
कोरोनाको महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकहरूका लागि प्रवेश प्रतिबन्ध लगाएको जापानले आगामी जुन महिनादेखि केही विदेशी पर्यटकहरूलाई स्वीकार गर्ने गरि कार्य गरिरहेको बताईएको छ ।
जापानले कोरोनाभाइरस महामारीको रोकथाम र नियन्त्रणको लागि लागू गरिएको कडा सीमा नियन्त्रणलाई सहज बनाउन थालेसंगै सरकारले मे महिनाको अन्त्यसम्ममा सिमित संख्यामा सामूहिक रूपमा भ्रमण गर्नेलाई परीक्षणको आधारमा स्वीकार गर्न सक्ने स्रोतले एक सरकारी स्रोतले शुक्रबार बताएको जापानी संचार माध्यमहरूले जनाएका छन।
प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार लन्डनको भ्रमणको क्रममा जापानले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरेर “विभिन्न चरणहरूमा” आफ्नो कोभिड-१९ नियन्त्रणका उपायहरूको समीक्षा गर्ने र विदेशी पर्यटक प्रवेशमा जि सेभेंन G7 राष्ट्रहरूकोले अवलम्बन गरेको मापदण्डलाई सरह बनाइने बताएसंगै विदेशी पर्यटकहरूलाई स्वीकार गर्ने गरि कार्य भैरहेको सरकारी अधिकारीहरूले बताएका छन । आगामी महिनाहरूमा चरणबद्ध रूपमा सिमित रूपमा विदेशी पर्यटकहरूको संख्या बढाउने योजना बनाएको छ।

सरकारले हाल पर्यटक बाहेक व्यवसायी, प्राविधिक इन्टर्न र विद्यार्थी लगायत प्रति दिन १० हजार आगन्तुकहरूलाई जापान प्रवेश गर्न अनुमति दिदै आएको छ।
अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टको फैलावटलाई रोक्नको लागि जापानले नोभेम्बरको अन्तमा गैरआवासीय विदेशी नागरिकहरूमा प्रवेश प्रतिबन्ध लगाएको थियो, जुन उपायहरू अत्यन्त कडा थिए भनेर स्वदेश र विदेशमा आलोचनाको सामना गर्नुपरेको थियो।
महामारी अघि जापानले २०२० मा ४ करोड विदेशी पर्यटकलाई स्वागत गर्ने लक्ष्यका साथ आर्थिक वृद्धिको चालकको रूपमा पर्यटन प्रवर्द्धन गर्न इच्छुक रहेको प्रक्षेपण सार्वजनिक गरेको थियो ।तर कडा कोभिड-१९ को कडा यात्रा प्रतिबन्धहरूको बीचमा २०२१ मा जापानमा विदेशी आगन्तुकहरूको संख्या २ लाख ४५ हजार ९०० मा झरेको थियो । तुलनात्मक रूपमा हेर्दा १९६४ पछिको सबैभन्दा कम पर्यटक आगमन हो ।
किशिदाको भ्रमण र विदेशी पर्यटकलाई प्रवेश दिने सन्दर्भ

प्रधानमन्त्री किशिदाको आफ्नो ८ दिने पश्चिमा मुलुक़को भ्रमणको अन्तिम दिन बिहिबार बेलायतमा रहेका उनले यसअघि इन्डोनेसिया, भियतनाम, थाइल्याण्ड र इटाली भ्रमण गरेका थिए।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको भेटघाटअघि किशिदाले जापानी अर्थतन्त्रलाई पुनरुत्थान गर्ने लक्ष्य राख्दै जापानमा लगानी गर्न आह्वान गरेका थिए ।
पूँजीवादको नयाँ रूप सिर्जना गर्ने आफ्नो लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रूपमा जापानको पुनरुत्थान आवश्यक छ, किशिदाले मानव संसाधन, नवप्रवर्तन, स्टार्टअपका साथै हरित र डिजिटल प्रविधिमा लगानी बढाउने वाचा गरे।
‘निजी क्षेत्रको लगानीलाई गति दिने साहसी मौद्रिक नीति, लचिलो वित्तीय नीति र वृद्धि रणनीतिलाई म प्रवद्र्धन गर्नेछु,’ उनले भने ।
येनको तीव्र अवमूल्यन जापानका लागि टाउको दुखाइ बनेको छ। महामारी अघि जापानले विदेशी पर्यटकहरूमा तीव्र लाभको फाइदा उठाएको थियो तर कडा सीमा नियन्त्रण कदमहरू भएकाले कमजोर येनको फाइदा उठाउन त्यस्ता पर्यटकहरू देश प्रवेश गर्न असमर्थ भएका छन्।



