सपथ लिए लगत्तै अस्ट्रेलियाका प्रधानमन्त्री जापानको भ्रमणमा निस्के

- अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई जापानमै भेट्दै

-


     जनहित न्युज    
     जेठ ९ गते २०७९


अस्ट्रेलियामा शनिबार सम्पन्न भएको संघीय चुनावबाट सत्ताधारी लिबरल दलको प्रधानमन्त्रीलाई हराउदै लेबर पार्टीले जित हात पारेसंगै ३१ औ प्रधानमन्त्रीको रूपमा शपथ लिएको भोलिपल्ट नै एन्थोनी अल्बानी सोमवार जापानको भ्रमणमा आउदै छन ।
मंगलबार हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुनका लागि नवनियुक्त प्रधानमन्त्री एन्थोनी जापान आउन लागेका हुन ।
सन् २०१३ देखि लिबरल गठबन्धन सत्ता हातमा लिएदेखि नै प्रतिपक्षमा रहेका एन्थोनीको दल लेबरले नौ बर्षपछि विपक्षी दल लिबरललाई ब्यालेटबाट सत्ता खोसेको हो ।

क्वाड राष्ट्रका सदस्यहरु अमेरिका, भारत र जापानका नेताहरुलाई भेट्न उनी जापानको राजधानी टोकियो प्रस्थान आएका हुन । एन्थोनीले नयाँ विदेशमन्त्री पेनी वोङसहित रिचर्ड मार्ल्स उपप्रधानमन्त्री, जिम चाल्मर्स कोषाध्यक्ष र केटी गालाघरले अर्थमन्त्रीसहितका सदस्यहरुसँग सपथ लिएका थिए, जो उनीसँगै टोकियो आएका छन ।
लेबर पार्टीले तल्लो सदनमा ७२ सिट जितेको छ । बहुमतको सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ । एन्थोनीले एक्लै बहुमतको सरकार बनाउँछन वा गठनबन्धनको नेतृत्व गर्छन भन्ने बारेमा प्रष्ट पारिएको छैन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार पनि मंगलबार जापान आऊदै छन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाईडेन आइतबार नै जापान आइपुगेका छन । चौथोपटक हुन लागेको यस सम्मेलनमा आपसी हित, साझा चासो, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासोलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?