स्थानीय निर्वाचनमा विदेश बसेका नेपालीले बन्न पाउछन त उम्मेदवार ?

-


     कविकिरण न्यौपाने     
     वैशाख २७ गते २०७९


स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानीय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचनमा उम्मेदवार रहेको अवस्थामा विदेश बसेका नेपालीहरुले चुनावमा उम्मेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ।

सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसंग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यसबारेमा व्याख्या गरेको बताउँछन । नेपालको संविधान २०७२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेश स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनित वा नियुक्तिको लागि योग्य हुने छैन भनिएको छ।

उनका अनुसार तर यस्तो विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा ३ महिनाको अवधि व्यतित भए पछि त्यस्तो पदमा निर्वाचित, मनोनित वा नियुक्त गर्न बाधा पर्नेछैन । जापानमा अध्ययन, व्यवशाय एवं रोजगारी गरिरहेका जो कोहिले नेपालमा हुने जुन सुकै निर्वाचनमा भाग लिन पाउने र एइजु भिषा पनि स्थायी अनुमति नभएकोले जापानमा भोटिङ्ग राईट नहुने हुदाँ नेपालमा उम्मेदवारी हुन पाउने उनको तर्क छ। जापानकै पासपोर्ट लिएकाले भने नेपालमा हुने कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने छैन।

स्थानीय तहको निर्वाचनमा सहभागी हुन नेपाल जानेको लर्को

नेपालमा स्थानीय निर्वाचनको मिति नजिकिदै जादाँ जापानबाट नेपाल जाने नेपालीको क्रम बढेको छ । त्यस्तै जापानमा बस्दैं आएकाहरु पनि स्थानीय चुनावको विभिन्न पदमा उमेद्वार बनेका छन्। जापानमा विद्यार्थी भिषामा आएर यहि पिएचडी गरेका डा सरोज कँडेल चुनावकै लागि नेपाल गएका छन्। उनी नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च पूर्वी एशिया क्षेत्रीय महादेशिय कमिटिका अध्यक्ष समेत हुन्। उनका पिता गोविन्द्रप्रसाद कँडेल चितवनको राप्ति नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उमेदवार बनेका छन्। बुवा अनि नेकपा एमालेको प्रचार-प्रसारका लागि आफु नेपाल गएको डा कँडेलले बताए ।

त्यसै प्रवासी नेपाली मञ्च, जापानका अध्यक्ष सुरेश केसी लगाएतको जत्थानै नेपाल गएका छन्। प्रवासी नेपाली मञ्च जापानको कान्तो क्षेत्रीय कमिटिबाट सौजन्य गरिएका सूर्य अंकित ७ हजार ७ सय झण्डा काठमाडौंमा विषेश कार्यक्रमबिच हस्तान्तरण गरिएको अध्यक्ष केसीले बताए । नेकपा (एमाले) को तर्फबाट जापानमा बस्दैं आएका महेन्द्र कुमार श्रेष्ठ ( हुवास गाउ पालिका अध्यक्ष उमेदवार पर्वत) र अनन्त भण्डारी(चन्द्रकोट गाउपालिका वाड नं ७ वाड अध्यक्ष उमेदवार गुल्मी) स्थानीय तहको निर्वाचनमा उमेदवार बनेका केसीको भनाई छ।

प्रवासीहरूले आफ़नो दल निकटलाई विजयी गराउन गीत संगीत सहितका सामग्री उत्पादन

अहिलेको स्थानीय तहको चुनाव र केही महिनापछिको प्रतिनिधिसभा निर्वाचन समेतलाई लक्षित गर्दै उनीहरुले चुनावी गीत सार्वजनिक गरेका छन्। प्रवासी नेपाली मञ्चले नेकपा एमालेको पक्षमा मतदानको अपिल गर्दै ‘समृद्ध नेपाल : सुखी नेपाली’ शीर्षकको गीत तयार पारेको हो। काठमाडौँमा एक कार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रवास इन्चार्ज डा राजन भट्टराई, प्रवासी नेपाली मञ्चकी सचिवालय सदस्य डा विमला भण्डारीलगायतले गीत विमोचन गरेका थिए। गीतको म्यूजिक भिडियोमा शान्ता चौधरी, कोमल ओली, नवराज सिलवाल लगायत एमाले सांसदहरुसहित कलाकारहरुले अभिनय गरेका छन् । त्यस्तै नेकपा एमालेको प्रवासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानले ‘यसपालि हजुरको छाप पनि सूर्यमै’ बोलको चुनावी गीत सार्वजनिक भएको छ ।

त्यस्तै जापानमा नेपाली कांग्रेस निकट जन सम्पर्क समिति जापानले पनि स्थानीय तहको निर्वाचनका लागि सदाझैं आवश्यक सहयोग गरि रहेको बताइएको छ। निर्वाचनको प्रचार – प्रसारको लागि केन्द्रले जन सम्पर्क समितिहरुलाई समेटेर समिति नै बनाईएको जन सम्पर्क समिति जापानका सभापति रोशन केसीले बताए । नेपालीहरु बाध्यताले विदेशमा रहेपनि मातृभूमिमा हुने हरेक निर्वाचनमा सबैको चासो रहने उनले बताए। यदाकदा विदेशमा रहेकाले उमेदवार बन्न नपाउने भनिए पनि हरेक जनप्रतिनिधी चुन्न पाउने नेपालीले चुनिन पनि पाउनु पर्ने उनको धारणा छ। निर्वाचनमा नेपाली पासपोर्ट भएका उमेदवार बन्न पाउनु अधिकार भएको केसीको भनाइ छ ।
केहि समय देखि जापान रहदैं आएका प्रकाश भण्डारी स्थानीय तहको निर्वाचनमा शारदा नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदमा उमेदवार बनेका छन्। उनी नेपाली कांग्रेस सल्यानका जिल्ला सचिव पनि हुन्। विगतमा जापान रहदैं आएका र जापानमा भएका विभिन्न कार्यक्रममा उनको उपस्थित रहने गरेको थियो।

जापानमा नेकपा (माओवादी ) संम्बद्ध नेपाली जनप्रगतिशिल मञ्च जापानले नेपालमा हुन लागेको निर्वाचनमा निर्वाचनमा आवश्यक सहयोग गरिएको बताइएको छ। आवश्यकता अनुसार आ- आफ्ना क्षेत्रमा टिसर्ट, झण्डा आदि पठाईएको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले बताए । चुनाव प्रचार – प्रसारका लागि जापानबाट धेरै नेता कार्यकर्ता नेपाल गएका र निर्वाचनको दिनसम्म अझैं जाने क्रममा रहको पन्तको भनाई छ। नेपाली जनप्रगातिशिल मञ्च जापानले चुनावकै प्रचार – प्रसारको लागि हालै मात्र चुनावी गीत समेत सार्वजनिक गरेको छ ।आयो – आयो माओबादी हेर बोलको सो गीत चेतन गोतामे र टिका पुनले गाएका छन्। सो गीतमा मञ्च जापानका केन्द्रिय सदस्य राम खत्री र दिलिप कँडेलको शब्द संकलन रहेको छ।

कोभिड-१९ को कारण यतिवेला नेपाल जान र आउनका लागि एयरलाइन्सहरु पनि कम सञ्चालन भएको र नेपाल जाने नेपालीको संख्या पनि अधिक भएकोले टिकट पाउन गाह्रो भएकोले हुन सक्छ हवाई टिकटको मूल्य समेत आकाशीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?