जापान विशेष

स्थानीय निर्वाचनमा विदेश बसेका नेपालीले बन्न पाउछन त उम्मेदवार ?

स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानीय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचनमा उम्मेदवार रहेको अवस्थामा विदेश बसेका नेपालीहरुले चुनावमा उम्मेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ। सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसंग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यसबारेमा व्याख्या गरेको बताउँछन । नेपालको संविधान २०७२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए… पुरा पढौ

उत्तर कोरियाद्वारा जापानको सागरमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जापानी समाचार स्रोतलाई उद्धृत गर्दै किम जोङ उनले यो क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको बताएको छ। दक्षिण कोरिया र जापानले यसबारे औपचारिक पुष्टि गरेका छन्। दक्षिण कोरियाको ज्वाइन्ट चीफ्स अफ स्टाफले यो परीक्षण सिन्पो शहरको पूर्वी बन्दरगाह नजिकै समुद्रबाट गरिएको बताएका छन्। जहाँ उत्तर कोरियाको प्रमुख सिपयार्ड निर्माण पनडुब्बीहरू छन्। यद्यपी, उनले मिसाइल कति टाढा खसेको भन्ने खुलाएनन्।जापानको रक्षा मन्त्रालयले परीक्षणको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन।  जापानी प्रधानमन्त्री… पुरा पढौ

गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन जापानबाट आह्वान

जापानमा क्रियाशील चारवटा संगठनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति पाँच दलीय गठबन्धनका साझा उमेदवारहरूलाई निर्वाचित गराउनका लागि आह्वान गरेका छन ।आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिक इतिहासमा बलिदानी र गौरवपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको लोकतन्त्र र गणतन्त्रको मुख्य आधारस्तम्भको रूपमा स्थापित स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र गणतन्त्रका हिमायती दलहरूको गठबन्धन रहेको उम्मेदवारहरूलाई आफ़नो मत प्रदान गरि रूपमा प्रगतिशील र सारमा प्रतिगमनको मुख्य… पुरा पढौ

जापानको प्रहरी हिरासत कै क्रममा उपचारारत रहेका सोलुखम्बुका ४१ वर्षीय मनकुमार मगरको निधन,

नागोया/जापान । जापानमा फेरि एक जना नेपासी युवाको असामयिक निधन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा कार्यरत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक उपचारको क्रममा अस्पताल निधन भएको हो ।यस घटनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए । तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी… पुरा पढौ

एनआरएनए कान्साइ क्षेत्रीय समितिले प्रदान गर्यो ९ लाख बराबरको छात्रवृत्ति ४३ जनालाई

एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले बिपन्न तथा जेहेन्दार ४३ जना छात्रछात्रालाई करिब ९ लाख बराबरको “एनआरएनए कान्साई छात्रवृति” प्रदान गरेको छ ।नेपाल भरका रहेका विद्यालयबाट आवेदन परेका मध्यबाट ४३ जना बिपन्न तथा जेहेन्दार छात्रछात्रालाई २ वर्षसम्म वार्षिक १० हजारका दरले ८ लाख ६० हजार भन्दा बढि रकम सम्बन्धित विद्यालयको समन्वयमा प्रदान गरिने गरि शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरिएको हो ।सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरेसंगै… पुरा पढौ

नेपाल र जापानको सम्बन्ध प्रगाढ बनाउन जापानमा ‘नेपाल फेस्टिवल’आयोजना

गैर आवासिय नेपाली संघ जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । राजधानी टोकियोको नाकानोमा रहेको नाकानो सिकि नो मोरी पार्कमा फेस्टिवल आयोजना गरिने तय भएको हो । नेपाल फेस्टिवल जापानमा नेपाल चिनारीको प्रमुख कार्यक्रम तथा नेपालीहरुबिच भेटघाट र आपसी भाइचारा अभिबृद्धिको मुख्य थलो बन्दै आएको छ । यस पटकको नेपाल फेस्टिवल नेपाल र जापानी समुदायको सहभागीतामा आयोजना तयारी भइरहेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए । फेस्टिवल आयोजना र स्थानिय सरकारसँग… पुरा पढौ

