई शनिबार दिउँसो १:१५ बजे पानीमा डुबेको जानकारी गराएको र त्यसपछि सम्पर्क गुमाउनु अघि अपराह्न ३ बजेतिर जहाजले पानीमा लिइरहेको र… पुरा पढौ

एसईई आजबाट सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी ,जापानबाट २० जना

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।  विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो। यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई… पुरा पढौ

जापानमा पनि युक्रेन युद्धको ‘साइड इफेक्ट’ रुसविरुद्ध आक्रामक बन्दा संकटमा जापान– कुरिल टापुसमूहमा तनाव चर्किने संकेत

रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ ।  अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) मात्र जापानले रुसलाई व्यापारमा दिँदै आएको ‘उच्च प्राथमिकताको मुलुक’ को हैसियत खारेज गरिएको घोषणा गरेको छ । रुसले युक्रेनमा सर्वसाधारणमाथि ज्यादती गरेको आरोप लगाउँदै जापानले विभिन्न प्रतिबन्ध लगाउने क्रममा मोस्ट फेवर्ड नेसनको हैसियत समेत खोसेको हो । अब रुसबाट जापान आउने सबै वस्तुमा उच्च आयातशुल्क लगाइनेछ ।  त्यसअघि जापानका प्रधानमन्त्री… पुरा पढौ

शुक्रबारदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा, जापानको केन्द्रबाट २० जना विद्यार्थीले परीक्षा दिदै

भक्तपुर । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्… पुरा पढौ

२० वर्ष यताकै कमजोर बन्यो जापानी येन

डलरको तुलनामा जापनी येन २० वर्षयताकै कमजोर भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहानको सत्रमा एक्सचेन्जहरूमा प्रति डलर एक सय २७ येनमा कारोबार भइरहेको छ। जापानी नीति निर्माताहरूले डलरको तुलनामा जापानी मुद्रा (येन) मा भइरहेको अवमूल्यनलाई लिएर चिन्ता जनाइरहेका छन्। प्रति डलर एक सय ३० येनभन्दा कम विनिमय दर हुने अवस्था आएमा कतिपयले जापानी सरकारले मुद्रा खरिद गरेरै हस्तक्षेप गर्नुपर्ने यसअघि नै बताएका थिए।यस्तो हस्तक्षेप गनुपर्ने मुद्रासम्बन्धी जानकार इसुकी स्याखाकिबाराले बताउँदै आएका छन्। येन डलरको तुलनामा दुई दशकयताकै न्यून भइरहँदा यसले… पुरा पढौ

सी अफ जापानको तटमा ३ मिटर लामो दुर्लभ स्क्विड फेला

लगभग ३ मिटर लामो विशाल स्क्विड समुद्र तटमा अप्रिल बुधबार फसेको अवस्थामा फेला परेको छ ।बिहान करिब १० बजे नजिकैका ओबामा, फुकुई प्रिफेक्चरको उगु समुद्र तटका बासिन्दाले समुन्द्री किनारमा रहेको स्क्विडलाई देखेपछि ओबामा नगरपालिका सरकारका अधिकारीलाई जानकारी गराइएपछि सो स्क्विडको उद्धार गरिएको बताईएको छ । स्थानीय अधिकारीहरूले स्क्विड यसरी फेला पारिएको दुर्लभ घटना भएको बताऊदै समुद्रको तटमा यो अझै जीवितै रहेको जनाएका छन।गहिरो समुद्रको जीवलाई साकाईको प्रान्तीय शहरको इचिजेन मात्सुशिमा एक्वैरियममा फिर्ता लगिनेछ । विकलिपिडियाका अनुसार समुद्री जीव स्क्विड एक… पुरा पढौ

जापान सरकारले कम आय भएका परिवारका बालबालिकालाई फेरि ५० हजार दिने !

जापान सरकारले बढ्दो मूल्यको सामना गर्न आपतकालीन सहयोग उपायहरू आवश्यक भएको ठानेपछि कम आय भएका परिवारका प्रति बालबालिका ५० हजार येन (लगभग $३९०) दिने योजना बनाएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले आवश्यकता र समस्यामा परेका परिवारहरूका बालबालिकाहरूलाई आपतकालिन उपायहरूको एक क्षेत्रको रूपमा समर्थन गर्दै र अप्रिलको अन्त्यसम्ममा सो विशेष सहयोग प्राप्त गर्नेहरूको पहिचान र योग्यता निर्धारण गरि अन्तिम रूप दिन सम्बन्धित निकायलाई आदेश दिएका छन ।सरकारले आर्थिक वर्ष २०२० मा दुई पटक र आर्थिक वर्ष २०२१ मा एक पटक कोरोना महामारीबाट… पुरा पढौ

गलकोट स्पोर्टस् क्लव टोकियो जापानको भलिबल प्रतियोगिता सम्पन्न,गलकोट समाज बन्यो च्याम्पिएन

गलकोट स्पोर्टस् क्लव टोकियो जापानले क्लवको आठौ वार्षिकोत्सव तथा नेपाली नया वर्ष २०७९ को अबसरमा आयोजना गरेको सातौ सिल्वर कप रनिङ्कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सोमवार टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१ हिगासी कामता (Ota-ku Sports Center
1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा सम्पन्न प्रतियोगितामा प्रथम स्थान प्राप्त गल्कोट समाज जापानले तीन लाख दश हजार येन नगद सहित मेडल,प्रमाण पत्र र सिल्वर कप प्राप्त गरेको थियो भने उप विजेता तल्लो लमाइ समाज जापानले दुई लाख दश हजार येन नगद सहित प्रमाण पत्र मेडल र… पुरा पढौ

सल्लाहकार, मानार्थ सदस्य, विभागीय टिम, विज्ञ समूह मनोनीत गर्दै एनआरएनए जापानले भन्यो- एनआरएनए सबैको साझा संस्था बनाउन चाहन्छौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन भएको करिब १० महिना पछि सल्लाहकार, मानार्थ सदस्य विज्ञ समिति सदस्य विभिन्न विभाग तथा विशेष समिति गठन गरेको छ ।राष्ट्रिय समन्वय परिषद जापानको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले जापानमा रहेका नेपाली समुदायका विभिन्न व्यक्ति व्यक्तित्वहरू सम्मिलित ६५ जनालाई सल्लाहकारमा र ६३ जनालाई मानार्थ सदस्यमा मनोनित गरिएको अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।मार्चको ९ तारिक बसेको बैठकका निर्णयहरू विज्ञप्ति मार्फत सार्वजनिक गर्दै १९ वटा विभिन्न विभाग… पुरा पढौ