आपसी सत्भावको विकास गर्न एनआरएनए कान्तोले मे ८ मा बिबिक्यु गर्दै

-


     जनहित न्युज    
     वैशाख २२ गते २०७९


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान कान्तो क्षेत्रीय समितिले मे महिनाको ८ तारिख आईतबार बिबिक्यु कार्यक्रम सहित पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कोरोना कहरका बिच लामो समयदेखि भैतिक रूपमा सामूहिक भेंटघाट हुन नसकेको अवस्थालाई मध्य नज़र गर्दै कान्तो क्षेत्रीय समितिले नेपाली समुदायमा आपसी सत्भाव, भातृत्व र आत्मीयताको विकास गराउनका लागि मे महिनाको ८ तारिख आईतबार बिबिक्यु सहितको कार्यक्रम गर्न लागेको संयोजक दिपेश केसीले बताए ।

कार्यक्रम बिहान १० बजे देखि दिऊँसो ४ बजेसम्म नोबोरितो स्टेशन बाट ५ मिनेटको दुरीमा रहेको तामा रिभरमा हुने भएकोले जापान स्थित विभिन्न संघ,संस्थाका प्रतिनिधि लगाएत सम्पुर्ण जापानबासी नेपाली दाजुभाई,दिदिबहिनीहरुलाई उपस्थितिको उपस्थितिको लागि अनुरोध गरिएको सचिव सागर कार्कीले बताए ।
कार्यक्रमलाई व्यवस्थित र उद्देश्य अनुरूप बनाउनको लागि सम्पूर्ण तयारी भैरहेको संघका उप-संयोजक तथा कार्यक्रम संयोजक सुरेश केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?