जापानले आगामी जुनदेखि विदेशी पर्यटक भित्र्याउन सुरु गर्ने

कोरोनाको महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकहरूका लागि प्रवेश प्रतिबन्ध लगाएको जापानले आगामी जुन महिनादेखि केही विदेशी पर्यटकहरूलाई स्वीकार गर्ने गरि कार्य गरिरहेको बताईएको छ ।जापानले कोरोनाभाइरस महामारीको रोकथाम र नियन्त्रणको लागि लागू गरिएको कडा सीमा नियन्त्रणलाई सहज बनाउन थालेसंगै सरकारले मे महिनाको अन्त्यसम्ममा सिमित संख्यामा सामूहिक रूपमा भ्रमण गर्नेलाई परीक्षणको आधारमा स्वीकार गर्न सक्ने स्रोतले एक सरकारी स्रोतले शुक्रबार बताएको जापानी संचार माध्यमहरूले जनाएका छन।प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार लन्डनको भ्रमणको क्रममा जापानले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरेर "विभिन्न चरणहरूमा" आफ्नो… पुरा पढौ

आपसी सत्भावको विकास गर्न एनआरएनए कान्तोले मे ८ मा बिबिक्यु गर्दै

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान कान्तो क्षेत्रीय समितिले मे महिनाको ८ तारिख आईतबार बिबिक्यु कार्यक्रम सहित पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।कोरोना कहरका बिच लामो समयदेखि भैतिक रूपमा सामूहिक भेंटघाट हुन नसकेको अवस्थालाई मध्य नज़र गर्दै कान्तो क्षेत्रीय समितिले नेपाली समुदायमा आपसी सत्भाव, भातृत्व र आत्मीयताको विकास गराउनका लागि मे महिनाको ८ तारिख आईतबार बिबिक्यु सहितको कार्यक्रम गर्न लागेको संयोजक दिपेश केसीले बताए । कार्यक्रम बिहान १० बजे देखि दिऊँसो ४ बजेसम्म नोबोरितो स्टेशन बाट ५ मिनेटको… पुरा पढौ

विश्व-स्तरीय शिक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय बोर्डिङ स्कूल मध्य जापानको टोकाइमा संचालन

मध्य जापानको टोकाई क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय बोर्डिङ स्कूलमा विद्यार्थीहरूलाई हाई स्कूल डिप्लोमा र विदेशी विश्वविद्यालयहरूमा प्रवेशका लागि योग्यता प्राप्त गर्न अनुमति दिने कार्यक्रमसहित संचालनमा आएको छ ।अप्रिल २७ मा उद्घाटन गरि कुरिमोतो शैक्षिक संस्थान द्वारा संचालनमा ल्याइएको सो विद्यालयमा जापान आउने अभिभावकका छोराछोरीलाई "उच्च दक्ष पेशेवरहरू" र जापान भित्र र बाहिरका अन्य विद्यार्थीहरूलाई अध्ययनका लागि स्वीकार गरिने बताईएको छ । आइची प्रिफेक्चर शहरको नागोया युनिभर्सिटी अफ कमर्स एण्ड बिजनेश (NUCB) को क्याम्पसमा रहेको उक्त विद्यालयमा बोर्डिंङको सह शिक्षासहित सबै प्रकारका… पुरा पढौ

रुसले प्रधानमन्त्री किशिदासहित ६३ जना जापानी नागरिकलाई प्रवेशमा प्रतिबन्ध

रुसले प्रधानमन्त्रीसहित ६३ जापानी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । रुसले प्रधानमन्त्री फुमियो किशिदा सहित ६३ जापानी नागरिकलाई प्रवेशमा “अनिश्चितकालका लागि” प्रतिबन्ध लगाएको जापानी सरकारी समाचार संस्था एनएचकेले बुधबार जनाएको छ। किशिदाको मन्त्रिपरिषद्का सदस्यहरू, परराष्ट्र मन्त्री योशिमासा हायाशी, रक्षा मन्त्री नोबुओ किशी, र अर्थमन्त्री शुनिची सुजुकीलाई पनि रुस प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, साथै संसदका सदस्यहरू,सेनाका अधिकारीहरू, विश्वविद्यालयका प्राध्यापकहरू र पत्रकारहरूलाई रोक लगाइएको एनएचकेको समाचार प्रकाशित छ।यो युक्रेनमा आक्रमण गरेकोमा मस्को विरुद्ध जापानले लगाएको प्रतिबन्धको बदलास्वरुप आएको बताइएको छ ।… पुरा पढौ