
शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेताको प्रायद्वीपको तटमा हराएको दोस्रो दिन १० जनाको शव फेला परेका छन ।
फेला परेका शव मध्य सात पुरुष र तीन महिलाको मृत्यु भएको पुष्टि गरेको छ भने जहाजमा सवार अन्य १६ जनाको अवस्था भने अज्ञात रहेको छ । अधिकारीहरूका अनुसार फेला परेका शवहरू समुद्रको किनारमा रहेका चट्टानहरूमा पसेका अवस्थामा फेला परेका थिए ।
काजु १ नामक जहाजले दिउसो १:१३ बजे ओतारु होक्काइडोमा रहेको पहिलो क्षेत्रीय तटरक्षक मुख्यालयमा जहाजको इन्जिन बन्द भएकाले समस्या आइ अघि बढ्न नसकेको जानकारी चालक दलले गराएपछि सात तटरक्षक र पाँचवटा विमानसहितको आपतकालीन उद्धार कार्य शनिबार साँझ ४:३० बजेबाट सुरु भएको थियो।
जहाज़मा सवार २४ यात्रुमध्ये दुई जना बालबालिका रहेका थिए ।
शिरेटोको प्लेजर बोटद्वारा सञ्चालित काजु १ मा ६५ जना बोक्ने क्षमता रहेको थियो। सो जहाज़ यस सहरको उटोरो जिल्लाबाट विश्वमा दुर्लभ रहेका साना भालु र सेतो पुच्छरका समुद्री चीललगायत प्रकृति र वन्यजन्तुको अवलोकन गर्न तीन घण्टाको भ्रमणका लागि प्रस्थान गरेको थियो। विश्व प्राकृतिक सम्पदा स्थलको रूपमा तोकिएको थियो। यो धेरै दुर्लभ प्रजातिका जनावर र बोटबिरुवाहरूको बासस्थान हो।
पहिलो क्षेत्रीय तटरक्षक मुख्यालयका अनुसार यात्राको बीचमारहेको प्रायद्वीपको पश्चिमी भागमा रमणीय काशुनी झरनाको नजिकबाट SOS पठाईएको थियो ।
जापानको मौसम विज्ञान एजेन्सीको सापोरो क्षेत्रीय मुख्यालयका अनुसार अप्रिल २३ मा दिउँसो १ बजेसम्म उटोरो जिल्लाको तापक्रम ५.८ डिग्री थियो।
डुङ्गा सम्पर्कविहीन भएको क्षेत्रमा समुद्री पानीको तापक्रम २ देखि ३ डिग्रीको बीचमा रहेको मौसम अधिकारीहरूले अनुमान गरेका छन्।
भूमि मन्त्रालयको होक्काइडो विकास कार्यालयले दिउँसो १:३० बजेसम्म करिब ३ मिटरसम्मका समुद्री छालहरू उठेको अनुमान गरिएको थियो, जुन केही घण्टा अघि १.९ मिटर थियो। साप्पोरो क्षेत्रीय मुख्यालयका अनुसार त्यस समयमा आँधी र उच्च सर्फ चेतावनीहरू जारी समेत गरिएको थियो।
भूमि मन्त्रालयका अनुसार काजु १ मा विगतमा समस्या आएको थियो ।गत वर्ष जुन ११ मा क्रुजिङ गर्ने क्रममा यो दुर्घटनाग्रस्त भए पनि त्यसमा २३ यात्रु र चालक दलका सदस्यहरु मध्ये कुनै पनि चोटपटक नलागेको उनीहरुले बताए ।
प्रायद्वीपको जहाज़ भ्रमणहरू मुख्य रूपमा अप्रिलको अन्त्यदेखि अक्टोबरको अन्त्यसम्म सञ्चालन हुने गर्दछन।



