भूलवश जम्मा भएको ४ करोड ६३ लाख रकम फिर्ता गर्न अस्विकार गर्ने युवकलाई जापान प्रहरीले पक्राउ गर्यो

-


     जनहित न्युज    
     जेठ ६ गते २०७९


पश्चिमी जापानको यामागुची प्रान्त अन्तरगत अबु नगरपालिका सरकारको गल्तीले ४६.३ मिलियन येन (लगभग $ ३६६,०००) रकम एकल परिवारको बैंक खातामा कोरोनाभाइरस सहायता बापत जम्मा गरिदिए पछि फिर्ता गर्न अस्वीकार गर्ने २४ वर्षीय युवकलाई पश्चिम जापानको प्रहरीले उनी बसेको सहरबाट पक्राउ गरेको छ ।
यामागुची प्रिफेक्चरल पुलिसले बुधवार अबेर राति कम्प्युटर जालसाजीको आशंकामा तागुची शोलाई पक्राउ गरेको हो ।
अबु शहरका अधिकारीहरूले गत महिना गल्तिवश तागुचीको बैंक खातामा पैसा जम्मा गरिदिएपछि सो रकम फिर्ता गरिदिन गरेको आग्रह र कानुनी प्रक्रियालाई समेत अटेर गरेका कारण उनलाई पक्राउ गरिएको हुनसक्ने जापानी संचार माध्यमले जनाएका छन ।
कोरोनाभाइरस महामारीको कारण आर्थिक कठिनाइहरूको सामना गरिरहेका परिवारहरूका लागि राज्यको नगद आर्थिक सहायता दिनका लागि आबु सहरले ४६३ प्रत्येक घरपरिवारलाई ७८० डलर अर्थात् १ लाख जापानी येन रकम दिने योजना कार्यान्वयन गर्ने क्रममा सो रकम निजको खातामा जम्मा हुन पुगेको थियो ।
गएको बिहिबार आबु नगर सरकारले कानूनी शुल्क समेत गरेर करिब करोड १० लाख येन माग दाबीसहित तागुची माथि देवयानी मुद्दा दायर गरेको थियो । “निरन्तरको फलो-अप पत्र र सम्पर्क कलको बाबजुद पनि पैसा फिर्ता गर्ने कुनै संकेत देखिएन”अबुका एक अधिकारीले भने- “हामी यस शहरका बासिन्दाहरूलाई समस्या निम्त्याउन पुगेकोमा माफी चाहन्छौं र रकम फिर्ता गराउनका लागि हामी अब यस घरलाई मुद्दा हाल्दैछौं,यो निर्णय बिहीबार काउन्सिलको बैठकमा अनुमोदन गरिसकेको छ ।”
सोहि मुद्दाका क्रममा तागुचीका वकिलले प्राप्त रकम अनलाइन क़्यासिनोमा सबै पैसा खर्च गरिसकेको दाबी गरेका थिए । अभियुक्त तागुचीले आरोप स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
अन्ततः आमनेसामने सम्पर्क पछि अभियुक्तले पैसा फिर्ता गर्न असमर्थ भएको स्वीकार गरे तर पापको प्रायश्चित गर्न इच्छुक रहेको बताएका थिए।
यस घटनाको जापानका समाचारमा हेडलाइन बनेका छन । स्थानीय मेयरले आफूहरूले गरेको गल्तीको लागि “गहिरो माफी” भएको भन्दै आफ्ना सांसदहरूसँग माफी मागेको भिडियो जारी समेत गरेका छन।
गत अप्रिल ८ मै तागुचीले सम्पूर्ण रकम घरपरिवारको खाताबाट आफ्नो खातामा सारेका थिए । रकम पाएपछि उनी सम्पर्क विहिन भएका थिए ।

सम्बन्धित समाचार

जापानको एक नगरपालिकाले कोरोनाभाईरसको सहायता स्वरूप १ लाख दिदा ४ करोड ४६ लाख जम्मा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?